(माेबाईल लघुकथा)
गुण
सरण राई
गुण
सरण राई
एकलासे बाटाेमा कुकुरहरूकाे भुकाइ टाेकाइका हल्लीखल्ली र खैलाबैलाले त्यतातिर मेराे ध्यान आकृष्ट हुन्छ ।
एउटा कुकुर हिलाेमा भासिएकाे अवस्थामा पाँच छ वटा कुकुरहरूले घेरेर टाेकिरहेका छन्, चिथाेरीरहेका छन् । एक्लाे कुकुर असहाय छ, अरु कुकुरहरूले त्यसकाे ज्यान लिनै लागेकाे देखेर म लाैराेले हिर्काउदै अन्य कुकुरहरूलाई लखेट्छु ।
कुकुर घाइते भएकाे छ र शरीरकाे केही भागबाट रगत पनि बगिरहेकाे छ । हिलाेमा भासिएकाेले निस्कन सक्तैन । तानेर निकाल्छु ।
यति गरिसकेपछि म आफ्नाे बाटाे लाग्छु । कुकुर कातर भावकासाथ मलाई केहीबेर पछ्याउछ । अन्य कुकुरहरू भागिसकेका थिए । सुरक्षित महसुस हुनासाथ त्याे कुकुर कृतज्ञताका लागि मतर्फ पुच्छर हल्लाउदै आफ्नाे बाटाे लाग्छ ।
कुनै कुनै समय म त्याे बाटाे हिड्ने गर्छु । त्याे कुकुर मलाइ देख्नासाथ पुच्छर हल्लाउदै मेराे छेउमा आएर लुटुपुटु गर्दै भक्तिभाव देखाउछ , कृतज्ञता जाहेर गर्दछ ।
एक साँझ म पल्लाे गाउँ त्यहि बाटाे भएर जानुपर्ने भयाे । बाटाेमा दुई काेष जति बाघ भालु ब्याँसाे स्याल जस्ता हिंसक जानवरहरू भएकाे डरलाग्दाे जङ्गल थियाे । म एक्लै थिएँ र डराइरहेकाे थिएँ । जानैपर्ने काम थियाे । जङ्गलछेउ त्यहि कुकुर भेटेँ । मलाई पछ्याउन थाल्याे । मैले लखेटेर धपाएँ तर नभागेर त्यसले जङ्गल नकाटुन्जेल मलाई साथ दियाे । सकुशल जङ्गल पार भएकाेमा म खुशी थिएँ । म त्याे कुकुरलाइ आफूसँगै लैजान चाहन्थे तर त्याे जङ्गल पार हुँनासाथ मप्रित फर्केर एक पटक भुक्याे कृतज्ञताकाे भाव प्रकट गर्न । अनि फरक्क जङ्गलकाे बाटाे दगुर्दै फर्कियाे । म हेरेकाे हेरै भएँ केही गर्न नै पाइएन ।
पल्लाे गाउँकाे काम सकेर साथीभाइहरूका साथ म दुइ दिनपछि फर्किएँ । बीच जङ्गलमा सिनु गनाएकाेले चारैतिर हेर्दा के दैख्छु...जङ्गली जानवरहरूले मारेर खाएर छाेडेकाे बिचरा त्याे कुकुरकाे आँधि लाश कुहेर गनाइरहेको !
हाे, गुण भनेकाे एक पटक त हुन्छ ।
बिचरा त्याे कुकुरले मैले लगाएकाे एउटा गुण ज्यान दिएरै तिर्याे !
🔴
२०७६/६/१८ , धरान

No comments:
Post a Comment