Thursday, February 25, 2016

२३.(लघु कथा) राहत

(लघु कथा)
राहत
सरण राई
मन्त्री परिषदले हरेक उपभोग्य सामानहरु तेल ,ग्यास , यातायात भाडा,दस्तुर आदिको मुल्य सय प्रतिसतले बढाउने निर्णय गर्यो |
प्रतिपक्ष , दलका भातृ संगठनहरुले नारा जुलुस गर्दै चर्को विरोध गर्न थाले | जनताको स्वतन्त्र जनहितका कुनै संगठन नभएकोले लाचार जनता रमिते मात्र भए | न विरोध न समर्थन |
मन्त्री परिषदको गोप्य बैठकमा प्रतिपक्ष , दलका भातृ संगठनहरु र तथाकथित अगुवाहरुलाई बोलाइयो र प्रधान मन्त्रीले भाउ बढाउनु परेको बारे प्रकाश पारे _" देश विकाश गर्न अर्थको आवश्यकता भएकोले दोब्बर मुल्य बृध्दि गरिएको हो | यस मुल्यबृध्दिबाट प्राप्त हुने लाभबाट दस प्रतिशत मन्त्रीहरुले , दस प्रतिशत प्रतिपक्षका नेताहरुले ,दस प्रतिशत दलका भातृ संगठनहरुले, दस प्रतिशत यो मुल्यबृध्दिको समर्थन गराउन प्रचार प्रसार गर्ने पत्रिकाहरुले साथै अरु थप दस प्रतिसत प्रधान मन्त्रीले पाउने छन् | दस प्रतिसत भैपरी आउने जगेडा कोषमा रहने छ | वर्तमान अवस्थालाई मध्यनजर गरेर तत्कालै चालिस पतिशत मुल्य घटाएर उपभोक्ताहरुलाई राहत प्रदान गरिने छ |"
सबै खुश ! प्रतिपक्ष , दलका भातृ संगठनहरु, मन्त्रीहरु , नेताहरु सबै खुश | जनताको के माने मतलव ?
चालिस प्रतिशतले मुल्य घटाई जनतालाई राहत दिने निर्णयको प्रतिपक्ष , दलका भातृ संगठनहरु र नेताहरुले भव्य स्वागत गरे | यसरी यस्तै राहत जनताले बारम्बार पाई रहे ...|
२०७२ फागुन १४ , सुकेधारा

 सरण राई ,स्व. माया राई (श्रीमती इन्द्रबहादुर राई ),इन्द्रबहादुर राई , सुरेन्द्र लिम्बु , गणेश रसिक

Wednesday, February 17, 2016

२२.(लघु कथा) हार

लघु कथा
हार
सरण राई
त्यो धनमानेले मलाई जिन्दगीमा यति धेरै दुःख दियो कि मेरो जिन्दगी नै नरक भयो । जेल बस्नु प¥यो, स्वास्नी छोराछोरीहरूसँग छुट्टिनु प¥यो । कुकुरले समेत नपाउने दुःख पाइयो, भनि साध्य छैन । त्यसलाई कुटपिट गर्दै अन्तमा त्यसको ज्यान लिने उद्देश्यका साथ खुकुरी, पेस्तोल र विष बोकेर रातको अन्धकारमा म त्यसको घरभित्र सुटुक्क छिरेको छु ।
‘मलाई चिनिस् ? ए बजिया, धन्माने । म आज तलाई मारेर बदला लिन आएको छु, हा..हा..हा..।’ म डरलाग्दो अट्टहास हासो हाँस्दै त्यसको कठालो समात्छु ।
‘अँ..अँ..तँ.. ह् ह..ज्जुर.. काले ..।’
‘अँ, काले होइन तेरो काल , कति दुःख दिइस्, त्यसको बदला लिन आएको..।’
उसको चालढाल र अनुहार नियाल्छु, त्यहाँ कहाँ पहिलाको धनमानको फूर्तीफार्ती र रूपरङ्ग थियो । भिजेको मुसो जस्तो, प्यारालाइसिस भएर राम्ररी उभिन पनि नसक्ने, दुब्लो अहिले नै मरिहाल्छ कि जस्तो ।
उसको त्यस्तो हालत देखेर मैले खुकुरी, पेस्तोल र विष केही पनि निकाल्न परेन । मैले सोचेको थिएँ — विष कि खुकुरी वा पेस्तोल ? कुनै एक रोज्न लगाएर त्यसैद्वारा मार्ने । उसको त्यस्तो अवस्था देखेर म उसको कठालो छाड्छु ।
ऊ डङ्ग्रङ्ग लड्छ, केही हलचल गर्दैन । छाम्छु ऊ त मरिसकेछ ।
बदला लिनका लागि जीवनभर तड्पे । सबै तयारी पूरा गरेर पनि म हारेँ । अन्तिममा पनि उसैले जित्यो !
२०७०चैत १२, बुधबार, धरान

इन्द्रबहादुर राई र सरण राई

Saturday, February 6, 2016

२१.(लघु कथा) तथ्य

(लघु कथा)
 तथ्य
सरण राई
टि. भी.मा महान नेता मन्त्रीको शव यात्रा देखाइदै छ । ति महान् नेता मन्त्री त कति पटक भए भए, गनि साध्य छैन । उनको मृत्यु पनि मन्त्री रहेकै बेला भएकोले शव यात्रा झन् भव्य भएको छ । नेता जाली, भ्रष्टाचारी र फटाहा भएकोले  लोकप्रिय थिएनन् भन्ने सबैलाई थाहा थियो । तर प्रायोजित  शव यात्रा  भव्य बनाइएको थियो ।
 टि. भी.मा देखाइदै गरेको शव यात्राको छायाङ्कन गर्ने टोली प्रमुख म र त्यो दृष्यमा तरतरी आँसु चुहाएर रुने महिलासँग सँगसँगै बसेर हामी टि.भि. मा शव यात्राको दृश्य हेरिरहेका छौँ ।
त्यो शव यात्रामा रुने किनिएका कार्यकर्ताहरू किन रोइरहेका छन् ? थाहा हुने कुरा भयो । नेताहरूजस्तै किनिएका कार्यकर्ताहरू पनि नाटक देखाउन खप्पिस हुन्छन् । अलिकति पैसा र जीवित नेताहरूका निर्देशनका कारण तिनीहरू रोएका हुन् ।
तर म सँगसँगै बसेर टि. भी हेरिरहेकी महिला किन रोइन् ? मलाई तथ्य जान्ने  उत्सुकता जागेकैले यिनलाई खोज्दै आइ पुगेको  हुँ । सोध्छु — ‘‘म तपाईँलाई मेरो आफ्नो जिज्ञासाको लागि मात्र यो सोधिरहेको छु । यो ‘अफ द प्रेस’ हो । तपाईँको जवाफ मबाहेक कसैलाई थाहा हुने छैन ।’’
अनेकौ  कुराहरू गरेर साथै कसम समेत खाएर मैले यी महिलालाई विश्वास दिलाएपछि  तिनले तथ्य खोलिन् — ‘‘मेरो पतिको सरकारी जागिर भ्रष्टाचारको आरोप लागेर धरापमा परेको बेला पतिको सल्लाह अनुसार नै मैले नेता मन्त्रीसँग केही रात बिताएँ । त्यसपछि उनी हाम्रा उध्दारक संरक्षक भए । त्यसो भए पछि उनी मेरा गोप्य पति भए । अनि म रोइरहेकी थिएँ । मेरै सल्लाह मान्ने म जस्तै महिलाहरू धेरै थिए र तिनीहरू पनि मसँगै त्यहाँ रोइरहेका थिए । ’’

२०७२ कात्तिक २८

Charles Dickens

Charles Dickens