Tuesday, November 1, 2016

४९.(लघुकथा) विपरीत बुध्दि





(लघुकथा)
विपरीत बुध्दि

सरण राई

कसैकाे त साेचेकाे चाहेकाे पुगेजस्ताे देखिन्छ ।
उसैलाई थाहा छ उसले कति कष्ट गर्याे, अभावग्रस्त जिन्दगीमा भाेक मेटाउन कति पसिना बगायाे । सब‌ैभन्दा बढि पीडा हीनता मूर्खता गरिबी पचाउन रगतकाे अाँसु कति बगायाे !
पर्खिदा पर्खिदा धेरै परिश्रमले नुहाएपछि अाज उसले जे चिताए पनि पुग्न थालेकाे छ ।
सर्वजन हिताय साेच्थ्याे । न्याय समानतामा अाधारित समाज साेच्थ्याे । सबैकाे लागि सुखी जीवन साेच्थ्याे । तर उसले साेचेकाे पुग्दैनथ्याे ।
ऊ भुईमा माटाेमा टेकिरहेकाे हुन्थ्याे ।
अाज ऊ जे साेच्छ चाहन्छ पुग्न थालेकाे छ । उसकाे पखेटा उम्रेकाे छ , त्याे पनि सुनकाे । टलक्क टल्केकाे पखेटा फिजाउँदै ऊ माथि माथि उडिरहेकाे छ ... उडिरहन्छ ।
सुनकाे पखेटाले उड्न थालेपछि उसकाे मुटु पनि सुनकै हुन थालेछ कि ! अब मुटुमा दया माया देशप्रेम न्याय विवेक कर्तव्यजस्ता दायित्वबाेध उम्रिदैन । सर्वसाधारण अाममान्छे भुसुना जस्ता लाग्छन् । काेराेनाले छट्पटिएकाे उनीहरूलाई देख्दा अट्टहाँस गर्छ , भन्छ - मरे मरुन् दुर्वलहरू !
उड्दै छ ऊ , उड्दै छ ऊ ।
सुन अचम्मको ! पखेटा सुनकाे, मन सुनकाे , तन सुनकाे । जति उडे पनि अाखिर उत्रन पर्छ नै ।
सेक्सपियरले भनेका छन् "यदि कसैले मेराे सम्पत्ति लैजान्छ भने उसले संसारकाे मेराे सब‌‌ै भन्दा तुच्छ चिज लैजान्छ ।"
उत्रन चार‌ैतिर हेर्छ ।
उसका निम्ति सदैव खुला श्रमिक मजदुर किसान गरिबहरूकाे हृदय कतै देखिदैन ।
मायालु मातृभूमिकाे पवित्र माटाे देखिदैन ।
गनाउने नरक सिवाय अरु उत्रने टेक्ने धरती छैन ।
अघिअघि पछ्याउने लाखा‌ैं थिए । खाेई भिजिलान्तेहरू, समर्थकहरू ¿?¿¿¿
....
बाैलाहा! बाैलाहा! भन्द‌ै केटाकेटीहरू (भुराभुरी)उसलाई जिस्काउँदै खेदिरहेछन् । संसारकाे सबैभन्दा तुच्छ बस्तुकाे पछाडि दाैडदा दाैडदा... पत्तुर पत्तुर जिन्दगी !!!

।।।।

२०७७ बैशाख १२, धरान