Saturday, November 5, 2016

५१.(लघुकथा ) क्षण क्षणकाे जीवन

(लघुकथा)
क्षण क्षणकाे जीवन

सरण राई

लकडाउनकाे तीसाै दिन !
आजसम्म बाँचिएकाे छ !
बाँच्नु सबैभन्दा ठूलाे कुरा रहेछ । आजसम्म त काेराेना काेविद१९ले स्पेन, इटाली र इरानमा जस्ताे महामारी भएकाे छैन । महामारी भयाेभने खुट्टा तन्काउनु बाहेक अरू उपाय छैन । अमेरीका बेलायतजस्ताे देशमा त भयावह स्थिति छ भने ....
मन अत्तालिनु । मन अडेसा लाउने ठाउँ छैन । दिन त काट्नै पर्छ ।
नातिनीसँग काेठा सफा गरियाे शुक्रबार । अनावश्यक कागजपत्र , धुलाेमुलाे र लत्ताकपडाकाे उरूङले बाेरा भरियाे ।जेहाेस् ...दिन पनि काटियाे । काेठा पनि सफा भयाे । मन फुरुङ्ग !
आज आइतबार ! साबुन पानीले मिचीमिची हात धुँदा पाे अाैँठीकाे सम्झना भयाे ।
"काेराेना भाइरस अाैँठीभित्र रहन सक्ने हुन्छ" भन्ने डाक्टरकाे अन्तरवार्ता सुनेपछि स्व. पत्नीले राशि अनुसारकाे पत्थर राखेर बनाई दिएकी एउटा सुनकाे र अर्काे चाँदिकाे अाैँठी फुकालेर कागजमा पाेकाे पारेर राखेकाे थिएँ ।
सफा काेठामा कागजमा पाेकाे पारेकाे अाैँठी खाेज्छु । भेटिदैन त ।
शनिबारै फाेहाेरकाे बाेरा नगरपालिकाकाे फाेहाेर मैला उठाउने गाडिले उठाई लगिसकेकाे थियाे ।
पक्का फाेहाेरकै डङ्गुरमा गयाे । नातिनीलाई पनि भन्छु ।तिनी पनि अरकच्च हुन्छिन् ।
धन्दा नमानाैँ! काेराेनाले नै अाैँठी लग्याे । अथवा काेमा (बाेजु) ले नै लगिन् सम्झन्छु । जेहाेस्, ज्यान बाँच्याे भने...
आ ... बाँचियाे भने अर्काे बनाउला तर पत्नीकाे चिनाेकाे रूपमा सधैं लगाईरहेकाे अाैँठी । बिस्मात लाग्छ, दु: ख लाग्छ ।
फेरि खाेज्छु सबैतिर । एकल बुढेसकाल ! दिमाग के भएकाे छ ? सम्झना शक्ति कम भईरहेकाे छ ।
दराजकाे कुनामा कागजमा पाेकाे पारेकाे अाैँठी भेट्छु । नातिनीलाई पनि कराएर सुनाउछु । एकै क्षण अघिकाे दु:ख सुखमा परिणत हुन्छ । खुसी हुन्छु मानाैं मैले स्वर्ग पाएकाे छु ।
निस्पट्ट अँध्याराे चम्किलो उज्यालाेमा परिणत हुन्छ । अानन्द साना मसिना प्राप्तिमा निर्भर रहेछ ।
क्षण क्षण सुख-दु:ख हाँसाे-रुवाइ पीडा-अानन्दले भरिएका हुँदा रहेछन् । ती क्षण क्षणहरूका जाेड नै जीवन ...
याे लकडाउन, काेराेना क्षण पनि बितेर जाने छ । अर्काे शुखकाे क्षण र उन्मुक्त हाँसाे जीवनमा आउने छ !

🔴
(लकडाउन) ३०७७ वैशाख ८, धरान
🔥☯️🔥

No comments:

Post a Comment