Monday, November 26, 2018

१२९.गुण

(माेबाईल लघुकथा)
गुण

सरण राई

एकलासे बाटाेमा कुकुरहरूकाे भुकाइ टाेकाइका हल्लीखल्ली र खैलाबैलाले त्यतातिर मेराे ध्यान आकृष्ट हुन्छ ।
एउटा कुकुर हिलाेमा भासिएकाे अवस्थामा पाँच छ वटा कुकुरहरूले घेरेर टाेकिरहेका छन्, चिथाेरीरहेका छन् । एक्लाे कुकुर असहाय छ, अरु कुकुरहरूले त्यसकाे ज्यान लिनै लागेकाे देखेर म लाैराेले हिर्काउदै अन्य कुकुरहरूलाई लखेट्छु ।
कुकुर घाइते भएकाे छ र शरीरकाे केही भागबाट रगत पनि बगिरहेकाे छ । हिलाेमा भासिएकाेले निस्कन सक्तैन । तानेर निकाल्छु ।
यति गरिसकेपछि म आफ्नाे बाटाे लाग्छु । कुकुर कातर भावकासाथ मलाई  केहीबेर पछ्याउछ । अन्य कुकुरहरू भागिसकेका थिए । सुरक्षित महसुस हुनासाथ त्याे कुकुर कृतज्ञताका लागि मतर्फ पुच्छर हल्लाउदै आफ्नाे बाटाे लाग्छ ।
कुनै कुनै समय म त्याे बाटाे हिड्ने गर्छु । त्याे कुकुर मलाइ देख्नासाथ पुच्छर हल्लाउदै मेराे छेउमा आएर लुटुपुटु गर्दै भक्तिभाव देखाउछ , कृतज्ञता जाहेर गर्दछ ।
एक साँझ म पल्लाे गाउँ त्यहि बाटाे भएर जानुपर्ने भयाे । बाटाेमा दुई  काेष जति बाघ भालु ब्याँसाे स्याल जस्ता हिंसक जानवरहरू भएकाे डरलाग्दाे जङ्गल थियाे । म एक्लै थिएँ र डराइरहेकाे थिएँ । जानैपर्ने काम थियाे । जङ्गलछेउ त्यहि कुकुर भेटेँ । मलाई पछ्याउन थाल्याे । मैले लखेटेर धपाएँ तर नभागेर त्यसले जङ्गल नकाटुन्जेल मलाई साथ दियाे । सकुशल जङ्गल पार भएकाेमा म खुशी थिएँ । म त्याे कुकुरलाइ आफूसँगै लैजान चाहन्थे तर त्याे जङ्गल पार हुँनासाथ मप्रित फर्केर एक पटक भुक्याे कृतज्ञताकाे भाव प्रकट गर्न । अनि फरक्क जङ्गलकाे बाटाे दगुर्दै फर्कियाे । म हेरेकाे हेरै भएँ केही गर्न नै पाइएन ।
पल्लाे गाउँकाे काम सकेर साथीभाइहरूका साथ म दुइ दिनपछि फर्किएँ । बीच जङ्गलमा सिनु गनाएकाेले चारैतिर हेर्दा के दैख्छु...जङ्गली जानवरहरूले मारेर खाएर छाेडेकाे बिचरा त्याे कुकुरकाे आँधि लाश कुहेर गनाइरहेको !
हाे, गुण भनेकाे एक पटक त हुन्छ ।
बिचरा त्याे कुकुरले मैले लगाएकाे एउटा गुण ज्यान दिएरै तिर्याे !
🔴
२०७६/६/१८ , धरान

नाैरङ्गी

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तकमा पढ्न अनुराेध छ ।
🏵️🌼🌻
***
(छिन्ताङमा हामी दुई )

Wednesday, November 14, 2018

१२८.पाेष र पतन

(माेबाईल लघुकथा)
पाेष र पतन
सरण राई
साेच्तै नसाेचेकाे घटनाहरू जीवनमा घटे । बिद्धार्थीकालमा घरकाे दुःख देशले भाेगिरहेकाे समस्याहरूले पिराेलिएर दर्शन, राजनैतिक सिध्दान्त र असल मानिसहरूकाे जिवनी खुब पढे । त्यसैअनुसार जीवन पध्दत्ति बनाए ।
अध्ययनले प्रखर बाैध्दिकहरूकाे गनणामा पर्न सफल भए । नेता भए, पार्टिमा हालीमुहाली गर्ने शक्तिशाली ! चुनावमा उम्मेदवारकाे टिकट दिने हैसियत भएपछि जित्ने क्षेत्रमा चुनाव लडे । जहिले पनि जितेकाे जितेकै । सांसद, मन्त्री राेजा राेजा पद, छानिछानि सत्ताकाे स्वाद चाखे ।
सत्तामा पुगेपछि जे बाेले नि भएकै छ , जे गरे नि भएकै छ । भिजिलान्ते , अन्धसमर्थक तथाकथित कार्यकर्ता र नागरिक बन्न नसकेकाे अन्धा भेडाे जनताले पछ्याएकै छन् । सम्पत्ति-- छेलाेखेलाे हुने गरि वैध अवैध दुवै तरीकाले थुप्रिएकाे थुप्रिएकै छ ।
पैसा, पद र कृत्रिम प्रतिष्ठाले शारिरीक पाेष लागेकाे लागेकै छ । पाेष लागेपछि उन्माद पाेख्नै पर्ने हुन्छ । सारा संसारभाेग गर्ने लालसामा सिध्दान्तच्युत नहुने भन्ने प्रश्नै रहेन । पूजीकाे चमक दमक रङ्गिन दुनिया ...
मानसिक उन्नयन शून्य, त्याग, बलिदान, जनसेवा र दायित्व निर्वाह भुर्कुट । शारिरीक पाेषले पतनतर्फ डाेराउने नै भयाे । फाेहाेरी राजनीतिकाे कमाल ! फाेहाेरी राजनीतिकाे भास ...
दुर्गन्धै दुर्गन्ध...
देशवासीले फाेहाेरी राजनीतिकाेअबाेधगम्य पीडा , पीलाे र घाउ कहिले सम्म सहने ?
असल राजनीतिकाे प्रारम्भ कहिले हुने ?
पाेष र पतनकाे ब्लाकहाेलले भ्रष्टाचारी, पाखण्डि र देशलुटुवाहरूलाई निल्न थालेकाे छ । त्याे नेता पनि ब्लाकहाेलमा खसेकाे छ ।
र,असल राजनीतिकाे प्रारम्भ हुन थालेकाे आभास मात्र पनि कति शुखकर छ !
🔴
https://chhinaamakhu.blogspot.com/2018/11/blog-post_14.html
२०७६ अशोज २०, धरान
☯️☯️🌹🙏🌹☯️☯️

नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तकमा पढ्नुहुन अनुराेध छ ।
२०७५कात्तिक २७-२८

14 hours ago
'म्याग्दीको धौलागिरि गाउँपालिका–७ मच्छीमबाट देखिएको चुरेन हिमालको मनोरम दृश्य ।' तस्बिर : कमल खत्री

Monday, November 5, 2018

१२६.नेता

(फेसबुके ) लघु कथा
नेता

सरण राई

भिखारी सिकिस्त बिरामिजस्तो देखिन्छ | अहिले नै मरिहाल्ला जस्तो |
मानिसहरुको मनमा त्यसलाई देखेर अग्घोर माया दया पलाउछ र त्यसको अगाडी रहेको भिखारी टोकरीमा धेरै रुपिया नगद भिख दिन्छन् | एउटा धनि मानिसले त्यहाँ नोटको गड्डी नै राख्छ |
त्यो हजार हजारको गड्डी देख्दा सर्वसाधारण बटुवाहरुलाई पनि लोभ लाग्छ , तर धर्म , नैतिकता र इज्जतको ड़रले त्यो गड्डी हेरेर थुक मात्र निलेर जान्छन् |
त्यस्तैमा झोला भिरेको एउटा मानिसले कतै नहेरी त्यो नोटको गड्डी टिपेर झोलामा राख्छ र मानिसहरुको वास्तै नगरी फटाफट हिड्छ | तर भिखारी मध्येकै एउटा भिखारीले कुद्दै गएर त्यस मानिसलाई कठालोमा समात्छ तर तुरुन्तै छाडी दिन्छ |
त्यतिबेला त्यो भिखारीले भनेको कुरा सबै भिखारीहरूले सुन्छन र जोडले सबै हाँस्छन् - " अहो यो त नेता पो रहेछ ,हामीभन्दा पनि ठुलो भिखारी जो जसरी पनि आफ्नो झोला मात्र भर्न जान्दछ !"
(तर नेतालाई भने पीर परीरहेको हुन्छ 'कतै त्यो गद्दीको नोटहरू नक्कली त होइनन् !')
 *
२०७०-७-२४ ,धरान

***
नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तक पढ्नुहुन अनुराेध छ ।





...



१२५.भाेट र कटुस

(लघुकथा)
भाेट र कटुस

सरण राई

जाडाे याममा घाम ताप्नु,त्यसमाथि कटुस खाँदै कुरा गर्नु आ'नन्ददायी हुन्छ नै ।
'उप निर्वाचनमा भाेट कल्लाई दिने ?'
'सबैभन्दा फटाहालाई दिने नि ।किन झुक्किनु . सधैं सबैभन्दा फटाहालाई दिई राखेकै छौं ।'
'फटाहा कसरी चिन्ने?'
'यी कटुसमध्ये एउटा छान्नुहाेस् ।'
उनले ठूलाे र हेर्दा राम्राे देखिने एउटा कटुस छानेर हातमा लिए ।
मैले भनेँ --'यस्ताे व्यवस्थामा राम्राे इमानदार मान्छेले दलहरूकाे टिकट नै पाउदैन । बेइमानी गरेर कमाएकाे पैसाले टिकट किन्नु पर्छ ,चुनाव खर्च बेहाेर्न कालाे धन हुनुपर्छ । र यस्ताे व्यवस्थामा चुनाव जित्न नसक्ने स्वतन्त्रकाे केही अर्थ हुँदैन ।'
'म त सधैं राष्ट्रवादि र इमानदार उम्मेदवारलाइ भाेट दिने गर्छु । विगत चुनावमा पनि मैले भाेट दिएकाे मान्छे प्रधान.... भएका छन् ।' -- उनी भन्छन् ।
उनी कटुस टाेकेर फुटाउछन् । मुखै चेब्राएर थुक्दै भन्छन् -- 'छ्या मैले भाेट दिएर जिताएकाे प्रधान... जस्तै किराले खाएकाे तीताे कटुस... '
थुक्दै भन्छन्-- 'राष्ट्रवादिकाे मुकुण्डाे भिरेका राष्ट्रघाती प्रधान... थुक्क ! कालापानी, लिपुलेक र लिम्पियाधुराले प्रमुख र प्रधान...हरूकाे धाेती खुस्काएपछि देखियाे...
थुक्कराष्ट्रघाती प्रधान... प्रमुखहरू !!!'
🇳🇵
https://chhinaamakhu.blogspot.com/
२०७६।८।८, धरान

नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तक
पढ्नुहुन अनुराेध छ ।
🏵️🌼🌻🔴
पढ्नुहुन अनुराेध छ ।
🏵️🌼🌻🔴
२०७५ कार्तिक १९ , विशाल चौक

Saturday, November 3, 2018

१२४.सय वर्ष पछि धरान

लघुकथा)
सय वर्ष पछि धरान सरण राई
बाहिर बरण्डाबाट देख्छु साघुरी, भेडेटार र हामी बसेकाे काेठा झन्डैझन्डै हाराहारी एकै सतहमा पाे रहेछ , लिफ्टबाट चढ्दा यादै गरेकाे थिइनँ ।
अहिले हामी एउटा अनुसन्धानमा काम गरिरहेका छाैँ -- कसरी मानिसकाे आयु बढाएर बाँचुन्जेल तन्नेरी नै बनाइराख्न सकिन्छ ?
''अहा, के सुन्दर धरान !'' उनी भन्छन् ।
''हाे, हाे !'' सबै भन्छन् ।
पत्रकारकाे झुण्ड सधैं हाम्रा पछि लागिरहेका हुन्छन् । हाम्राे कामकाे प्रगति विश्व जान्न आतुर छ ।
''तपाईंहरू सफल बन्नु हाेला ?'' पत्रकार सोध्छ ।
''केही अंशमा सफल भइसकेका छाैँ ।याे सफलता मानवजातिकाे महान् सफलता हुने छ।'' टाेलीनेता पूरा बिश्वाससाथ जवाफ दिन्छन् ।
हाम्राे तस्वीरसहितकाे खबर तुरून्तै विश्वभर पुग्छ । हाम्राे काम पूरा सफल भएपछि त्याे देशकाे नयाँ ठूलाे आयस्राेत हुने भएकैले देशले पनि ठूलाे धनराषी लगानी गरेकाे छ । हामी ५०९ जनाकाे टाेली अहिले धरान आएका छाैँ । यहाँ हामी याे अनुसन्धानलाइ पूरा गर्ने छाैँ । यहाँ आएकाे बेला धरानकाे पुरै दृश्यावलाेकन गर्न हामी बरण्डामा उभिएका छाैँ ।
हामी उभिएकाे जस्ताे ९९तलाअग्ला ५५०००जना मानिस बस्न सक्ने १५०वटा जति गगनचुम्बी भवनहरूले धरानकाे कुल क्षेत्रफलकाे एक तिहाइ जमिन ओकटेका रहेछन् । बाँकि जमिन तमाेर नदीबाट भूमिगत सुरूङबाट ल्याइएकाे पानीले निर्माण गरिएकाे ताल पाेखरी बनजङ्गल बगैचा हरियालीयुक्त वातावरण, मनै लाेभ्याउने !
शिक्षा स्वास्थ निशुल्क भएकाले सब मानिस इमानदार र कर्तव्यनिष्ट छन् । सिमानामा काँडेतार लगाइएकाेले छिमेकी देशबाट चाेर लुटेरा आउन नसक्ने, सिमाना मिचिन नपाउने हुँदा देशभित्र शान्ति, सुरक्षा र जीवनअनुकुल परिवेश छ । देश आत्मनिर्भर मात्र हाेइन, विश्वकै उदाहरणिय बन्न पुगेकाे छ। सर्वाेच्च चाेमाेलुङमाझै प्रति व्यक्ति आय सर्वाेच्च भएकाे छ साथै विश्वकाे शक्तिसाली मुलुक र बैज्ञानिक आविष्कार गर्ने र बिध्द्वान जन्माउने मुलुक भएकाे छ ।
हामी माेबाइलमा धरानबारे हेरेर सबै जानकारी पाउछाैँ । धरान मुलुककाे सुन्दर रमणीय सहर रहेछ । धरानका आसपास रहेका १०० वर्ष पहिलाका जस्ता साना साना घरहरू विश्वकै उत्कृष्ट र मँहगा रिसाेर्ट रहेछन् ।
''अहा, सय वर्ष पछिकाे धरान !''अचानक मेराे मुखबाट निस्कन्छ !
''अहा, सय वर्ष पछिकाे नेपाल !'' अरूकाे मुखबाट पनि निस्कन्छ !
🇳🇵
https://chhinaamakhu.blogspot.com/2018/11/blog-post_63.html
२०७६।८।११, धरान
नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह
पुस्तक पढ्नुहुन अनुराेध छ ।
🏵️🌼🌻🔴


 



१२३.उनकाे पार्टी

(माेबाइल लघुकथा= माेबाइलमा नै लेखिने र केही मिनटमा माेबाइलमा नै पढ्न सकिने र पढिने लघुकथा)



(माेबाइल लघुकथा)
उनकाे पार्टी

सरण राई

बहुदलकाे लागि हाम्राे र उनीहरूकाे पार्टि मिलेर संयुक्त अान्दाेलन गर्याे । बहुदलीय व्यवस्था प्राप्त भयाे ।
बहुदल प्राप्तिपछि हाम्राे र उनीहरूका पार्टी सत्ता पक्ष र प्रति पक्ष भए । कुकुर र बिरालाे जस्ताे । देशकाे हितका लागि कहिल्यै राष्ट्रिय सहमति मेल भएन ।
तर हाम्राे र उनीहरुका पार्टीका नेताहरू भने राष्ट्रिय सम्पत्ति मिली मिली खान थाले ।
अाश्चर्यजनक रूपमा दरबार हत्याकाण्ड पछि गणतन्त्र अायाे । गणतन्त्रअाएपछि हाम्राे र उनीहरूका पार्टी हाम्राे र उनीहरूका पार्टी रहेन । नेताहरू नयाँ राजा भए र पार्टी उनका पेवा, उनका हलि गाेठाला र नाेकरहरूका पार्टी भयाे ।
हामीले रगत बगाएर प्राप्त गरेकाे व्यवस्था पनि हाम्राे भएन । कमसल नेताहरूकाे माेज र भाेज खाने कुव्यवस्था भयाे ।
अब असल मान्छे नागरिक भएर स्वइच्छा र सम्मानसाथ बाँच्ने हाे भने उनका पार्टी छाेडेर नयाँ साेचका साथ स्वातन्त्र हुनु पर्दछ ।
स्वातन्त्र बुध्दिजिवीकाे उपराेक्त कथनकाे नयाँ राजा भएका नेताकाे पेवा, उनका हलि गाेठाला र नाेकरहरूका पार्टीका भिजीलान्टेहरूले जति नै बिराेध गरे पनि त्याे कथन सत्य सावित हुँदै छ ।
कमसल नेताकाे पार्टी असल कार्यकर्ताले छाेड्न थालेका छन् । जनताकाे असल पार्टी निर्माणमा जुट्न थालेका छन् ।
https://chhinaamakhu.blogspot.com/
२०७६/३/२२,धरान

https://youtu.be/wYyGey-SicA
https://youtu.be/8UqSOl2aEis

नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तक पढ्नुहुन अनुराेध छ ।


😍