Friday, August 12, 2016

४८.(लघुकथा) छवि

(लघुकथा)
     छवि

सरण राई

निकै वर्ष सँगसँगै काम गरेको साथीको मृत्युमा  म पनि मलामि जान्छु ।
चितामा उनको लास राखिन्छ । उनको सुन्दर अनुहार रोग, बुढेसकाल र ढाँट बानीले कुरूप बनाएको छ । त्यसमाथी उनको किच्च निस्किएको दाँतले गर्दा लास घिनलाग्दो देखिएको छ । लास एकै क्षणमा डढेर सकिने छ | उनको किच्च दाँत देख्दा मलाई लाग्छ ङिच्च परेरै उनी पनि गए ।आखिर...
 मान्छेहरुको मनमा कस्तो  छवि परेको  छ , त्यो पो अर्थपूर्ण हुँदो रहेछ |
 धेरै वर्ष पहिले हामी सँगसँगै काम गर्दा हामी मध्येबाट  एकजना माथिल्लो पदमा छानिने अवस्था थियो । मैले उनलाई सोध्दा “म त्यो पद खान्नँ ” भन्दै मेरो खुट्टा नै छोउलाझैँ गरी उनले कसम खाएका थिए । उनले त्यो पद नखाने भए पछि  मैले नै त्यो पद पाउँछु भन्ने लागेको थियो । अनेक तिकडमहरू बीच पछि उनले नै  त्यो पद खाए । म हिस्स परेँ ।
उनको जलिरहेको चिता हेर्दै नसोचौँ भन्दाभन्दै पनि म सोच्न पुग्छु— “ब्यर्थै ! ब्यर्थै मानिसहरू झुठो, धोकाधडी, फरेब, तिकडम, जालझेल, कपट, बेइमानी, षडयन्त्र, भ्रष्टाचार, चोरी अनेक गर्छन् तर अन्तमा जाँदा.... घृणित भएर जान्छन् !”

२०७३ साउन २४, धरान


Monday, August 8, 2016

४७..(लघुकथा) पशु र फूल’

 
(लघुकथा)

पशु र फूल

सरण राई

फूल ढकमक्क फुलिरहेकाे थियाे । हेर्नेहरूभन्दा फूल फुलाउने म मक्ख पर्थे । हुन पनि जतनसाथ धेरै स्याहारेर फुलाएकाे थिएँ ।
लकडाउन । काे पाे आउछ र ? नेपाल भारतकाे सिमानाजस्ताे बारबेर ।
हिजाेे बिहानै देख्छु फूलकाे बाेटहरू आँधि आँधि छैनन् । बाेटै नभएपछि फूल हुने कुरै भएन । के भयाे ? पत्तै पाइनँ ।
आज बिहान त फेदैसम्म छैन । मान्छेले काटेर लगे कि ! लकडाउन । कतै जाने हिड्ने कुरा भएन । गुरूरू कुदेर बाखी र पाठापाठीहरू उजाड फूलबारीमा आउँछन ।
अहिले पाे पत्ता लाग्याे फाेहाेरी राजनैतिक छिमेकी नेताकाे करामात । बाख्रा खुल्ला छाेडिदेउ । आफै पेट भर्छ । घाँस हाल्नै परेन ।
पशुलाई फूलकाे साैन्दर्यकाे के माने ? के मतलव ? फूल पात डाँठ चपाएर खायाे, अघायाे । पशु पशु भइहाल्याे । मालिक हैकमवादि, फाेहारी राजनीतिज्ञ !
के फरियाद गर्नु ? प्रमाण माग्छन् । भिडिओ नै खिचेकाेे देखाए पनि नक्कली भन्ने निश्चित छ ।
फाेहाेरी राजनीतिले तानासाह र सन्कि जन्माउछ । मान्छेलाइ मान्छे मान्दैन । मान्छे मरून् मतलव हुँदैन । तानासाह र सन्किहरू मान्छे बचाउने कार्यमा सरिक हुँदैनन् ।
पवित्र कञ्चन असल राजनीति नभएसम्म फाेहाेरी राजनीतिकै हालीमुहाली...
फाेहाेरी राजनीति ! याे काेराेना कहरकाे समय !!
सर्वसाधारणा आममान्छे र सरकारको सम्बन्ध ... बाख्रा याने पशु र फूलको सम्बन्ध !!!

🔴
२०७७ वैशाख १३, धरान
🔥☯️🔥

(तस्वीरमा  स्व.माइला मामा  श्रीबहादुर राई, मामा  टिकुमान राई,  कान्छा मामा  दानबहादुर राई, कान्छी माइजु, जेठी माइजु मदनलछि राई,  म , आमा शिवमाया  राई, बहिनी शुदेश राई  बोहोरा र स्व. पत्नी लक्ष्मी राई)

Yellow-billed oxpeckers (Buphagus africanus africanus) on zebra.jpg
Yellow-billed oxpeckers (Buphagus africanus africanus) on zebra, Senegal

  

Tuesday, August 2, 2016

४५.(लघुकथा) पाेखरी

(लघुकथा)

पाेखरी

सरण राई

पाेखरी कि समुद्र ?
संसारभरि नै यस्ता फाेहाेरी राजनीतिकाे पाेखरीहरू छन् । संसारकाे कुराभन्दा आफ्नै देशकाे आफ्नै स्थानीय स्थानकाे कुरा गराैँ कि ...
के गर्नु र ? कुराकै दु:ख...
तपाईं पनि पाेखरीभित्र डुबेर निस्कनु भएकाे रहेछ । यथास्थिति समर्थक...
हा हा हा ... कस्ताे पाेखरी?
पाेखरी पवित्र हुन्छ । पाेखरी हाेइन आहाल... फाेहाेरी राजनीतिकाे आहालमा जहाँ नडुबी राजनैतिक नियुक्ति , दलकाे सदस्यता, कर्मचारीले बढुवा पाउदैनन् । आहालमा डुबेर निस्कनेहरूले सबै कब्जा गरेका छन् । सत्य र न्यायकाे कुरा ओझेलमा पार्ने भएभरकाे शक्ति लगाउन उद्दत छन् ती मैलिएका फाेहाेरीहरू ...
कुटाइ खानुहाेला, सेना प्रहरी प्रशासन सब त उनीहरूकै पकडमा छ ...
कुटाइ, बुठलाठी जेलनेल भिजिलान्ते अनेक प्रयाेग गरेर पनि तानासाहहरू टिक्ने बल गर्छन् नि । तर तीनीहरू सकिन्छन् नै ...
ती सकिए पछि पनि त्यस्तै त आउछन् नि ...
हाे, ठीक विश्लेषण ! त्यसैले फाेहाेरी राजनीतिकाे आहालै पुर्नु पर्छ । त्याे आहाल पुरिए पछि भ्रष्टाचार , राष्ट्रघात, बेइमानी , झुट छलकपटकाे फाेहाेरी राजनीतिकाे अन्त हुन्छ ।
पवित्र प्रिय सर्वजनहितायकाे कञ्चन राजनीतिले सबैकाे मुहारमा मुस्कान ल्याउँछ ... ल्याउँछ !

🔴🤪🤪
२०७७ वैशाख १८, लकडाउन


🔥☯️🔥बालजित राई ,प्रा.डा. भोलानाथ पोखरेल , सरण राई ,प्रा .डा.टङ्क न्याैपाने, स्यायंप्रकाश शर्मा र ....सर