(लघुकथा)
शङ्काको पहरा
सरण राई
शङ्काको पहरा
सरण राई
म अस्पतालको जनरल वार्डमा कुरुवा बसेको छु | छेउको पल्लो बेडको बिरामीलाई उसको कुरुवाले टोइलेट लिएर गएको छ |
बेडमा वेवारिसेझैँ निकै महँगो मोबाइल सेट लडिरहेको छ | कामदार आएर तन्ना फेर्छिन् | मोबाइल सेट यताउता सार्छिन् | आफ्नो काम सकेर उनी जान्छिन् | म मोबाइल सेट देख्तिनँ | मेरो मनमा शङ्काको पहरा बन्छ | मोबाइल सेट पक्कै पनि कामदारले लागेको हुनुपर्छ |
बिरामी र कुरुवा फर्किन्छन् | मोबाइल सेट नपाउँदा हल्लीखल्ली मच्चाउँलान् भन्ने म सोचिरहेको हुन्छु |
तर उनीहरुले त्यस्तो केहि गरेनन् | म उनीहरुको गतिविधि ध्यानपूर्वक हेरिरहेको हुन्छु | सिरानी मुनिबाट बिरामीले मोबाइल सेट झिकेर हातमा लिन्छ |
मेरो छट्पटिएको मन शान्त हुन्छ | तर मेरो पापी मन ...कसरी गरिब कामदारमाथि शङ्का गर्न पुग्यो ? म आफैलाई धिक्कार्छु --'गरिब भएकैले ऊ काम गरेर पेट पालिरहेको छ | इमानदार भएकैले गरिब छ | किन मेरो मन गरिब इमानदार कामदारप्रति शङ्कालु भयो ?'
२०७१ चैत ३० , मेडिकेयर अस्पताल
https://chhinaamakhu.blogspot.com/बेडमा वेवारिसेझैँ निकै महँगो मोबाइल सेट लडिरहेको छ | कामदार आएर तन्ना फेर्छिन् | मोबाइल सेट यताउता सार्छिन् | आफ्नो काम सकेर उनी जान्छिन् | म मोबाइल सेट देख्तिनँ | मेरो मनमा शङ्काको पहरा बन्छ | मोबाइल सेट पक्कै पनि कामदारले लागेको हुनुपर्छ |
बिरामी र कुरुवा फर्किन्छन् | मोबाइल सेट नपाउँदा हल्लीखल्ली मच्चाउँलान् भन्ने म सोचिरहेको हुन्छु |
तर उनीहरुले त्यस्तो केहि गरेनन् | म उनीहरुको गतिविधि ध्यानपूर्वक हेरिरहेको हुन्छु | सिरानी मुनिबाट बिरामीले मोबाइल सेट झिकेर हातमा लिन्छ |
मेरो छट्पटिएको मन शान्त हुन्छ | तर मेरो पापी मन ...कसरी गरिब कामदारमाथि शङ्का गर्न पुग्यो ? म आफैलाई धिक्कार्छु --'गरिब भएकैले ऊ काम गरेर पेट पालिरहेको छ | इमानदार भएकैले गरिब छ | किन मेरो मन गरिब इमानदार कामदारप्रति शङ्कालु भयो ?'
२०७१ चैत ३० , मेडिकेयर अस्पताल
No comments:
Post a Comment