(लघुकथा)
रकम निकासा
सरण राई
बाढीपहिरो र भूकम्पपीडितका लागि करोडौं रकम निकासाको खबरले मन्त्री, कर्मचारी र राजनैतिक कार्यकर्ताहरूभित्र उत्साहको अभूतपूर्व सञ्चार हुन्छ ।
मन्त्रीले बाढीपहिरो र भूकम्पपीडित क्षेत्रमा हेलिकेप्टरमा चढेर गरिने भ्रमण योजना बनाउन आदेश दिन्छन् । भ्रमणमा जाँदा पाइने स्वागत सम्मान त एकातिर छदैछ त्यो भन्दा गतिलो कुरा पहिला पहिलाजस्तै राम्रै रकम कुम्ल्याउने कल्पनामा उनी मुस्कुराउँछन् ।
कर्मचारीहरू पनि पहिला पहिलाजस्तै बाढीपहिरो र भूकम्पपीडित क्षेत्रमा ‘योे यो वा त्यो त्यो आदि’ विविध कामहरूमा खर्च भएको नक्कली फायल तयार गरेर कति कुम्ल्याउन सकिएला भन्ने कल्पना गरेर मुस्कुराउँछन् ।
राजनैतिक कार्यकर्ताहरू पनि उत्साहका साथ पहिला पहिलाजस्तै बाढिपहिरो र भूकम्पपीडित क्षेत्रमा स्वयंसेवक भएर जान तँछाडमछाड गर्न थाल्छन् । पहिला पहिलाजस्तै सरकारी रकम निकासाको कति प्रतिशत रकम आफ्ना कार्यकर्ताहरूलाई बाड्ने हुन् ? कार्यकर्ताहरू त्यो सित्तै पाइने रकमको कल्पना गरेर मुस्कुराउँछन् ।
अब नेताहरू त यस्ता पुनित कार्यमा पछि पर्ने कुरै हुँदैन । साना नेताले ठूला नेतालाई र ठूला नेताले शक्तिशाली नेतासँग रकम बाँडफाडमा सहयोगी हुन सक्रियता देखाउन थाल्छन् ।
बाढीपहिरो र भूकम्पपीडितहरूका लागि करोडौं रकम निकासाको खबरले मन्त्री, कर्मचारी र राजनैतिक कार्यकर्ताहरू बीच उत्साहको जस्तोसुकै लहर उत्पन्न गरे पनि बाढीपहिरो र भूकम्पपीडितहरू बीच त्योे खबरले कुनै उत्साह उत्पन्न गरेको छैन । किनकि उनीहरूलाई राम्ररी थाहा भइसकेको छ कि सरकार जनताको लागि होइन, कुम्ल्याउनका लागि मात्र हो । यस्ता रकमहरू सरकारमा रहेकाहरूले सित्तै आफूले खान र सित्तै आफ्ना भिजिलान्तेहरूलाई खुवाउन निकासा गर्छन् भन्ने सर्वत्र जगजाहेर भइसकेकोले उनीहरू सरकारी सहयोगको आशा गर्दैनन् ।
२०७३ साउन १४ ,धरान

No comments:
Post a Comment