Sunday, February 19, 2017

६४ .(लघुकथा) दुर्घटना

.(लघुकथा)
दुर्घटना
सरण राई
व्यस्त सडकमा गाडीहरुको घुइँचो, बाटो काट्न असाध्य डर लाग्छ | बाटो काट्नका लागि सडकमा ध्यान केन्द्रित गरिरहेको छु |
एक जोडी युवा कानमा मोबाइलको एयारफोन राखेर बाटो काटिरहेका छन् | अकस्मात जोडले हुइकिदै आएको एउटा गाडीले हानेर दुवैजनालाई लड़ाउँछ |
म सोच्छु -बिचरी युवती तरुनी हुँदै दुवै खुट्टा भाँचिएर अपाहिज जिन्दगी बाँच्न विवस भई | अरुहरुसँगै दुर्घटना स्थल पुग्छु | पहिलो नजर युवतीमाथि नै पुग्छ | युवती मरिसकेकी हुन्छे | "ठिकै भो ,अपाहिज जिन्दगी भन्दा मरेकै बेश !"
अब मेरो नजर युवकमाथि पर्छ | अन्तिम अवस्थामा प्वाकप्वाक गरिरहेको हुन्छ | बिचरा बाँच्योभने प्रेमिकाको मृत्युको अकल्पनीय शोक सहन विवश हुनेछ | मान्छेको घुइँचो बढिरहेको हुन्छ | हेर्दाहेर्दै युवकको पनि मृत्यु हुन्छ | "ठिकै भो प्रेमिकाको मृत्युको पीडा सहनु परेन | मरेकै बेश !"
दुवैको एउटै चिहान | दुवैको दु:खै सकियो | आश्चर्य !,दुई ज्यानको निधन भएकोमा मन ढुक्क हुन्छ |
पुलिसको गाडी साइरन बजाउँदै आउँछ | यो मन के भएको होला ? यो मन दुई ज्यानको निधनमा दु:ख मनाउसम्म गर्न नसक्ने सम्वेदनाहीन दुर्घटनाग्रस्त अपाहिज भैसकेछ !


२०७३ फागुन ८ , धरान

Panyembrama

Panyembrama is a secular Balinese dance form designed by I Wayan Berata and first performed in 1971. It includes movements from several sacral Balinese dances, including legongcondong, and pendet, and was intended to replace them for performance in front of tourists.
In this dance, performers come onstage carrying a metal dish with incense and flowers in it. They kneel, as if praying, before making welcoming movements to the guests. At the end of the performance, the dancers move in circles, throwing flowers at each other and the audience.
Photograph: Chris Woodrich

Saturday, February 11, 2017

६३ .(लघुकथा) साक्षी



.(लघुकथा)
साक्षी

सरण राई

धेरै समय उनको बारेमा केही सुनिएको थिएन ।
अचानक हामीलाई प्राथमिक पाठशालामा केटाकेटी हुँदा पढाउने सरसित भेट हुन्छ । भलाकुसारीपछि कुराकानीको क्रममा उनी भन्छन् “यो बाटोमा सधैं हिँडिरहने मेरो पुराना बिद्यार्थी मुनबाला बस्ने त्यो .. के नाम ?’’ म मुनबाला बस्ने यो बाटोमा सधैं हिँडिरहनेहरू सम्झन थाल्छु । सम्झेर भन्छु “काजीराम ।’’
“हो उनै काजीराम । धेरै दिन नदेख्दा सुन्दरमानलाई सोधेँ । थाहा हुन्छ ऊ त बितेको धेरै महिना भइसकेको रहेछ ।”
मलाई पनि उनी बितेको थाहा थिएन । ऊ मेरो बाल्यकालको मिल्ने साथी थियो । उसले मलाई याङटाङ खोलाको दहमा पोडी खेल्दा अग्लो ढुङ्गोबाट हाम फाल्न लगाएको थियो । हाम नफाल्दा डरपोक भइन्छ भनेर डराईडराई फाल हानेको थिएँ । गहिरो दहभित्र डुबेको डुबेकै, गहिरो झन् गहिरोभित्र डुबेको डुबेकै । भुँइ कहिले भेट्ने होला ? हातखुट्टा चलाएपछि दहमाथि उत्रेको सम्झना भर्खर हिजोको जस्तो लाग्छ । बिचरा काजीराम रहेनन् ।
अब म पनि कति दिन रहुलाँ ? उनी नरहेको साक्षी ति हाम्रा बाल्यकालका शिक्षक  भए । अहिले बाँचिरहेका हामी नरहेको साक्षी को होलान् ? आखिर आज रहेका सबै नै केही दिन पछि रहदैनन्...
म याङटाङको दहभित्रझैँ जीवनको क्षणभङ्घुरताको गहिराइभित्र डुब्न थालेको हुन्छु, डुबेको डुबेकै हुन्छु ।


२०७३ मंसीर २७, नखिपोट





Pearl Buck in 1932, about the timeThe Good Earth was published.
PhotoArnold Genthe
Pearl S. Buck
Pearl Buck 1972.jpg
Pearl Buck, ca. 1972.
BornPearl Sydenstricker
June 26, 1892
Hillsboro, West Virginia, U.S.
DiedMarch 6, 1973 (aged 80)
Danby, Vermont, U.S.
OccupationWriter, Teacher
NationalityAmerican
SubjectEnglish
Notable awards Nobel Prize in Literature
1938
SpouseJohn Lossing Buck (1917–1935)
Richard J. Walsh (1935–1960) until his death

Signature

Friday, February 10, 2017

६२.(लघुकथा) लाठीचार्ज


( लघुकथा)
लाठीचार्ज

सरण राई

लाठि चार्ज नभएकाे र नहुने देश, समय र व्यवस्था देखिएन ।
भ्रष्टाचारकाे सजाय भाेगेर जेलबाट छुटेका र तथाकथित समर्थकहरूद्वारा ११४ किलाेकाे माला लगाइदिएका मान्छेलाई ३० लाख अनुदान सरकारले दियाे।
अन्टसन्ट भविष्यवाणी गर्ने बालकलाई एक कराेड अनुदान दियाे ।
ब्रेस्ट क्यान्सर भएकि महिलाले एक कराेड मागेकाेमा पचास लाख अनुदान दियाे । अरू पनि त्यस्तै त्यस्तैहरू धेरैलाई धेरै धेरै सरकारी अनुदान दिइयाे ।
सरकारले यस्तै अनुदान दिईरहेकाे थाहा पाएर आफैले मत दिएर जिताएकाे सरकारसँग भाेकमरिले मरिरहेका सुकुम्वासी गरिबहरूले निशुल्क खाद्यान्नकाे माग राखे । तिनीहरू निकै आशावादि थिए । तर सरकारले वास्ता गरेन । मरता क्या न करता । माग पूरा गराउन जुलुस निकाले ।
सुकुम्वासी गरिबहरूले सरकारसित निहुँ खाेज्ने ?
जुलुसमा अन्धाधुन्ध लाठिचार्ज भयाे, घरपकड जेल सजाय भयाे ।अझ‌ कति त जेलमै छन् ।
सत्तासीन दलका कार्यकर्ताले सरकारले गरेकाे लाठीचार्ज र घरपकडकाे स्वागत गरि जुलुस निकाले ।
जुलुस निकाल्ने नेताले ठूलै रकमकाे सरकारी अनुदान पाउने भएका छन् रे ।
पशुपति घाटकाे बिध्धुत शव गृहमा पैसा नभएर लास जलाउन नसकेकाे वा नसक्ने गरिबलाई किन अनुदान दिने ?
काेराेनाले सीमानामा राेकिएर भाेकभाेकै भएकाहरूलाई किन अनुदान दिने ?
तिनीहरूलाई अनुदान दिँदा सत्तासीनलाई के कति कमिसन फायदा हुन्छ ?
भाेट घट्ला ! भाेट त अकुत कुम्ल्याएकाे भ्रष्टाचारकाे पैसाले किनी हालिन्छ ।
अनि सिध्दान्तकाे कुरा ?
सिध्दान्त ? हा हा हा ...उहिलेकाे कुरा ... खुइले ... !
काेराेना समाधान लाठीचार्जले गर्ने ... देशै बेच्न तयार राष्ट्रघातीहरूका लागि कमाउने सुनाैला अवसर ! माैकामा चाैका हान्ने !
त्यसका लागि अचुक अस्र लाठीचार्ज ! हरेक समस्याकाे अचुक अस्र लाठीचार्ज !
🔴

२०७६ चैत २० , धरान
🔥☯️🔥
https://chhinaamakhu.blogspot.com/