(लघुकथा)
पहिलाे चाेट
सरण राई
बखते बिहानै गाउँ आउनेजाने एकमात्र डुङ्गा तर्ने घाट पुगेकाे थियाे । धेरै बेर आफूलाई भन्दा बढि माया गरेकाे उजेलीलाई पर्खियाे । माझीले "उजेली त हिजाे नै लाहुरेसँग गईसकी" भनेकाे सुन्दा उसकाे हृदयमा पहिलाे चाेट परेकाे थियाे ।
ऊ रूदैँ फर्किरहेकाे बेला उजेलीकाे बहिनी जुनेलीले भनि -- "दिदीले भन्नु भनेकाेले भनिरहेकाे छु, दिदी र तपाईं सँगसँगै उठबस हिँडडुल गरे पनि तपाईंहरूकाे मिलन सम्भव छैन । केटिमान्छे छिट्टै ठूलाे हुने भएकाले केटिमान्छेलाई सहारा दिन सक्ने आफूभन्दा उमेर अनुभव आदिले परिपक्व पति चाहिन्छ । तपाईंलाई दिदी सुखी र खुशी देख्न चाहनुहुन्थ्याे , हतास निराश नभई सक्रियता, संयम र धैर्यसाथ जीवन पथमा बढिरहनुभयाे भने दिदीजस्ता कैयाै "उजेली"हरू भेट्नु हुने छ। समयलाई हुर्कन दिनुहाेस् रे ।"
ऊ सपनाबाट ब्युझेझै झल्यास्स हुन्छ ।
" हाे नि । मसँग के छ र ? अझै मैले धेरै पढ्नु छ र केही गर्नु छ। आफ्नाे खुट्टामा उभिए पछि मात्र... "
उसले पाएकाे पहिलाे चाेटमा मल्हम लाग्याे र पहिलाे पाठ सिक्याे -- पर्खन सक्नुपर्छ । उपयुक्त समय आउँछ ।
***