लघु कथा
मिलाप
सरण राई
“हेर्नुहोस्,रामकुमारजी , तपाईँविरुद्ध कार्यकर्ताहरूले केन्द्रीय कार्यालयमा उजुरी दिएका छन् । जिल्ला समितिको आम्दानिको हिसाबमा लाखौँ रुपियाको गोलमाल गर्नु भएको छ रे । दुई हप्ताभित्र स्पष्ट हिसाब बुझाउनु होला, नबुझाएमा पार्टिले तपाईँलाई कडा कारवाही गर्नेछ ।” केन्द्रीय नेताज्यूले रामकुमारलाई हप्काउदै नसिहत दिए ।
नेताले केही वर्षभित्रै अतुल सम्पत्ति कमाएका थिए । राजधानीमा ठूला घर बनाएका थिए । ‘पजेरो’ किनेका थिए । ‘आफू चाहीँ खाएर अघायो, अझै खाईरहेछ । अरुलाई नखानु भन्ने उपदेश दिने पाजी रहेछ ।’ भन्ने रामकुमारले मनमनै सोच्यो । अरु कार्यकर्ताहरूको अगाडि हप्काएकोमा उसलाई जङ चल्यो अनि कराएर भन्यो, “तपाईँको सब कइरन मलाई थाहा छ । कसरी घर बनाउनु भयो ? छोरालाई कसरी विदेश पढ्न पठाउनु भयो ? अरु के के गर्नु भयो ? दुनियाको सामु बेलिबिस्तार लाउनै पर्ने भयो ?”
यो सुनेर नेताज्यू ठण्डा भए र उसलाई सम्झाउदै भने, “रामकुमारजी, शान्त, शान्त । उता एकान्तमा जाऊँ, म कुरा बुझाउँछु ।”
नेताज्यू र रामकुमार एकान्तमा केही बेर बसे । के के कुरा भयो ? नेताज्यूले उसलाई कस्तो उपदेश दियो ? दुवैजना प्रसन्न भएर फर्किए ।
त्यसपछिका दिनहरूमा उनीहरू बीच अनौठो मेलमिलाप देखियो ।
२०७२ साउन १५ सुकेधारा
Leo Tolstoy 1897Tolstoy at age 20, 1848Tolstoy's wife Sophia and their daughter Alexandra

Tolstoy in May, 1908, four months before his 80th birthday (photographed at Yasnaya Polyana by Sergey Prokudin-Gorsky; the first colour photograph taken in Russia).
|
|
Born | Lev Nikolayevich Tolstoy September 9, 1828 Yasnaya Polyana, Russian Empire |
---|---|
Died | November 20, 1910 (aged 82) Astapovo, Russian Empire |
Occupation | Novelist, short story writer, playwright, essayist |
Language | Russian, French |
Nationality | Russian |
Period | 1852–1910 |
Notable works | War and Peace Anna Karenina A Confession The Kingdom of God Is Within You Resurrection |
Spouse | Sophia Tolstaya |
Children | 14 |
Signature |
Add caption |
No comments:
Post a Comment