(लघुकथा)
यस्ती थिई भनेर सम्झनुपर्ला !
सरण राई
यस्ती थिई भनेर सम्झनुपर्ला !
सरण राई
यस्ती थिई भनेर सम्झनुपर्ला ! 'तलतल' कथामा ताराले छाेरालाई भनेकी वाक्य
हाे याे । पढ्नु लेख्नु सामाजिक सञ्जालमा भुलिनु लकडाउन अर्थात काेराेना
काेविद १९बाट आफू बाँच्नु र अरूलाई पनि बचाउनु-- दैनिकी भएकाे छ ।
२०१९सालतिरकाे एस. एल. सी. काे पाठ्यपुस्तक 'नेपाली गद्ध-सङ्ग्रह' (पहिलाे भाग)का अमर कथाहरू पचपन्न वर्षपछि पढ्दा म १६वर्षे बिध्दार्थी हुन पुगेकाे आनन्दाभूति हुँदा गद् गद् हुन्छु ।
'त्याे फेरि फर्कला ?' कति पटक पढियाे फरक फरक उमेर, अवस्था र परिवेशमा । बिध्दार्थी हुँदा । शिक्षक हुँदा ।अवकाशप्राप्त वृध्दावस्था हुँदा । अविवाहित हुँदा । विवाहित दाम्पत्य सुखभाेग गरीरहँदा । एकल जीवन भाेगिरहँदा । वाह्य प्रभाव एकै स्तरकाे रहे पनि आन्तरिक भने कति फरक !
सानीजस्तै जीवनभरकाे गन्तव्य बिलाएपछि बाँकि के रहन्छ र ...
परिबन्द र नासाे भावावेग मथ्थर भएपछि मात्र पढ्ने साेच बनाएकाे छु । शुभेच्छा,भविष्य निर्माण , हराएकाे सारी, निद्रा आएन, कहाँ आएँ , दिल्लीकाे सुर्मावाला, दाेषी काे ? जीवनले भाेगिसकेजस्ताे लाग्छ . दिल्लीकाे सुर्मावालाले ठगेझै गन्तव्य पुग्ने बेला कतै म नराम्ररी ठगिएकाे छु कि ! कि सबैकाे बचाइ यस्तै हुन्छ ?
'तलतल' अब । बाँच्ने भाेग्ने 'तलतल' बढ्दाबढ्दै बचाइ तुरिँदाे रहेछ । यस्ती थिई भनेर सम्झनुपर्ला ! शब्दहरूमा के छ ? नसम्झाैँ भन्दा नि यस्ती थिई भनेर सम्झना आइरहन्छ ! बिर्सियाैँ भने सम्झने अर्थाेक के नै बाँकि रहला र ! सम्झनु भनेकाे छाडेर जानेकाे लागि नभएर बसिरहेकाकाे उजाड मरूभूमिमा बाँच्नका लागि निर्माण गरिने सुन्दर भर्चुवल मनाेलाेक रहेछ ।
मेराे शेखपछि मलाई सम्झने काेही हाेलान् ? नभएकाे 'म'लाई सम्झे पनि बिर्से पनि नभएकाे 'म'लाई बेअर्थकाे कुरा ! यस्ती थिई भनेर सम्झनु
विविध चरणहरू जीवनका...
त्याे फेरि फर्कला ?
यस्ती थिई भनेर सम्झनुपर्ला !
नासाे हाे याे कसैकाे उसैलाई सुम्पन पाइएला... असम्भव । जुन बितेर गइसक्याे !
दाेहाेर्याई तेहाेर्याई चाैहर्याई पढेकाे कथाहरूले बुझाएकाे बेअर्थ ! बेकारकाे तुजुक !
तब हाे के जीवन ?! हाे के जीवनका कथाहरू !?
🔴
२०७७जेठ ८, लकडाउन
https://chhinaamakhu.blogspot.com/2016/03/blog-post_17.html
🔥🌹🔥

No comments:
Post a Comment