Friday, March 5, 2021

(एक हरफका दुई लघुकथा ) १ अन्तिम सम्मान २ मृत्यु

 

(एक हरफका दुई लघुकथा )
अन्तिम सम्मान
 
सरण राई
 
..,जिउँदाहरू मलामी जान्छन् ।
🌹
नाैरङ्गी (एक सय एक लघुकथा)बाट
🌹
🌹
मृत्यु
 
सरण राई
...,काम बाँकी रहेन ।
🌷
२०७७ फागुन २२
अप्रकाशित "नाैरङ्गी-२:फुली" (१०२ लघुकथा)मा सङ्गृहित गरिने
🌷

🌷

Tuesday, March 2, 2021

अन्तिम निष्कर्ष

 

(लघुकथा)
अन्तिम निष्कर्ष 
 
सरण राई
 
मलामी नपाएर कर्कश झगडालु आईमाइले आफ्नाे मरेकाे लाेग्नेलाई डाेकाेले छाेपेर राखेकाे र साे लास पछि डाेके च्याउ भई उम्रेकाे "किरात लाेक कथा" छ ।
साँच्चै मलामी कति हुन्छन् ? आफू मरेकाे कल्पना गरेर साेच्दा आफ्नाे लाेकप्रियता थाहा पाइन्छ भनेर डेल कार्नीजीले भनेका सत्य हुन् । ता पनि मरेपछि ...
मलाई सम्झना आउँछ एउटा विस्मृतिमा हराई सकेकाे मृत्यु ।मेरी पत्नी आई.सि.यु.मा थिई मर्नु र बाँच्नुकाे दाेसाँधमा । त्यहाँ एकजना ७७ वर्षका वृध्द थिए सिकिस्त । डायलाइसिस गरे बाँच्न सक्छ डाक्टरकाे परामर्श । तर छाेराहरूले गराएनन् ।बरु भेन्टिलेटरमा राखे । भेन्टिलेटरमै वृध्दकाे देहान्त भयाे ।
डायलाइसिस !
हप्ताकाे दुईपटक चार चार घण्टा । साह्राे हुँदै गएमा अझ हप्ताको तीन पटक पनि ! डायलाइसिस गराउन लैजा, ले, बिरामी स्याहार, बिरामी जति दिन बाँच्छ झन्झटै झन्झट ।पैसाका साथै समयकाे वर्वादि !
डायलाइसिस ! उधाराे जिन्दगी ! बिरामी जिउँदाे रहुन्जेल सबै परिवारलाई बाेझ ! डायलाइसिस भन्दा घाट जानू लानु सजिलाे !
जिउँदाेलाई स्याहार्नु, मद्दत गर्नु, सम्मान गर्नु भन्दा सजिलाे काम मलामी जानू । मलामी जानु मृतकप्रतिकाे अन्तिम सम्मान त हुँदै हाे, आफ्ना लागि पनि मलामी जम्मा गर्नु हाे ।
मरेपछि खुरुखुरू लास हिँडेर घाट नजाने भएर नै लास तह नलाए कुहेर गनाएर प्रदुसन बढाउने अझ जिउँदा मान्छेकै इज्जत जाने भएकाेले मलामी चाहिने हुन्छ । त्यसैले भनिएकाे हाेला-- जिउँदाकाे जन्ती मर्दाकाे मलामी !
मन बुढाे हुँदैन भन्थे तर मेराे मन भने बुढाे भएछ कि मृत्यु र मलामीबारे मात्र साेच्न थालेकाे छ। याे शुभ कि अशुभ ? कि समयकाे/जीवनकाे अन्तिम निष्कर्ष !
🌻
२०७७ फागुन १९
🌻🌻

विलयन

 

(लघुकथा)

विलयन
 
सरण राई
 
आाजसम्म छु । हाेइन अहिलेसम्म छु । भाेलि भन्दा नि भरैसम्म पनि सास फेरिरहेकाे हुन्छु कि हुँदिनँ ।
साेच्दै सडक काट्दै छु । आधुनिक आविष्कार रे, अवस्था अनुसार गुडने,उड्ने तैरिने गाडि-जहाज-पानीजहाजहरू सडक, आकास र समुद्रभरि !
परी चलचित्रकाझैँ सुनकाे अर्ध मुखाैटा लगाएकी युवती ड्याम्म मसित ठाेकिन्छे ।
ठाेकिनासाथ म तिनीभित्र विलयन हुन्छु ।
शरीर विसर्जन !
तिनी सायद तिनी नै थिइन् कि? साेच्नै पाइनँ ।
 
💐
२०७७ फागुन १७

💐

💐