(लघुकथा)
आनन्दानुभूति
सरण राई
सञ्चारले जेलिएकाे विश्व ... कैयाै किलाेमिटर टाढा, हजाराै किलाेमिटर टाढा ,हिडेर त पुग्नै नसकिने, हवाईजहाजबाट पुग्न पनि दुई तीन दिन लाग्ने रे । पुगिएकाे छैन, पुग्ने आशा र लालसा पनि छैन । किनभने हवाईजहाज भाडा तिर्ने पैसा पनि छैन, भिषा पनि पाउँन सकिदैन । तर त्यहाँ पुगेका आफन्तहरूसँग इमाे, मेसेन्जर, भाइवरजस्ता (पैसा नलाग्ने )माध्यमबाट हेराहेर गर्दै कुरा गर्दा सँगसँगै भएजस्ताे भेटेजस्ताे लाग्छ । महँगा कहिल्यै चाख्न नपाएका रक्सि र खाने कुराहरू देखाएर "चियर्स" भन्छन् । आफूले पनि पानीकै गिलास भए पनि उचालेर चियर्स भन्नै पर्छ ।
छुट्टिका दिन त साथीभाइबहिनी र परिवारले घुमेकाे डुलेकाे रमणिय स्थलहरूकाे भिडिओ पठाई दिन्छन् । हेरेर पुगेजस्तै लाग्छ । आनन्दानुभूति हुन्छ । हप्तादिन गधाहाभन्दा बढि जाेतिएर केही घण्टा आनन्द लिएकाे भिडिओ, फाेटाहरू पठाएर स्वदेशमा रहेकाहरूलाई आफूले आनन्दै आनन्दमा जीवन गुजारीरहेकाे झझल्काे दिन खाेज्छन् ।
जेहाेस् उनीहरूसँग निशुल्क कुराकानी र हेराहेर गर्दा मन रमाउछ नै । परिवार केटाकेटीले पनि नमस्ते हाइहलाे गर्छन् ।
उनीहरूसँग यसरी कुराकानी भइसकेपछि सधैं मलाई लाग्छ अहिले जस्तै कति वर्ष सम्म कुराकानी गर्न पाईएला ।
१०/२०/३० /४०/५०...कतिसम्म ? १००वर्ष ? असम्भव ।
१००वर्षपछि मान्छेकाे आयु २००वर्ष हुन्छ रे वैज्ञानिक र स्वास्थ क्षेत्रमा हुने अभूतपुर्व प्रगतिले । १००वर्ष पछिकाे आफू नहुने समयकाे प्रगतिकाे के कुरा ! आफू नभएकाे संसारकाे के अर्थ !?
No comments:
Post a Comment