(लघुकथा)
नक्सा निकाल्याे
सरण राई
उसकाे खेतबारी छेउकाे अलिकति जग्गा छिमेकीलाई अस्थाइ रूपमा चास्न दिएकाेमा
आली सिमाना नै सारेर त्याे जग्गा मेराे हाे भन्दै हेपाहाले डरधाक देखाएर
खाने दाउ गरिरहेछ ।
सबै अरूहरू पनि जाली फटाहाले दिएका दु:खबाट आजित भई लड्न तयार हुन थालेका हुन्छन् ।
"उसले नक्सा निकाल्याे !"
सब खुशी हुन्छन् ।
"उसले नक्सा निकाल्याे !"
हेपाहा जाली फटाहाको सातो जान्छ ! कतै तर्साउन सकिएला कि ...फटाहा हेपाहाले त्याे जमिनमा लठैतहरू तैनाथ गर्छ । थर्काएर धम्काएर थिज्ने मिच्ने नियत !
फरूवाले नक्सा अनुसार सिमाना मिलाउन थालेपछि सब गाउँलेहरूले साथ दिन्छन् ।
फरूवा - परि आए त्यो नै हतियार ! अरु बेला खेतीको जीविकाको साधन ! किसान - देशका निम्ती सिपाही पनि !
लठैतहरू आइलागे सबै घरका एकजुट भएर फरूवाले नै दनक दिने किसानकाे तयारी हुन्छ ।
याे जमाना अन्याय अत्याचारकाे जमाना हाेइन । सत्य र न्यायकाे पक्षमा सब गाउँलेहरू लाग्छन् ।
भतुवा बाेल्छ "नक्सा साेधेर निकाल्नु पर्थ्याे ।" पहिलाे चडकन भतुवाकाे गालामा...सुइकुच्चा कुलेलम ठाेक्छ भतुवाले । सत्यकाे पहिलाे जित !
भतुवा भागेपछि हेपाहा जाली फटाहाको लठैतहरू धाेती छेर्दै भाग्छन् ... !
🔴
२०७७ जेठ १२, लकडाउन
🔥🌹🔥

Portrait of O. Henry, by W. M. Vanderweyde, 1909
|
|
Born | William Sidney Porter September 11, 1862 Greensboro, North Carolina |
---|---|
Died | June 5, 1910 (aged 47) New York City, New York |
Pen name | O. Henry, Olivier Henry, Oliver Henry[1] |
Occupation | Writer |
Nationality | American |
No comments:
Post a Comment