(लघु कथा)
तथ्य
सरण राई
टि. भी.मा महान नेता मन्त्रीको शव यात्रा देखाइदै छ । ति महान् नेता मन्त्री त कति पटक भए भए, गनि साध्य छैन । उनको मृत्यु पनि मन्त्री रहेकै बेला भएकोले शव यात्रा झन् भव्य भएको छ । नेता जाली, भ्रष्टाचारी र फटाहा भएकोले लोकप्रिय थिएनन् भन्ने सबैलाई थाहा थियो । तर प्रायोजित शव यात्रा भव्य बनाइएको थियो ।
टि. भी.मा देखाइदै गरेको शव यात्राको छायाङ्कन गर्ने टोली प्रमुख म र त्यो दृष्यमा तरतरी आँसु चुहाएर रुने महिलासँग सँगसँगै बसेर हामी टि.भि. मा शव यात्राको दृश्य हेरिरहेका छौँ ।
त्यो शव यात्रामा रुने किनिएका कार्यकर्ताहरू किन रोइरहेका छन् ? थाहा हुने कुरा भयो । नेताहरूजस्तै किनिएका कार्यकर्ताहरू पनि नाटक देखाउन खप्पिस हुन्छन् । अलिकति पैसा र जीवित नेताहरूका निर्देशनका कारण तिनीहरू रोएका हुन् ।
तर म सँगसँगै बसेर टि. भी हेरिरहेकी महिला किन रोइन् ? मलाई तथ्य जान्ने उत्सुकता जागेकैले यिनलाई खोज्दै आइ पुगेको हुँ । सोध्छु — ‘‘म तपाईँलाई मेरो आफ्नो जिज्ञासाको लागि मात्र यो सोधिरहेको छु । यो ‘अफ द प्रेस’ हो । तपाईँको जवाफ मबाहेक कसैलाई थाहा हुने छैन ।’’
अनेकौ कुराहरू गरेर साथै कसम समेत खाएर मैले यी महिलालाई विश्वास दिलाएपछि तिनले तथ्य खोलिन् — ‘‘मेरो पतिको सरकारी जागिर भ्रष्टाचारको आरोप लागेर धरापमा परेको बेला पतिको सल्लाह अनुसार नै मैले नेता मन्त्रीसँग केही रात बिताएँ । त्यसपछि उनी हाम्रा उध्दारक संरक्षक भए । त्यसो भए पछि उनी मेरा गोप्य पति भए । अनि म रोइरहेकी थिएँ । मेरै सल्लाह मान्ने म जस्तै महिलाहरू धेरै थिए र तिनीहरू पनि मसँगै त्यहाँ रोइरहेका थिए । ’’
२०७२ कात्तिक २८

No comments:
Post a Comment