(लघुकथा)
ठुलो भिखारी
सरण राई
भिखारी सिकिस्त बिरामिजस्तो देखिन्छ | अहिले नै मरिहाल्ला जस्तो |
मानिसहरुको मनमा त्यसलाई देखेर अग्घोर माया दया पलाउछ र त्यसको अगाडी रहेको भिखारी टोकरीमा धेरै रुपिया नगद भिख दिन्छन् | एउटा धनि मानिसले त्यहाँ नोटको गड्डी नै राख्छ |
त्यो हजार हजारको गड्डी देख्दा सर्वसाधारण बटुवाहरुलाई पनि लोभ लाग्छ , तर धर्म , नैतिकता र इज्जतको ड़रले त्यो गड्डी हेरेर थुक मात्र निलेर जान्छन् |
त्यस्तैमा झोला भिरेको एउटा मानिसले कतै नहेरी त्यो नोटको गड्डी टिपेर झोलामा राख्छ र मानिसहरुको वास्तै नगरी फटाफट हिड्छ | तर भिखारी मध्येकै एउटा भिखारीले कुद्दै गएर त्यस मानिसलाई कठालोमा समात्छ तर त्यो मानिसको डरलाग्दा गुण्डाहरु देखेर तुरुन्तै छाडी दिन्छ |
त्यतिबेला त्यो भिखारीले भनेको कुरा सबै भिखारीहरूले सुन्छन र जोडले सबै हाँस्छन् - " अहो त्यो त नेता पो रहेछ ,हामीभन्दा पनि ठुलो भिखारी जो जसरी पनि आफ्नो झोला मात्र भर्न जान्दछ !"
२०७०-७-२४ ,धरान
२०७०-७-२४ ,धरान
मेरो प्राथमिक पाठशालाका शिक्षक श्री डम्बरबहादुर तामाङ (८० वर्ष )
No comments:
Post a Comment