राजनैतिक सम्बन्ध
सरण राई
फेसबुकमा गतिलो मान्छेसँग बसेको फोटो राख्न नपाएर मनमा औडाहा लागिरहेको थियो । बल्ल नवनिर्वाचित सांसदसँग बधाई कार्यक्रममा फोटो खिच्ने मौका पर्यो ।
चुनावमा सघाएको पनि हो । अघिपछि लागेर खुब हिँडिएको पनि हो । उनको जितमा सायद उनलाई भन्दा बढि मलाई खुसि लागेको थियो । म आफै सांसद भएजस्तो लागेको थियो । खुब तन्मयतासाथ बधाई कार्यक्रममा पनि खटिएँ । परिणामस्वारुप उनको छेउमा टाँसिएर फोटो खिच्ने मौका पाएँ ।
हर्षले गदगद हुँदै त्यहि फोटो फेसबुकमा पोस्ट गरेँँ ।सांसदलाई पनि ट्याग गरेँ ।
लाइकको वर्षा वर्षियो । टिप्पणी मा पनि बधाई वार्सियो । 'बधाई' शव्दलाई फेसबुकले पनि फुरुरु बेलुन र फूलहरु उडाएर रातो रङ्गले रङ्गायो । 'बधाई' आफैले पाएजस्तो लाग्यो । यति धेरै टिप्पणी र लाइक हेरेर दङ्ग परेर फुरुक्कै हुँदै गरेको बेला एउटा टिप्पणीमा आँखा पुग्यो ।
''चिन्नु न जान्नुको मान्छेहरुले फोटो राखेर अनेक नानाथरी टिप्पणी गरेर दिक्क पारी सके ... ।'' टिप्पणी सांसदले नै गरेका थिए ।
जाडोमा दर्के पानीमा भिजेजस्तो भयो । आफुलाई र राजनैतिक जगत चिन्ने नयाँ अनुभूति मिल्यो ।https://chhinaamakhu.blogspot.com/
२०७४ पौष २९ शनिबार,धरानचुनावमा सघाएको पनि हो । अघिपछि लागेर खुब हिँडिएको पनि हो । उनको जितमा सायद उनलाई भन्दा बढि मलाई खुसि लागेको थियो । म आफै सांसद भएजस्तो लागेको थियो । खुब तन्मयतासाथ बधाई कार्यक्रममा पनि खटिएँ । परिणामस्वारुप उनको छेउमा टाँसिएर फोटो खिच्ने मौका पाएँ ।
हर्षले गदगद हुँदै त्यहि फोटो फेसबुकमा पोस्ट गरेँँ ।सांसदलाई पनि ट्याग गरेँ ।
लाइकको वर्षा वर्षियो । टिप्पणी मा पनि बधाई वार्सियो । 'बधाई' शव्दलाई फेसबुकले पनि फुरुरु बेलुन र फूलहरु उडाएर रातो रङ्गले रङ्गायो । 'बधाई' आफैले पाएजस्तो लाग्यो । यति धेरै टिप्पणी र लाइक हेरेर दङ्ग परेर फुरुक्कै हुँदै गरेको बेला एउटा टिप्पणीमा आँखा पुग्यो ।
''चिन्नु न जान्नुको मान्छेहरुले फोटो राखेर अनेक नानाथरी टिप्पणी गरेर दिक्क पारी सके ... ।'' टिप्पणी सांसदले नै गरेका थिए ।
जाडोमा दर्के पानीमा भिजेजस्तो भयो । आफुलाई र राजनैतिक जगत चिन्ने नयाँ अनुभूति मिल्यो ।https://chhinaamakhu.blogspot.com/
No comments:
Post a Comment