(लघुकथा)
माहौल
माहौल
सरण राई
सबै ताली बजाउदै भजन गाईरहेका थिए | उसले पनि गाउन सिक्यो | गाउन सिक्नु नयाँ र आनन्दप्रद थियो | जेहोस् सङ्गीतसित त्यो पहिलो साक्षात्कार भएपनि ऊ अन्धभक्त भजने भएन |
नेता कराई कराई भाषण गरिरहेको थियो | भाषण रमाईलो थियो | सुनेर सुनेर भाषण व्याख्या गर्न सिक्यो | भाषण मान्छे झुक्क्याउने र झुकाउने नाटक |
ब्यापार उसले नियालेर हेर्यो | सिक्न चाह्यो , अपार रहेछ |
खेती पसिनाले सिंचित हुँदोरहेछ | पसिनाको मोल नपाईने पेसा...सित्तै पसिना किन बगाउने ?
उध्दोगको आधारै खडा भएको छैन | के कुरा गर्नु ?... मानिसहरुको सोच !

परिश्रमै नगरी मनमौजी जीवन सबैको ध्येय | ब्यापार, खेती, उध्दोगले श्रम खोज्छ | कडा श्रम किन गर्ने ? परिश्रम गरे मोती फल्छ ! माहौल कहाँ त्यस्तो छ ?
माहौल मान्छे झुक्क्याउने र झुकाउने फोहोरी राजनीतिको छ |
यस्तो माहौल नबदलिएसम्म देश र दु:खिहरुको जीवन सुखद हुन सक्तैन भन्ने चेत पलाएका देशभक्त युवाहरु पवित्र, कन्चन र जनपक्षीय राजनैतिक माहौल निर्माण गर्न लागिरहेका छन् | ऊ पनि ति युवाहरूसँग मिसिन्छ |

No comments:
Post a Comment