Thursday, January 21, 2016

२०.(लघु कथा ) नोकरहरुको लडाई

(लघु कथा )
नोकरहरुको लडाई
सरण राई

मालिकलाई आफ्ना गाउँलेहरु एकापसमा मिलेर सुख र शान्तिसग बसेको मन पर्दैनथ्यो | त्यसरी बसे भने उसले चाहेको कुराहरु पुरा हुन सक्तैनथ्यो | उसको दबदबा पनि कायम हुन सक्तैनथ्यो | उनीहरुलाई जुधाएर , उक्साएर र चर्को ब्याजमा ऋण सापटी दिएर मुद्दा मामिला गर्न लगाउथ्यो |
गाउँलेहरुले यी झगडा फसाद, गरिबी र अशान्तिको जड अशिक्षा हो भन्ने ठानेर एउटा पाठशाला खोल्ने सल्लाह गरे |
पाठशाला जस्तो कुरोको विरोध गर्न हुदैनथ्यो -- मालिकले जुक्ति निकाल्यो | पाठशाला खोल्ने कुरा मालिकलाई मन परेको थिएन | दुइजना नोकरहरुलाई गाउँ पठायो | पहिलो नोकरले पाठशाला डाडामा हुनुपर्छ भनेर प्रचार गर्यो | दोस्रोले गहिरामा हुनुपर्छ भनेर आधि गाउँलेहरुलाई 'कन्भिन्स ' गर्यो | मालिकसँग सल्लाह र सहयोग माग्ने भनेर उनको घरमा सबै गाउँलेहरु जम्मा भए पछी मालिकले सोध्यो - "पाठशाला कहाँ  खोल्ने ?"
"डाँडामा "पहिलो नोकरका साथै केहि गाउँलेले भने |
"गहिरामा " दोस्रो नोकरका साथै केहि गाउँलेले भने |
पाठशाला खोलिनु अगाडी नै डाँडामा खोल्ने र गहिरामा खोल्ने दुइ दलमा गाउँलेहरु विभक्त भैसकेका थिए | दुवै दलका नेताहरु भने मालिकका नोकरहरु नै भएका थिए |
डाँडामा कि गहिरामा ? वाद विवाद पछी गाउँलेहरु हात हालाहालकै अवस्थामा पुगे | गाउँलेहरु दुइ समुहमा बाड़िएर लडाई झगडा हुन् थाल्यो |
पाठशालाको कुरा हरायो | यो देखेर मालिक भने आनन्दले मुस्कुराउँन थालेको थियो |
२०७१ माघ ८
Rabindranath with Einstein in 1930
 
 
Rabindranath Tagore
রবীন্দ্রনাথ ঠাকুর
Late-middle-aged bearded man in white robes looks to the left with serene composure.
Tagore (c.1915)
Native name রবীন্দ্রনাথ ঠাকুর
Born Rabindranath Thakur
7 May 1861
Calcutta, Bengal Presidency, British India
Died 7 August 1941 (aged 80)
Calcutta
Occupation Writer, painter
Language Bengali, English
Ethnicity Bengali
Literary movement Contextual Modernism
Notable works Gitanjali, Gora, Ghare-Baire, Jana Gana Mana, Rabindra Sangeet, Amar Shonar Bangla (other works)
Notable awards Nobel Prize in Literature
1913
Spouse Mrinalini Devi (m. 1883–1902)
Children five children, two of whom died in childhood
Relatives Tagore family

Signature Close-up on a Bengali word handwritten with angular, jaunty letters.

Friday, January 15, 2016

१९.(लघु कथा) चेत

(लघुकथा)
चेत

सरण राई


"पञ्चायत व्यवस्थामा झिटी गुन्टाकाे सुबिधा प्रयाेग गर्न पासपाेर्ट बनाउन पनि सर्वसाधारणकाे बुता बाहिर थियाे ।बहुदलकाे पुन:स्थापना पश्च्यात पासपाेर्ट बनाउने र विदेश जानेकाे लर्काे नै लाग्याे ।

त्यतिबेलाकाे बजेट भाषणमा "सबैकाे हातमा माेबाइल र प्रत्येक चुनाव क्षेत्रबाट कम्तिमा २०० जना विदेशी राेजगारमा पठाउने" नीति र कार्यक्रम ल्याइएकाे थियाे ।

क्याबात ! खुब स्वागत गरिएको कार्यक्रम ।

आज पाे त्यसकाे असर देखिदै छ । परनिर्भर अर्थतन्त्र ।

काेविद १९ का कारण विदेशमा धेरैजना मरीरहेका छन् । राेजगारी गुमेर बिचल्लीमा छन् । सरकार गुहारी रहेका छन् । लाचारीपन !

उत्तरी छिमेकीसित युध्दमा हारीरहेकाे दक्षिणी छिमेकीलाई हाम्राे भूमि कालापानी क्षेत्रमा अस्थाइ बास दियाैँ । गुणकाे बदला ! निर्लज्ज हस्तक्षेप गरेर राजनीति फाेहाेर बनायाे । अतिक्रमण ! कृतघ्नलाई पराजित गर्न राष्ट्रिय एकता बलियाे भएकाे छ ।

आजसम्मका साम्राज्यवादी र विस्तारवादीलाई सघाउ पुराउने नीति भण्डाफाेर भएकाे छ ।"

" सहि विश्लेषण । अब के गर्ने त ?" -- प्रश्न ।

" के गर्ने ? स्पष्ट छ एकताबध्द भएर समस्याकाे पहिचान गर्द‌ै समाधान गर्ने ।"

" गाेर्खाली वीर जाती हाे । अहिलेसम्म अरूका लागि लड्याे ।अब आफ्ना लागि देश बनाउँछा‌ैँ । शक्तिशाली देश निर्माण गर्छा‌ैँ । त्यस कार्यमा अवराेध गर्ने विदेशका दलालहरूका टाउकाे नगिडे जहिल्यै ति राष्ट्रघातीहरूले देश बन्न दिदैनन् भन्ने चेत पलाई सकेकाे छ । देश र जनताकाे हित गर्ने नीति र कार्यक्रमले हर क्षेत्रमा शक्तिशाली देश बन्ने छ ।"

अब देशक‌‌ै लागि सबैले श्रम बगाउने छन् । पसिना चुहाउने छन् । स्ववलम्वी अर्थतन्त्र ! असल राजनीति !
सब‌ै देशभक्तहरूकाे समर्थनकाे तालीले आकास-धरती गुञ्जायमान हुन्छ ।

याे चेत - काेविद १९ र छिमेकीकाे कालाे करतुतले दिएकाे महान् शिक्षा ! सब‌‌‌ै समस्याको समाधान याे शिक्षाभित्र‌ निहीत छ ।

🔴

२०७७ जेठ १०, लकडाउन


🔥🌹🔥
🔥🌹🔥लक्ष्मी राईसँग  (४१वर्षकाे सपनाजस्ताे दाम्पत्य जीवन ) २०७२ साल




Embedded image permalink





























Laxmi prasad devkota 2.gif
Laxmi Prasad Devkota
लक्ष्मीप्रसाद देवकोटा

१८ (लघु कथा) मिलाप

लघु कथा
मिलाप

सरण राई

“हेर्नुहोस्,रामकुमारजी , तपाईँविरुद्ध  कार्यकर्ताहरूले केन्द्रीय कार्यालयमा उजुरी दिएका छन् । जिल्ला समितिको आम्दानिको हिसाबमा लाखौँ रुपियाको गोलमाल गर्नु भएको छ रे । दुई हप्ताभित्र स्पष्ट हिसाब बुझाउनु होला, नबुझाएमा पार्टिले तपाईँलाई कडा कारवाही गर्नेछ ।” केन्द्रीय नेताज्यूले रामकुमारलाई हप्काउदै नसिहत दिए ।
नेताले केही वर्षभित्रै अतुल सम्पत्ति कमाएका थिए । राजधानीमा ठूला घर बनाएका थिए । ‘पजेरो’ किनेका थिए । ‘आफू चाहीँ खाएर अघायो, अझै खाईरहेछ । अरुलाई नखानु भन्ने उपदेश दिने पाजी रहेछ ।’ भन्ने रामकुमारले मनमनै सोच्यो । अरु कार्यकर्ताहरूको अगाडि हप्काएकोमा उसलाई जङ चल्यो अनि कराएर भन्यो, “तपाईँको सब कइरन मलाई थाहा छ । कसरी घर बनाउनु भयो ? छोरालाई कसरी विदेश पढ्न पठाउनु भयो ? अरु के के गर्नु भयो ? दुनियाको सामु बेलिबिस्तार लाउनै पर्ने भयो ?”
यो सुनेर नेताज्यू ठण्डा भए र उसलाई सम्झाउदै भने, “रामकुमारजी, शान्त, शान्त । उता एकान्तमा जाऊँ, म कुरा बुझाउँछु ।”
नेताज्यू र रामकुमार एकान्तमा केही बेर बसे । के के कुरा भयो ? नेताज्यूले उसलाई कस्तो उपदेश दियो ? दुवैजना प्रसन्न भएर फर्किए ।
त्यसपछिका दिनहरूमा उनीहरू बीच अनौठो मेलमिलाप देखियो ।
२०७२ साउन १५ सुकेधारा




L.N.Tolstoy Prokudin-Gorsky.jpg
Tolstoy in May, 1908, four months before his 80th birthday (photographed at Yasnaya Polyana by Sergey Prokudin-Gorsky; the first colour photograph taken in Russia).
Born Lev Nikolayevich Tolstoy
September 9, 1828
Yasnaya Polyana, Russian Empire
Died November 20, 1910 (aged 82)
Astapovo, Russian Empire
Occupation Novelist, short story writer, playwright, essayist
Language Russian, French
Nationality Russian
Period 1852–1910
Notable works War and Peace
Anna Karenina
A Confession
The Kingdom of God Is Within You
Resurrection
Spouse Sophia Tolstaya
Children 14

Signature

Add caption
Leo Tolstoy 1897Tolstoy at age 20, 1848Tolstoy's wife Sophia and their daughter Alexandra

१७.(लघु कथा ) सप्रसङ्ग ब्याख्या !



(लघुकथा)
सप्रसङ्ग ब्याख्या !


सरण राई


''...सम्भवतः याे स्थिति थाहा पाएकाे भए हामीले हिमाल खनेर एउटा नयाँ किसिमकाे मकै र काेदाे उब्जाउने थियाैँ हाेला । पहरा फाेरेर नयाँ किसिमकाे मकै र काेदाे उब्जाउने थियाैँ हाेला ।''
सप्रसङ्ग ब्याख्या हाे कि ब्याख्या गर्न वल्लाे खाटमा पल्टिएकै अवस्थामा म व्यस्त थिएँ ।
तिनी पर दाेकान घरकाे अगेनामा टुक्रुक्क बसेर के के पकाइरहेकी थिइन् । अगेनामाआगाे दनदनी बलिरहेकाे थियाे ।
''मान्छेले भेट्लान् है !'' भनिरहेकी थिइन् ।
झल्यास्स ब्युझन्छु ।
किन एकचालिस वर्षकाे अवधिमा दाेकान घर त के ? तिनलाई आफू जन्मेकाे गाउँ एक पटक पनि टेकाउन सकिनँ ।
डेढ वर्ष बितिसक्दा पनि तिनलाई सपनामा किन भेटिरहन्छु ? देखिरहन्छु ?
म ब्याख्या गर्न थाल्छु ...सप्रसङ्ग ब्याख्या ! जीवन यस्तै रहेछ !
तर अब ब्याख्याकाे के तुक ?! के अर्थ !?

🔴
२०७७ जेठ ११ , लकडाउन
🔥🌹🔥

लक्ष्मी  राईसँग लुम्बिनी 

 Maxim Gorky LOC Restored edit1.jpg
Signature
Portrait of Gorky, c. 1906
BornAlexeiMaximovichPeshkov
28 March [O.S. 16 March] 1868NizhnyNovgorod,Russian Empire
Died18 June 1936 (aged 68)
Gorki LeninskiyeMoscow OblastSoviet Union
Pen nameMaxim Gorky
OccupationWriter, dramatist, politician
NationalityRussian, Soviet
PeriodModernism
GenreNovel, drama
Literary movementSocialist realism
Anton Chekhov and Gorky. 1900, Yalta

१६.(लघु कथा )ज्यानमारा नाटक


(लघु कथा )ज्यानमारा नाटक
सरण राई

'कु..कु...री.. काँ ...
बाँसी भात खा ..
.......
........
खोला सुक्यो !"

नाकावन्दी खुल्दै छ ,भारतसित कुरो गर्न 'मन्तरी' गएका छन् | चिनसँग पनि व्यापारिक सन्धि हुँदै छ 'मन्तरी' ले भनेका छन् |
आन्दोलनकारीसँग छिट्टै सफल वार्ता हुँदै छ |
भुकम्पपिडीतको समस्या टुलुटुलु हेरेर सरकार बस्दैन |
गाँस बास कपासको जोहो सरकारले गरि छाड्ने छ | सुकुम्वासी कोहि हुने छैनन् | लोडसेडिङ अन्त्य गरिने छ | आदि आदि ...
छ जना 'उपपरधान मन्तरी' साततिर फर्केर जोकरको भूमिका निभाई रहेका छन् | 'जङ्गेले बोल्यो ,बोल्यो' कसैको कुरा सुन्दिनँ | 'परमुख' कुम्ल्याउन र खुइल्याउन भएभरको हातखुट्टा चलाई रहेका छन् | जनता 'बकरी' भएका छन् ...
'ज्यान कसरी जोगाउने हो ?' नाटकको  'थेम'  रहेछ |
ज्यानमारा नाटक मन्चन भईरहेको छ |
२०७२ पौष १९ ,धरान
Embedded image permalink

१५.(लघु कथा) नक्सा निकाल्याे

(लघुकथा)
नक्सा निकाल्याे

सरण राई

उसकाे खेतबारी छेउकाे अलिकति जग्गा छिमेकीलाई अस्थाइ रूपमा चास्न दिएकाेमा आली सिमाना नै सारेर त्याे जग्गा मेराे हाे भन्दै हेपाहाले डरधाक देखाएर खाने दाउ गरिरहेछ ।
सबै अरूहरू पनि जाली फटाहाले दिएका दु:खबाट आजित भई लड्न तयार हुन थालेका हुन्छन् ।
"उसले नक्सा निकाल्याे !"
सब खुशी हुन्छन् ।
"उसले नक्सा निकाल्याे !"
हेपाहा जाली फटाहाको सातो जान्छ ! कतै तर्साउन सकिएला कि ...फटाहा हेपाहाले त्याे जमिनमा लठैतहरू तैनाथ गर्छ । थर्काएर धम्काएर थिज्ने मिच्ने नियत !
फरूवाले नक्सा अनुसार सिमाना मिलाउन थालेपछि सब गाउँलेहरूले साथ दिन्छन् ।
फरूवा - परि आए त्यो नै हतियार ! अरु बेला खेतीको जीविकाको साधन ! किसान - देशका निम्ती सिपाही पनि !
लठैतहरू आइलागे सबै घरका एकजुट भएर फरूवाले नै दनक दिने किसानकाे तयारी हुन्छ ।
याे जमाना अन्याय अत्याचारकाे जमाना हाेइन । सत्य र न्यायकाे पक्षमा सब गाउँलेहरू लाग्छन् ।
भतुवा बाेल्छ "नक्सा साेधेर निकाल्नु पर्थ्याे ।" पहिलाे चडकन भतुवाकाे गालामा...सुइकुच्चा कुलेलम ठाेक्छ भतुवाले । सत्यकाे पहिलाे जित !
भतुवा भागेपछि हेपाहा जाली फटाहाको लठैतहरू धाेती छेर्दै भाग्छन् ... !

🔴
२०७७ जेठ १२, लकडाउन
🔥🌹🔥




William Sydney Porter by doubleday.jpg


Portrait of O. Henry, by W. M. Vanderweyde, 1909
Born William Sidney Porter
September 11, 1862
Greensboro, North Carolina
Died June 5, 1910 (aged 47)
New York City, New York
Pen name O. Henry, Olivier Henry, Oliver Henry[1]
Occupation Writer
Nationality American

१४.(लघु कथा ) लिदी




(लघुकथा)
लिदी

सरण राई


घरभित्र आगाे सल्केकाे छ । भतुवाहरूलाई त के छ ? भाड्नु छ तर घरकै मान्छे पाे आफ्नाे र भतुवा-भडुवा छुट्टाउन सक्तैन । भन्दा नि बुध्दिकाे बिर्काे खाेल्दैन ।
" किन यस्तो भएकाे छ ?"
" सम्पूर्णमा अन्धभक्त, पिछलग्गु, झाेले र आकासकाे फल झर्ला र खाउला भन्ने झुठाे आशमा भुलिएर..."
हाेइन, आफ्नाे खाेपडिकाे बुध्दि अरुलाई भुटन दिएर । भुटिएकाे बुध्दि के काम?
"गिदी पनि नचलाई अर्काकै हाहाेमा चलिरहदा सडेर लिदी हुन्छ ।"
त्यसैले हाेला अझै मित्र राष्ट्र भन्नेहरूकाे लिदी गनाईरहेकाे ।
त्यस्ताे लिदी फाल्ने बेला भएन ?
" मुलुकलाई असल राजनीति गर्ने दिमाग-मगज वा गिदी चाहिन्छ । लिदी हाेइन ...! "

🔴
२०७७ जेठ १४, लकडाउन
🔥🌹🔥

 सरण राई,लक्ष्मी  राई,  नरदेवी राई,  सेलिन राई, हर्क मुक्मिन मुकारुङ राई ,  शैलेश राई, अन्जाना  राई , विजया लक्ष्मी राई,  आभा मुकारुङ 
Embedded image permalink

१३.(लघु कथा ) यात्रा


(लघु कथा ) यात्रा

सरन राई

"अरु पैसा थप्नोस् , यति भाडाले पुग्दैन |"
"यति नै तिरेर सधैं हिड्छु |"
"हुँदैन, तेलको भाउ, गाडीको सामग्रीको दाम र महंगीले डॉडा काटेको छ, अरु दिनोस्  |"
" म दिन्नँ |"
"उसो भए ओर्लनुहोस्  |"
बसको कन्डक्टर र यात्री बिच किचलो बढेर हात हालाहाल नै होला कि जस्तो स्थिति बन्न थालेको छ |
"तेरो यो प्राइभेट गाडी हो, भाडामा चलाए पछी यात्रुलाई झर् ,नचढ्  भन्न सक्छस् |" यात्री झडङ्ग रिसाएर उभिन्छ |
"गाडी चढ्ने भए पुरा भाडा तिर्नोस् " कन्डक्टर पनि लच्कन मान्दैन |
पछिल्लो सिटमा बसेर मन्द मन्द मुस्कुराई रहेको अचम्मको यात्रीलाई हेर्दै आफ्नो कुरामा समर्थन गरि दिन कन्डक्टर यात्रीलाई सोध्छ —"यात्रीले पूरा भाडा तिर्नु पर्छ कि पर्दैन ?"
"के, के ! यात्री सोध्छ, म त उल्टो गिन्ती गरिरहेको छु, ...७, ६, ५ ... १|"
गड्याम्म , ठुलो आवाजका साथ बस ३०० मिटर तल नदीमा खस्छ | सबै यात्रीहरुको एकै चिहान हुन्छन्
तर त्यो अचम्भको यात्री भने पल्टेको बसबाट जिउदै लुसुक्क निस्किएर अलप हुन्छ |  एक क्षण अघिसम्म मानिसहरु थोरै रकमको लागि गलबाजी गरिरहेका थिए | कहिले गन्तव्यमा पुग्छौ  होला ? भन्ने सोचिरहेका  थिए  |
William Shakespeare
Shakespeare.jpg
The Chandos portrait, artist and authenticity unconfirmed. National Portrait Gallery, London.
Born Baptised 26 April 1564 (birth date unknown)
Stratford-upon-Avon, Warwickshire, West Midlands, England
Died 23 April 1616 (aged 52)
Stratford-upon-Avon, Warwickshire, England
Occupation Playwright, poet, actor
Period English Renaissance, Elizabethan Era
Spouse Anne Hathaway (m. 1582–1616)
Children

Signature


१२.(लघु कथा ) पुस्तक


(लघु कथा )

पुस्तक


सरण राई

समय बगिरहेको खोला जस्तो रहेछ । रोकिँदेन, निरन्तर बितिरहेको हुन्छ । मानिसलाई समय बितेको पत्तै हुँदैन । मलाई पनि मेरो यौवनकाल बितेको पत्तै भएन । जागिरबाट उमेरको कारणले अवकाश पाएपछि थाहा भयो जीवन कसरी केही नगरी स्वात्तै बितेछ ? अब म के गर्न सक्छु र !?
म त्यति बेलाका मेरा साथीहरूलाई सम्झन्छु । नारायण घमण्डी भएपनि ऊ मसँग असाध्य मिल्थ्यो । हरदेव र नारायण पनि मिल्थे । हरदेव लेखक थिए, उनले  लेखेको एउटा पुस्तक उनले आफ्नै खर्चले छापेका थिए । साथी भाईहरूलाई त्यो पुस्तक किनिदिन  र पढेर सुझाव दिन आग्रह गरिरहेका थिए ।
मलाई पनि उनले पुस्तक दिए । पैसा नभएको बहाना गरेर पुस्तक उधारो लिएँ । मदिरासेवन र अनेकौँ नचाहिँदो कुराहरूमा म फूरमासी गर्थे, अनावश्यक खर्च गर्थेँ । तर त्यो पुस्तकको मूल्य मैले तिर्न चाहिनँ र तिरिनँ । मैले त्यो पुस्तक पनि पढिनँ । उनले पनि ताकेता गरेनन् । समयको अन्तरालमा हामी साथी भाईहरू छुट्टियौँ, भेट हुन पनि छाडेको छ ।
आज तीस वर्षपछि  आफ्नो त्यति बेलाको नकच्चरोपनदेखि म आफै एक्लै लज्जित भइरहेको छु ।
नारायणले मलाई त्यति बेलै सोधेका थिए, “पुस्तक पढ्यौ ?”
“छैन ” मैले जवाफ दिएको थिएँ ।
“पढ, राम्रो छ । मैले पढि सकेँ । म अत्यन्त प्रभावित भएको छु ।”उनले नम्र भएर भनेका थिए । उसको त्यस्तो नम्रता देखेर म आश्चर्य चकित भएको थिएँ । तर त्यसपछि उनी सदैव नम्र, भद्र, सहयोगी र सेवामुखी भए । आज मलाई प्रष्ट भएको छ त्यो पुस्तक पढेर आफ्नो घमण्डीपन त्यागेर उनी सप्रिएका थिए ।
आज तीस वर्षपछि अचानक मलाई हरदेवले लेखेको पुस्तकको सम्झना भयो । मैले त्यो पुस्तक पढ्न थालेँ । सुरुमा केही पृष्टहरू पढ्न गा¥हो भयो तर त्यसपछि भने चुम्बकले फलामलाईझैँ त्यस पुस्तकको अध्ययनले तान्न थाल्यो । पुस्तक पढ्दै जाँदा मभित्र नयाँ नौलो परिवर्तन हुँदै जान थाल्यो । अन्तमा म पूर्ण नौलो जीवनको उत्प्रेरणाले आलोकित हुन पुगेँ ।
त्यो पुस्तक पढिसकेपछि मलाई केही अनुभूतिहरू भएको छ । पहिलो मैले त्यो पुस्तक आजभन्दा तीस वर्ष अगाडि नै पढेको भए मेरो जीवनको गति र प्रवाह नै अर्कै हुन्थ्यो । त्यति बेला मैले किन पढिनँ ? म अहिले थक्थकाउँदै छु ।
तीस वर्ष पछि नै भए पनि अहिले मैले त्यो पुस्तक पढेँ । धन्न, पढेँ । नपढेका भए मैले जीवनको एउटा महŒवपूर्ण पाटोको रहस्य जान्नबाट म वञ्चित रहने थिए ।
 त्यो पढेपछि मलाई जीवनको अर्थ खुलेजस्तो भएको छ । जीवनको सार्थकता के हो ? प्रष्ट भएको छ । धमिराले खाएर टोडका पर्दै जाने रुखझैँ भइसक्न लागेको मेरो शेष जीवन सुकार्य, सेवा र मानव जीवनको समर्पणमा लगाउने उत्प्रेरणा प्राप्त भएको छ ।

लेखनीको माध्यमबाट मजस्ता हजारौँलाई आँखा देखाउने हरदेव आज प्रख्यात लेखक भएका छन् । नारायण पनि सामाजिक सेवाको क्षेत्रमा मान्य व्यक्ति भएका छन् । यस्ताका साथी हुन पाएकोमा म पनि हर्षित छु ।

२०६९।२।२७।७, धरान

Munshi Premchand
Premchand 4 a.jpg
Native name मुंशी प्रेमचंद / منشی پریم چند
Born Dhanpat Rai Srivastav
31 July 1880
Lamhi, North-Western Provinces, British India
Died 8 October 1936 (aged 56)
Varanasi, United Provinces, British India
Occupation Writer, Novelist
Language Hindustani (Hindi-Urdu)
Nationality Indian
Notable works Godaan, Bazaar-e-Husn, Karmabhoomi, Shatranj ke khiladi
Spouse Shivarani Devi
Children Sripath Rai, Amrit Rai, Kamala Devi

Signature

११.(लघु कथा ) हातेमालाे


(लघुकथा)
हातेमालाे

सरण राई

गणतन्त्र आईसकेपछि पनि कसैलाई कसैकाे विश्वास थिएन ।
नीति र कार्यक्रम सामन्तवादकै ।
फुटेका थिए - धर्म,जात, क्षेत्र, संस्कृति, रितीरीवाज आदिकाे नाममा ।
झगडा मनमुटावलाई बढावा दिने पत्तुर शत्रु छिमेकी ।
हर काममा हस्तक्षेप बाधा व्यवधान दिइरहने पत्तुरकाे नियत छर्लङ्ग भएपछि सब देशभक्तहरू एक भएका छन् ।
एकजुट भएर हाताेमालाे गर्द‌ैछन् ।
एक तीरले तीन सिकार गर्दै छन् ।
- काेविद १९ काे पराजय
- अतिक्रमणकारी परास्त
- सम्वृध्दिकाे आगमन !
पत्तुरका भतुवा-भडुवाहरू भागारे भाग । एकताकाे हातेमालाेले सब क्षेत्रमा सफलता प्राप्ति । झिलीमिली सुन्दर सबैकाे साझा देश!

🔴
२०७७ जेठ १९, लकडाउन
🔥🌹🔥


पाथीभारातर्फ लाग्नु अगाडि - शिव बान्तावा, सरण राई , निर्मला राई, लक्ष्मी राई, श्रीशीशा राई, रिता राराहाङ राई र रेवतीरमण राई (२०७० जेठ १५ बुधबार ,ताप्लेजुङ फुङलिङ बजारमा)
🔥🌹🔥

Kavi Siromani
Lekhnath Paudyal

Lekhnath Paudyal- Father of modern Nepali poetry literature.
Lekhnath Paudyal's painting( a few decades ago)
Native name लेखनाथ पौड्याल
Born 1885 (15 Poush 1941 BS)
Arghau Archale, Kaski, Nepal
Died 1966 (aged 80–81)
Occupation Poet, short-story writer, playwright, essayist
Language Nepali
Nationality Nepali
Notable works Pinjadako Suga (A Parrot in a Cage), Ritu Vichara (Contemplation of the Seasons, 1916), Buddhi Vinoda (Enjoyments of Wisdom, 1916), Satya-Kali-Samvada (A Dialogue Between the Degenerate Age and the Age of Truth, 1919),
Notable awards कवि शिरोमणि

१०.(लघु कथा) सर्वोत्कृष्ट कथा

(लघु कथा)
सर्वोत्कृष्ट कथा

सरण राई

मैले एउटा उत्कृष्ट कथा लेखेको छु । म त्यसलाई सर्वोत्कृष्ट कथा बनाउन चाहन्छु ।
मुड बन्नासाथ कम्प्युटरमै म त्यस कथाको परिमार्जन गरिरहन्छु । शब्दहरू मिलेन जस्तो लाग्छ, फेर्छु । कुनै बेला वाक्य नै बदल्छु । घटनाहरू बदल्छु । कागलाई मुजुरको प्वाँख लगाइदिए जस्तो हुन्छ ।
हेर्छु, चित्त बुझ्दैन । अर्को टाइप गर्छु । गम्छु— ‘अब मिल्यो ?’
‘अहँ, मिलेन ।’
म फेरि सुधार्छु । पढ्छु, गम्छु— ‘यो त जीवनको कथा भएन ।’
टाइप गरी सकेर 'माइक्रोसफ्ट वर्ड' बन्द गर्छु । कम्प्युटर सोध्छ ‘सेभ’ गरौ ? ‘येस’, ‘नो’ ।
म ‘नो’ छान्छु । घण्टौ लगाएर गरेको परिमार्जन नष्ट हुन्छ । फेरि परिमार्जन गर्छु । फेरि ‘नो’ छान्छु । यसरी यो कथाको परिमार्जन क्रम कहिल्यै नसकिने जस्तो छ । परिमार्जन नसकिएपछि प्रकाशित हुने कुरा भएन । त्यसै हुनाले सर्वोत्कृष्ट जीवनहरु झैँ यो सर्वोत्कृष्ट कथा हुनेछ ।

२०७१ साउन ३०, धरान
Mona Lisa c1507
Leonardo Da Vinci
Add caption

९.( लघु कथा ) किनबेच


(लघुकथा)
किनबेच


सरण राई


विदुषक - मानिसकाे पनि सजिलैसँग किनबेच भइरहेकाे छ ।

जनताजनार्दन - नचाहिँदाे कुरा । दासयुग समाप्त भइसकेकाे अवस्थामा ...

विदुषक - तपाईँले पार्टिकाे सदस्यता लिनुभयाे । त्यतिबेलादेखि नै आफूलाई बेचिसक्नु भयाे । तपाईँ नेताकाे दास , नेताले किनबेच गर्ने बस्तु तपाईँ ! तपाईँकाे बुध्दि विवेक समाप्त ! तपाईँकाे पार्टि फुट्याे, जुट्याे । फुट्दा कुनै टुक्रामा , जुट्दा कुनै टुक्रामा । यस्ताे प्रक्रियामा तपाईँकाे सहमति खाेजियाे ? गाेठका भेडासरह कहिले त्याे गाेठमा, कहिले अर्काेमा । भेडाभन्दा नि घटिया तपाईँ जुन नेतालाई गद्दार भन्नु हुन्थ्याे त्याे नै अहिले तपाईँकाे महान् नेता । तपाईँलाई मन नपरेकाे पार्टि अहिले तपाईँकाे गाैरवशाली पार्टि ...

जनताजनार्दन - गाैरवशाली पार्टिकाे सदस्य म । नेताले देशका लागि र जनताका लागि साेचेका छन् । मैले किन साेच्नु पर्याे र ? भन्ने अन्धभक्त भएकाे म । तपाईँले भनेकाे ठीक हाे कि क्या हाे !

विदुषक - अझै केही बिग्रेकाे छैन । बिकेका सबै नेताहरू देश बेच्न तयार छन् । एम.सी.सी. पारीत गर्न र नक्सा संविधान शंशाेधन मार्फत पारीत नगर्न बल गरिरहेका छन् । अझै ती बिकेकाहरूसँगै आफ्नाे देश बेच्ने कार्यमा तपाईँ सरीक हुने हाे ? यतिबेला देश जाेगाउने जिम्मा वहन गरेर आफ्नाे नागरिक दायित्त्व पूरा गर्नुहाेस् !

जनताजनार्दन - हाे , हाे । नेता दल बिक्री हुन सक्छ । जनताजनार्दन र देश किनबेच हुँदैन । बिकेका राष्ट्रघाती र जनताजनार्दनलाई किनबेच गर्न खाेज्ने विदेशका दलालहरूलाई छानीछानी सफाया गर्नुपर्छ ।

देश संसद सरकार कसैले बेच्न सक्तैन !

देशभक्तहरूकाे उर्लदाे गर्जनले अतिक्रमणकारी, भतुवा-भडुवा र बिकेका नेता सखाप हुन्छ ।

🔴
२०७७ जेठ १६, लकडाउन
 🔥🌹🔥श्रीबहादुर राई, टिकुमान राई, दानबहादुर राई, कान्छी माइजु, मदनलछी राई, सरण राई, शिवमाया
राई, शुदेश राई र लक्ष्मी राई
Image may contain: 9 people, including Sarankumar Rai, Saran Rai, Jyoti Lal Ban and Laxmi Rai, people standing and indoor
comment :-
Maya Thakuri Very satirical and to the point. This is a very common scourge prevalent in our society. Congratulations.

८.(लघु कथा) बेलुन संसार


(लघु कथा)
बेलुन संसार

सरण राई

रङ्गी चङ्गी बेलुनहरु उड़ि रहेका छन् | उडाउनेहरुमा इर्षायुक्त प्रतिष्पर्धा छ | प्रतिष्पर्धा दुश्मनीमा परिणत भई रहेको छ |
तराइ मधेसी बेलुन फुट्यो | खुसि भए अरुहरु ...
जनजाती आदिवासी बेलुन फुट्यो | खुसि भए अरुहरु ...
दलित बेलुन फुट्यो | खुसि भए अरुहरु ...
महिला बेलुन फुट्यो | खुसि भए अरुहरु....
अग्रगमनको बेलुन झन् नराम्ररी फुट्यो | खुसि भए प्रतिगमनकारीहरु ...
जनता बेलुनहरु फुटे | सरकारी तानासाही बेलुन उड़ि रहेकाे छ | कतिबेला फुट्छ पर्खिरहेका छन् न्यायप्रेमीहरु ...
त्यहाँ लोकतान्त्रिक 'नेपाली बेलुन' उड़ेको छैन, बनिएको नै छैन कि ?!
जेहोस् बेलुनहरु आकाशमा उडे | रमितेहरुलाई रमाईलो भयो नै होला | बेलुन उत्सव सकियो | तापनि प्रश्न उठिरह्यो - बेलुन बनाउने र बेलुनमा हावा भर्ने को होला ?
बेलुनहरु भारतमा बन्दा रहेछन र हावा भर्ने 'भैया' रहेछ | नेपाली बेलुन भारतमा बन्न नसक्तो रहेछ | कहिले नेपालमा नै नेपाली बेलुन बन्ला ? अर्को बेलुन उत्सव कहिले होला ? बेलुन उडाउने खेलाडीहरुका साथै रमितेहरु प्रतिक्षारत छन् ...!

२०७२ भदौ ३०


Pablo Picasso
Portrait de Picasso, 1908.jpg
Picasso in 1908
Born Pablo Diego José Francisco de Paula Juan Nepomuceno María de los Remedios Cipriano de la Santísima Trinidad Ruiz y Picasso[1]
25 October 1881
Málaga, Spain
Died 8 April 1973 (aged 91)
Mougins, France
Resting place Château of Vauvenargues
43.554142°N 5.604438°E
Nationality Spanish
Education José Ruiz y Blasco (father),
Real Academia de Bellas Artes de San Fernando
Known for Painting, drawing, sculpture printmaking, ceramics, stage design, writing
Notable work Les Demoiselles d'Avignon (1907)
Guernica (1937)
The Weeping Woman (1937)
Movement Cubism, Surrealism
Spouse(s) Olga Khokhlova (1918–55)
Jacqueline Roque (1961–73)


 
  

७.(लघु कथा) पाल्तु

(लघुकथा)
पाल्तु

सरण राई

गरिब छिमेकीको घरमा मुखिया आउँछ | कुकुर भुक्न थाल्छ |
कुकुर भुकेको देखेर गरिब छिमेकी खुसि हुन्छ | कुकुरले घरको रखवारी गर्न थालेछ |
"अचम्भ ! मेरै घरमा जन्मेको मेरै जुठो भात खाएर हुर्केको कुकुर सधै मलाई देख्दा पुच्छर हल्लाउदै लुट्पुटिने छाउरो, आज मलाई नै भुक्दै छ | "
रिसाएका मुखियाले कस्सेर एक लात्ती बजारे | कुकुर कुइकुई गर्दै पर पछ्छारियो |
"यो कुकुर नपाल , म अर्को कुकुर दिउँला |" रिसाएका मुखियाले भने |
बिचरा गरिबको के हैसियत ! भने -"हुन्छ |"
कुकुरले के बुझ्यो कुन्नि ; त्यो त मुखियाको नजिक आएर फेरी खुट्टामा लुट्पुटिदै तलुवा चाट्न थाल्छ |
आखिर पाल्तु पाल्तु नै हुन्छ |

२०७२ असोज ७
 ब्लाष्ट टाइम्स , दैनिक पत्रिका, वर्ष २छ, अङ्क १०  ( २०७६ असाेज ११ गते शनिबार )
AHimalayan red-flanked bush-robindd caption

६.(लघु कथा) सही बाटाे


(लघुकथा)
सही बाटाे


सरण राई


पूर्णतया आत्मनिर्भर हुन सही बाटाे राेजेका छाैँ । नक्सा सर्वसम्मत पारीत गरेर अभुतपूर्व सन्देश विश्वलाई दिएका छाैँ । स्वतन्त्र र अटल !

जित सत्यकाे ! जित न्यायकाे ! हाँसीहाँसी देशकाे सिमा रक्षा गर्न तयार देशप्रेमीहरूकाे जित !

भतुवा-भडुवा भागाभाग !

सही असल बाटाे -- सही असल राजनीति -- सही असल अर्थतन्त्र -- सही असल सामाजिक विकास -- सही असल शिक्षा-- सही असल तालिम--सही असल मानवीय आचरण-- फेरि सही असल बाटाे !

क्रमिक निरन्तरता !!

चारैतिर झलमल्ल उज्यालाे ! सब सुखी र प्रसन्न !!!

🔴
२०७७ जेठ १८, लकडाउन
🔥🌹🔥 मेराे जन्म घर, छिनामखु , भाेजपुर

४.(लघु कथा) रहस्य


लघु कथा
रहस्य
सरण राई

बेलुकीको खाना पकाउने बेला भईसक्यो | दिउसो घाम नलागेकोले 'सोलार'को बत्ति पनि सधैको जस्तो चहकिलो बलि रहेको छैन | मलाई पनि बिसन्चो भएकोले जाँगर लागिरहेको छैन | दाउरा कसले ल्याई देला ? सोचिरहेको हुन्छु |
नभन्दै धनबहादुर एक अँगालो दाउरा लिएर आउँछ | अगेना छेउ दाउरा राखेर अन्खोराको पानि पिउछ | आज ऊ निराश जस्तो देखिन्छ | केहि बोलेको पनि छैन | आँखा पनि झुकाएकोझुकाएकै छ |
मान्छेको मन सधै कहाँ एकै प्रकारको हुन्छ र ? कुनै समस्या परेको होला | म सम्झन्छु | त्यति नै बेला फूलमायाको फोन आउछ |
"माईली भाउजु , दाई कता हुनुहुन्छ ? अस्पताल पठाई दिनु होला तुरुन्तै .."
"किन र ? "
" अब मेरो पति धनबहादुर छैनन् | ३ बजेतिर एक्सिडेन्ट भएर उनको देहान्त भयो |लास अस्पतालमा राखेको छ |" फूलमाया रोएको फोनमा नै सुन्छु |
फुलमाया के भनिरहेकी छिन्  ? धनबहादुर यहाँ आएको छ | म सबैतिर हेर्छु | कोहि छैन | अगेना छेउ दाउरा छ, धनबहादुरले पानी खाएको अन्खोरा पनि छ | तर धनबहादुर छैन | कस्तो अचम्भ ?
२०७२ असोज २९ , धरान

२.(लघु कथा) शाैक


(लघुकथा)
शाैक


सरण राई


शाैक, इच्छा ,विचार र साेच सबैकाे हुन्छ नै । त्याे भएन भने त मानिस र पशुमा फरक नै कहाँ रहन्छ र !

मलाई पनि मैले चाहेर वा नचाहि नै फूल राेप्ने-स्याहार्ने शाैक सानैदेखि लाग्याे । शाैक भनेकै पुगिसरी आउँदा पूरा गरिने हाे ।

सानाेमा छिनामखु जन्मगाँउमा मुलघर पछाडि दावाबाट एउटा जातकाे तारामण्डले (नाम नजानेकाेले काल्पनिक नाम) फूलकाे हाँगा लाैराे जस्ताे टेकेर ल्याएर राेपियाे । जाग्याे, फुलिरहेकाे देखेर खुसी भइरहेकाे बेला गाँउ छाडेर धरान आइयाे । आइयाे, फेरि फर्केर गाँउ जान सकिएकाे छैन । त्यस्तै मधेसमा खेतीपाती गरेर बस्ने मनसायले गइयाे । त्यसै अवसरमा तारामण्डले फूल राेपियाे । जाग्याे, बेस्सरी फैलियाे । बाख्रा गाइबस्तुले नखाने हुँदा बारबेरका लागि राेपियाे । तर फेरि खेती छाडेर हिड्नु पर्याे । फेरि खेती गरेर बस्न पाइएन । याे तारामण्डले फूल त अलच्छिनी पाे रहेछ । राेप्याे, हुर्कायाे । फुल्न थालेपछि त्याे थलाे नै छाेडेर हिँड्नु पर्ने । हाे वा हाेइन तर मलाई त्यस्तै लागेकाले अहिले बसाेबास गरिरहेकाे धरानमा भने त्याे फूल राेपेकाे छुइनँ । कतै यहाँबाट पनि हिड्नु पर्ने हाे कि !

फूल राेप्ने, स्याहार्ने र फुलाउने साेखका कारण ७३ वर्षकाे जीवनावधिमा कैयाैं फूलहरू जमिनमा र गमलामा राेपियाे , फुलाइयाे । आफूले राेपेकाे फूल फुल्दा पाइने अपार आनन्द हर्षातिरेकले कति पटक भिजियाे, भिजियाे । ४१ वर्षकाे दाम्पत्य जीवनमा पत्नी फूलका बिरूवा ल्याउथिन् । म राेप्थे, स्याहार्थे र फुलाउथे । अनेकाैं जातका फूलहरू । एउटा फूल त फूलकाे थुङ्गा बाटाेमा भेटेकाे, थुङ्गामा अलिकति डाँट थियाे । जाग्छ हाेला भनेर राेपेँ । जाग्याे, त्यसका हाँगाहरू राेपेर थुप्रै हुर्काएँ । एकबाट सहस्र भनेजस्तै !

शाैक अहिले लकडाउनमा समय काट्ने मेलाेमेसाे भएकाे छ । जीवनमा उर्जा पाउने आधार-आभास भएकाे छ । शाैककाे महत्त्व !

अहिले याे उमेर फुर्सदै फुर्सद छ । कैयाैं फूल मासिए जग्गाकाे अभावमा । अब गमलामा फूलकाे शाैक पूरा गर्दै छु । मलाई मन परेकाे फूल सुकेर मर्याे । त्याे फूलकाे जरामा प्याजदाना थियो । नचलाइ वर्षा सिजनकाे पर्खाइमा बसेँ । अहिले टुँसाउदै छ त्याे देखेर हर्षातिरेक भएकाे छु । त्याे फूल मेरी उनीले ल्याएकी हुँनाले मेराे निम्ति त्याे अनमाेल छ।

त्याे फूलजस्तै गइसकेकी तिनी र गइसकेका हामी पनि प्याजदानाबाट फेरि उम्रिन सकाैला ? उम्रिन सके त ....!

🔴
२०७७ जेठ २०, लकडाउन
https://chhinaamakhu.blogspot.com/2016/01/blog-post_88.html
🔥🌹🔥

सरण राई,  लक्ष्मी  राई र नाति  सच्चेन्द्र राई 


१.(लघुकथा) प्रस्तुति

(लघुकथा)

प्रस्तुति


सरण राई


प्रस्तुति सबैले देख्ने, भाेग्ने र अनुभुत गर्ने भएकाले  कला रहेछ भन्ने अनुभव हुन्छ ।

म सकिनसकि लेख्छु र सामाजिक सञ्जाल, फेसबुक र साहित्यिक समूहहरूमा पाेष्ट गर्छु । पाेष्ट गरेकाे तुरुन्तै लाइक र कमेन्ट टिप्पणिहरू आइ हाल्छ । नपढि नहेरि नै पनि कतिपय टिप्पणि र लाइक  गरिएकाे हुन्छ ।

 तर  जे हाेस् - लाइक र कमेन्टहरू  ! सामाजिक सञ्जालकाे मजा ! 

रचना पठाएर  छापिन्छ छापिदैन,कहिले छापिएला ? पर्खिरहनु परेन  । राेप्नु बित्तिकै फल लाग्ने । तुरून्ताका तुरुन्तै लाइक र कमेन्टहरू  ! 

मलाई  पनि याे लत लागेकाे छ । एउटा 'लधुकथा'  पाेष्ट गर्छु ।  तुरून्ताका तुरुन्तै लाइक र कमेन्टहरू  !

लाइक र कमेन्टहरूकाे आधारमा परिमार्जन गरेर अन्तिम टुङ्गाे लगाउने गर्दछु ।

 पहिलाे कमेन्ट  -  'याे संस्मरण भाे, लघुकथा भएन ।'नाम नचलेकाे तर आँठ दसवटा किताब प्रकाशन गरि सकेका भए पनि स्थापित हुन नसकेका मजस्तै  लेखककाे टिप्पणि  । 

अर्काे कमेन्ट  -  'कति मीठाे संस्मरण, बधाई ! ' नाम चलेकाे स्थापित लेखककाे टिप्पणि ।

 पहिलाे टिप्पणिले मलाई  जङ चलाएकाे हुन्छ - बढि जान्ने ! अर्काे टिप्पणिकाे अर्थ पनि  पहिलाे टिप्पणिकै जस्ताे छ तर शालीनतासाथ प्रस्तुत गरिएकाेले मिठासपूर्ण छ ।

यी टिप्पणिहरूबाट म शिक्षा पाउछु - शालीन प्रस्तुति र प्रस्तुतिकरण जीवनमा  सफलताकाे जग रहेछ !


२०७७ जेठ २३, लकडाउन

 

 

 

 


सरण राईको परिचय


सरणको साहित्य हेर्न --
 
कविता     ..
http://saranr.blogspot.com/

कथा   ..   
http://kathaasansar.blogspot.com/

निबन्ध    .. 
http://saraneassay.blogspot.com/

उपन्यास ..   
http://saran-r.blogspot.com/


सरणको कृतिहरु र विवेचना..

http://saranbooks.blogspot.com/

फेस्बुके साहित्य..
http://facebooklit.blogspot.com/

आज मलाई मन पर्यो ..
http://likedtoday.blogspot.com/


सरण राईको पेज  LIKE गर्नुहोस् -   
https://www.facebook.com/SaranRaisaranaRai?ref=hl

 

सरण राईको परिचय



नाम - सरण राई   (पुरा नाम -सरणकुमार राई )
सेवा निवृत सह प्राध्यापक (त्रि. वि. )
 जन्म स्थान -छिनामखु , भोजपुर 
जन्म मिती - २००४ चैत २४  सोमबार 
शिक्षा  - एम . ए.
ठेगाना - धरान , १९/१३९ , नेपाल 

 



प्रकाशित  पुस्तकहरु -
१.  केहि कथा (कथा सङ्ग्रह )--२०३९ (हाल  बजारमा उपलब्ध छैन )
२.साथी  (निबन्ध सङ्ग्रह )-२०६४ ...मुल्य १०५/-
३.मानव संसार (उपन्यास )-२०६५ ...मुल्य३०० /-
४. अन्तिम स्वीकारोक्ति (कथा सङ्ग्रह )- २०६६  साझा प्रकाशनबाट प्रकाशित ...मुल्य १५०/-
५ . ओइलिने फूल (कविता  सङ्ग्रह)  .मुल्य ५०/-
६ .'.उडान युवा मनको'   इन्टरनेटमा मात्र प्रकाशित पहिलो नेपाली उपन्यास     http://saran-rai.blogspot.com/  
७ .अन्तिम आयाम  (कथा सङ्ग्रह )  पाँचपोखरी प्रकाशन गृह, न्युरोड ( फोन- ०१ ४२२१६३४ ,०१ ४२२३५७५ )
८ .नाैरङ्गी ( एक सय एक लघुकथा सङ्ग्रह )  पाँचपोखरी प्रकाशन गृह, न्युरोड ( फोन- ०१ ४२२१६३४ ,०१ ४२२३५७५ )
 
 

 


 
पुरस्कारः—
(१) राष्ट्रिय शिक्षा पुरस्कार (२०४७)
 (२) त्रि.वि. दिर्घ सेवा पदक (२०५८) 

(३) भानु रचना पुरस्कार  (२०७१ ),भानु वर्ष ५१, अङ्क १७८  मा प्रकाशित कथा 'आमाको मन ' का लागि
सम्मान अभिनन्दन


(१) नेपाल प्राध्यापक संघ, महेन्द्र ब. क्याम्पस एकाइ समिति, धरान (२०६३ं)
(२) त्रि.वि. प्राध्यापक संघ, महेन्द्र ब. क्याम्पस एकाइ समिति, धरान (२०६४)
(३)कवि बिमल गुरुङ स्मृति पुस्तकालय (२०६६)
(४) नेपाल बुद्धिजीवी परिषद, सुनसरी (२०६६)
 (५) नेपाल प्रगतिशील प्राध्यापक संघ, पूर्वाञ्चल  (२०६६)
(६)सुनसरी साहित्य परिषद (२०६७)
(७) लक्ष्मी वाचनालय , धरान (२०६८)
 (८)जनसाहित्यिक मञ्च, नेपाल (२०६८)
(९) किरात राई पत्रकार संघ, सुनसरी जिल्ला समिति (२०६८)
(१०)प्रबोध, मासिक पत्रिका (२०६८)
 (११)प्रगतिशील लेखक संघ नेपाल ,सुनसरी शाखा (२०६९)
( १२)पीण्डेश्वर बिद्यापीठ, धरान (२०६९)
(१३) श्यामराज दुब्देङहाङ्ग राई स्मृति प्रतिष्ठान, किरात व्याक्तित्व सम्मान (२०६९)
 (१४) समिट उच्च मा. वि., धरान (२०७०)

(१५ )धरान साहित्य महोत्सव समारोह समिति - २०७१ 
(१६) कवि शिरोमणि साहित्य-साधना समाज . धरान (२०७१ )



सरण राई   (पुरा नाम -सरणकुमार राई ),धरान , १९/१३९

Email--   raisaran50@gmail.com 
फोन. न. +९७७ २५ ५२०७४२ 
मोबाइल -+९७७  ९८४२०५५२६२ 

(दृष्टिकोण) नयाँ साहित्य

(दृष्टिकोण) नयाँ साहित्य




सरण राई

जहिले पनि नयाँ, कहिल्यै पुरानो नहुने ‘नयाँ’ हो । हरेक युग नयाँको खोजी र प्राप्तिमा सार्थक भएको छ । नयाँनयाँप्राप्ति उद्देश्य भएको छ । नयाँ ब्रम्हाण्ड, नयाँ विश्व, नयाँ समाज नयाँ साहित्य र नयाँ ज्ञानको खोजीले मानव प्रगति भएको छ ।
नेपालको सन्दर्भमा पनि नयाँको खोजी निरन्तर भइरहेको थियो र भइरहेको छ । ‘नयाँ नेपाल’को सपना कति पटक बाँडियो, पूरा भएन भनि साध्य छैन । तापनि ‘नयाँ नेपाल’को चाहना सकिएको छैन । ‘नयाँ नेपाल’को अनुकूल हुने साहित्य ‘नयाँ साहित्य’ हो ।
अहिलेसम्म नेपालमा लेखिएका ८० % साहित्य पुरानो परम्परा, पुरानो नेपाल एवं पुरानो सामन्ती मान्यता र सोचमा आधारित रहेर लेखिएका छन् । ती साहित्यको पुनर्मूल्याङ्कन हुन थालेको छ । समयले छाडिसकेका पुराना, थोत्राहरू स्वतः मिल्किने तुरिने अवस्थामा छन् । त्यसलाई अनेकौँ नयाँ जामा भिराए पनि नयाँ विकासको बाधक मात्र बन्ने ती थोत्रा, पुरानाहरू मृत अवस्थामा छन् ।अब तिनीहरूको धङधङीमा नेपाली साहित्य जीवन्त हुन नसक्ने भएकाले ‘नयाँ साहित्य’ लेखनको आवश्यकता भएको छ ।
नेपाली साहित्यले विश्वमा आपूmलाई चिनाउन र नयाँ सभ्यता, सर्वप्रिय विकास र उन्नत जीवन पद्धत्ति अनुकूल पार्न पनि नयाँ बन्नु पर्ने भएको छ । नयाँ वैज्ञानिक सोच, मान्यता एवं सभ्यता अनुकूल ‘नयाँ साहित्य’ लेखिनु जरुरी भएको छ । जुन नेपाली ‘नयाँ साहित्य’ले समस्त नेपालीहरू जो नेपाली भएर बाँच्न चाहन्छन् सबैलाई समेट्छ । उनीहरूको अनुभूति, वेदना , पीडा, इच्छा र आकाङ्क्षा ‘नयाँ साहित्य’मा व्यक्त हुन्छ र उनीहरूलाई नयाँ नेपालतर्पm साथै नयाँ विश्वतर्पm मार्ग निर्देशन गर्दछ ।
नेपाल पनि विश्वमा पृथक भएर एक्लै बेग्लै बस्न नसक्ने हुँदा विश्व सभ्यता र विकासमा नेपालले पनि सहभागिता र साझेदारी राख्छ । त्यस्तै प्रकारले नेपाली ‘नयाँ साहित्य’ले विश्व साहित्यकै अभिन्न अङ्गको रूपमा विश्व शान्ति, आधुनिक मानवियता, सभ्यता, संस्कार र विकासमा सहभागिता राख्दै महत्वपूर्ण योगदान गरेर आफ्नो भूमिका निर्वाह गर्दछ ।
अनुभूतिको जुनसुकै क्षेत्रमा नयाँ अनुभूत गराउने साहित्य ‘नयाँ साहित्य’ हो । नयाँ साहित्य नयाँ नेपालको साझा र सर्वप्रिय साहित्य भएकोले यो सबैलाई उत्तिकै प्रिय हुन्छ । यो नेपाली ‘नयाँ साहित्य’ विश्वमा नेपालको नयाँ परिचय–चिनारी हुनेछ ।
(२०७० वैशाख १२, धरान )
  • Shailendra Thapa  'सबैको सोच यसतर्फ अभिप्रेरित होस'
    Narahari Sampang Rai  ' एउटा महान साहित्य र बिचार'