Wednesday, August 30, 2023

मायाप्रेम

 

(लघुकथा)
मायाप्रेम
 
सरण राई

 
नातिनीले क्यानाडा गएकी १५ दिनपछि भिडिओ कल गरीन् । "हाेमसिक नहुनु" भनेँ । सबैसित हेराहेर गर्दै कुरा गरीन् ।
यसै बेला हिउँजस्तै सेताे बेलायती छाउराे जसलाई तिनले नै हुर्काएकी र "स्नाे" नाम राखेकी कुकुरलाई पनि देखाएँ । तिनले स्नाे भनेर बाेलाइन् । बिचरा स्नाेले आफुलाई अति मायाप्रेम गर्ने नातिनीले बाेलाएकाे स्पष्ट सुनी ।
खुसीले उफ्री, भुकि । ध्राणशक्ति प्रयाेग गर्दै प्यारी नातिनीलाई खाेजी । झ्याल ढाेकाबाट चियाई । मायाप्रेमले विव्हल स्नाेले निकै बेर नातिनीलाई खाेजिरही ।
अन्तमा नातिनीलाई नभेट्दा तीनछक्क परेपनि नातिनीकाे मायालु आवाज स्नाेकाे हृदयमा गुञ्जीरह्याे ... !
 
 २०८० भदाै १३, धरान
💘