Tuesday, June 28, 2016

३८.(लघुकथा) एकताले भूमि जाेगायाे

.
(लघुकथा)
एकताले भूमि जाेगायाे

सरण राई

एउटा गरिब थियाे । थुप्रै छाेराछाेरीहरू थिए । मुस्किलले हुर्कायाे अनेक सास्ती खेपेर । छाेराछाेरी हुर्केपछि सुखकाे दिन आउला भन्ने आमा बाबुकाे आशा थियाे ।

छिमेकिले बुध्दिहीन एउटा छाेरालाई भड्काएर पारिवारीक एकता नष्ट गरी दियाे । त्यसले आमाकाे गहना खाेसेर छिमेकीलाई दियाे । आमाकाे बेइज्जत गर्याे । घरबारी बुझाउने सर्तमा परिवारघात गर्याे । पितालाई हटाएर आफू घरकाे हर्ता कर्ता भयाे । भनाैँ छिमेकीकाे हातमा बेचिएर ऊ घरमुली भयाे ।

बुध्दिहीन त्याे बिकेका छाेरालाई टुङ्गाेमा नल्याए उठीबास निश्चित देखेर अरू सन्तानहरू एकजुट भए । कडा मिहिनेत गरे । छिमेकीकाे लहैलहैमा नलागी एकताबद्ध भई छिमेकिकाे थिचाेमिचाे र अन्याय विरुध्द एकजुट भई लडे ।

बिकेकाे वा बिक्नेलाई परिवारले पनि बहिस्कार गर्नु पर्छ भन्ने पाठ सिके । बिकेकाे बाहेक अरुहरूका पारिवारीक एकता कायम भयाे ।

छिमेकीकाे उनीहरूलाई उठीबास गराएर उनीहरूकाे भुमि खाने षड्यन्त्र बिफल बनाए । अनि आफ्नाे पुर्खाैली भूमि जाेगाए ।

🔴
२०७७ वैशाख ३०, लकडाउन

🔥🌹🔥