Saturday, March 25, 2017

७१.(लघुकथा) अन्धविश्वासको पहाड

(लघुकथा)
अन्धविश्वासको पहाड

सरण राई

“मोर्निङ्ग वाक ?”
“मोर्निङ्ग वाक ?” सोधेर वाक्कै पार्छन् ।
विदेश घुम्ने औकात छैन । स्वदेशभित्रै घुम्न निस्किएँ । घुम्ने प्रयोजन के ? के काम ? किन ?... लौ फेरि अनगिन्ती प्रश्नहरू !
सुखसित “मोर्निङ्ग वाक ?” गर्न मानिसहरूले किन मन्दिरसम्म छाने ? स्वदेशभित्रै  बेरोकटोक घुमफिर गर्न किन तीर्थयात्री भए ? मलाई प्रष्ट हुन्छ । स्वदेशभित्र धुम्ने हेर्ने पर्यटकिय स्थल धार्मिक स्थान बाहेक अरु रहेनछ ।  जहाँ जानुस धार्मिक स्थान । सजिलो बाटो धार्मिक बाटो !
धार्मिक भक्तजन राजनितीज्ञहरूका प्रिय छन् । अन्धविश्वासको पहाड फोहोरी राजनीतिको बलियो जग ! अन्धविश्वासी सर्वसाधारणको मानसिक स्थिति ‘पुर्पुरोमा नलेखिएकोले पाइएन ।’ राजनैतिक लेखाजोखा नुहुनु फोहोरी राजनीतिका लागि हितकर !
अविकसित मानसिक अवस्था हुँदा राजनीति सर्वसाधारणको पहुच बाहिर हुन्छ । अन्धविश्वासको संसारमा सडेको विचार, अफवाह र भ्रमको खेती राम्रो फस्टाउँछ । सत्ता टिकाउन सजिलो हुन्छ । राजनीतिले अन्धविश्वासको पहाड ठड्याउँछ । अन्धविश्वास र अज्ञानता मौजुद रहदा सर्वसाधारण निरीह हुन्छन् । अन्धविश्वासको पहाड नाघ्न नसक्ने निरीह  सर्वसाधारण हुन्छन् ।
राजनीतिमा पनि निरीह सर्वसाधारण  भजन किर्तन गाएरै, अन्धभक्त ‘अन्धा’ बनेरै जीवन बिताउँछन् !

२०७३ भदौ २२, सुकेधारा

७० .(लघुकथा) मेरो वर्तमान

(लघुकथा)
मेरो वर्तमान

सरण राई

याे महिना परिवारका चार जनाकाे जन्मदिन परेकाे छ मेराे समेत । तर लकडाउन !
पाेहाेर पत्नीकाे देहान्तले जन्मदिन मनाइएन ।
त्याेभन्दा केही वर्ष अगाडि पनि पत्नी बिरामी भएकाेले जन्मदिन मनाइएन ।
त्याेभन्दा अगाडि नेपालमा जन्मदिन मनाउने चलन थिएन र जन्मदिन मनाउने कुरै थिएन ।
म २००४ सालमा जन्मेकाे हुँदा २००४ सालदेखि आजका मितिसम्म म के भइरहेकाे छु ?
राणाशासण, २००७सालकाे क्रान्ति, २०१५सालकाे आम निर्वाचन, २०१७काे संसद विगठन, पञ्चायती व्यवस्था, जनआन्दाेलन,बहुदलीय व्यवस्था, गणतन्त्र आदि मैले भाेगेका परिवर्तनहरू !
यी परिवर्तनहरूमा सबैभन्दा त्रसित अवस्था वर्तमान !
वर्तमान- वर्तमान !
बर्तमान आफु हो , आफ्नो हो र जीवन हो !
बर्तमान- काेराेना काेविद १९ले विश्वभर पुर्याएकाे भयङ्कर असरले दु:खदायक बनेको छ , विश्वभरी दर्दनाक मृत्युहरू ! मानिसहरूकाे मनभित्र उब्जिएकाे डर, भय,निराशा ! अनिश्चितता !
प्रश्न - अब मानिसकाे अवस्था के हाेला ?
जे गत सबैकाे मेराे पनि त्यही !
त्यसो भन्दा पनि मानिसले सृष्टिदेखि नै अनेकाैं समस्याहरूकाे सामना गरेकाे छ । बिफर याे काेराेनाभन्दा डरलाग्दाे थियाे त्यतिबेला । डा. जेनर निस्किए । हैजा,प्लेग महामारी, टि.वी.,एड्स, अनेक जानलेवा राेगहरू ! विनासकारी युध्द युध्द, पहिलाे र दाेस्राे विश्वयुध्दहरू ! अनेक अनेक ! ति सबैलाइ जितेर मान्छे बाँचिरहेकाे छ।
धनि गरिब सबै मानिसहरू र सबै देशहरू काेराेना विरूध्द एक हुनुपर्ने अभिमतलेआशा जगाएकाे छ ।
समुद्र रहे न थाेपाहरू रहने हाे । थाेपाहरूकै जमघट हाे समुद्र । थोपा रहे समुद्र !
तसर्थ म के भइरहेछु ? साेध्ने साेच्ने हाेइन ।
साेध्नु साेच्नु पर्ने रहेछ... म एउटा थाेपा एउटा मानिसले के याेगदान दिन सक्छु मानव जाति बचाउन ? अनुशासनमा बसेर आफु 'काेराेना भाइरस मानव बम' नहुनु वर्तमान पुकार रहेछ ।
अनुशासनमा बसेर म 'भाइरस बम' बन्दिनँ ! आफु पनि बाँच्छु र अरूलाई पनि बचाउँछु ! मानिसको भविष्य मेरो हातमा छ !
... मेरो वर्तमानले मानव भविष्य सुरक्षित गर्न सक्छ !
महत्त्वपूर्ण मेरो वर्तमान !
🔴
२०७६ चैत १६, धरान
🔥☯️🔴

६९ .(लघुकथा) साथ सहकार्य

(लघुकथा)
साथ सहकार्य

सरण राई

यात्रामा अथवा बाँचुन्जेल कसैकाे साथ चाहिँदाे रहेछ ।
यात्रामा अथवा तन्नेरी कालमा तिनीसँग भेट भयाे । सन्तान जन्मिए,परिवार भयाे । सामान्य जीवन गुजारीरहेकाे बेला तिनकाे अकाल मुत्युले म एक्लाे भएँ ।
असह्य चाेट विछाेडकाे ,आलाे घाउ रगत भल्भली बगिरहेझैँ पीडा मनभरी बगेर बाँच्न गाह्राे भइरहेकाे बेला अपिरचिताले पीडाकाे दहबाट पाैडन मदत गरीन् । त्याे अमूल्य साथ थियाे । तर त्याे साथ सदैव सम्भव थिएन र भएन ।
म फेरि एक्लाे भएँ ।
सन्तान छन् नि ?
हाे, त्याे पनि । तिनीहरूले जीवनयापनमा साथ दिइरहेका छन् । भाेकै प्यासै बस्नु परेकाे छैन । देख्ता आनन्दसित बाँचेकाे देखिन्छु ।
मन हाे ! पापी मन बहकिन्छ । आत्मीयता अपनत्व प्रेम माया खाेज्छ । त्याे पाउने उमेर अब कहाँ छ र ?
मनलाई जहिले पनि खुश राखियाे । स्वार्थपूर्ति खातिर मनले नमानेकाे कुनै काम गरिएन । अन्तरमनकाे पुकार अनुसार बाँच्दा कैयाैकाे साथ पाइयाे । कैयाें मनले खाएकाहरूलाई साथ दिइयाे । सहकार्य गरियाे ।
साथ खालखाल्काे हुँदाेरहेछ अवस्था अनुसार । अझै मनले साथ खाेज्छ । खाेज्नु स्वाभाविक हाे । 'देश काल परिथति ' भन्थे म तन्नेरी हुँदा । बाल्यकाल तन्नेरीकाल समय पनि खाेलाजस्तै सलल बगेर जाँदाेरहेछ मान्छेले थाहै नपाई । भेलले हुत्याएर एकान्त कुनामा फाल्दा पाे मान्छे किनारामा फालिएकाे माछाझै छट्पटिदाे रहेछ ।
त्यस्तै मेराे व्यक्तिगत जीवनमाजस्तै समग्र मानव समाजमा पनि संकटकाे अवस्था छ ।
समयअनुसारकाे साथ...एउटा व्यक्तिलाईझैँ समग्र मानवलाई पनि सबैकाे साथ चाहिएकाे छ । सबैकाे सहकार्य जरूरी भएकाे छ ।
(मानिसकाे वर्तमान काेराेनाले यस्तै भएकाे छ । एकजना डुब्दा उमात्र एक्लाे नडुबेर परिवार समुदायलाई समेत डुबाउने भएकैले एकसाथ सामुहिक प्रयत्न आवश्यक भएकाे छ । याे काेराेना संकटबाट बाँचिएछ भने मलाई कस्ताे साथ चाहिने हाे साेच्ने छु , खाेज्ने छु ...।) मनमनमा साेच्छु ।
अहिले मैले मानव जातिलाई जाेगाउनका लागि दिने 'साथ' भनेकाे याे लकडाउन अवधिमा अनुशासित भएर धरभित्र बस्नु हाे ।
अरू..... बाँचेमा साथ त कसै न कसैकाे पाइहालिन्छ नि ...
🔴
२०७६ चैत १८, धरान
🔥☯️🔥



Friday, March 24, 2017

६८.(लघुकथा) नायकविहीन नाटक

(लघुकथा)
नायकविहीन नाटक

सरण राई

(रङ्गमञ्च— पूरा देश
दर्शक— खलनायकहरूद्वारा मञ्चन भइरहेको  नाटक हेर्न विवश सारा जनता)
...   ...
“माननियहरू ! माननियहरू !!”
“के को माननियहरू ?”
“तपाईँहरू माननिय, कसैले स्वेच्छाले मान सम्मान नगर्ने स्वघोषित माननियहरू ! गरिब देशको रकम आफूतिर तान्ने ताननियहरू !”
“गरिब देशको मात्र होइन धनि देशको डलर, पौण्ड, रियाल, युआन, यानजस्ता अन्तरराष्ट्रिय रकमको पनि ताननिय । वैदेसिक सहायता, भूकम्पपिडीत, विकासका अनेकै रकम हजम गर्ने  पचाउने पचाउनिय हौँ ।”
“नियमापत्ति ! नियमापत्ति !”
“नियमापत्ति ! नियमापत्ति !”
सुत्रधार— “लौ सदाझैँ फेरि संसदभित्र वादविाद, भनाभन, तोडफोड, कुटाकुट, कुर्सी हानाहान, हात हालाहाल सुरु... युद्ध मैदान भएको छ संसद हल । संसद हल मात्र नभएर पूरै देश अशान्ति क्षेत्र भएको छ । चक्काजाम, हडताल,  तोडफोड, बन्द ! बन्द, बन्दले देश बन्द ! भ्रष्टाचार र बेथिती ! सकारात्मक सोच र काम कतै छैन । अनिर्णय र अविश्वासको बन्दी देश !”
“ए सुत्रधार, के भन्दैछस् ? राष्ट्रपति, प्रधानमन्त्री छान्ने हामी ! सर्वशक्तिमान हामी ! देश टुक्रा टुक्रा पारेर भागबन्दा गरेर चपाइचपाइ पचाइरहेका हामी... हाम्रो पोल खोल्छस् । बजाइदिऊ !”
सुत्रधार— देख्नुभयो देशवासीहरू...यिनीहरू सब खलनायक हुन्  । नायक बन्न नसक्ने यिनीहरूले देशमा नायक जन्मन दिदैनन् । देश नायकविहीन छ । खलनायकहरूद्वारा मञ्चन भइरहेको नायकविहीन खलनायकी नाटक हेर्न सारा जनतालाई विवश  पार्छन् ।”
"हान्दे , मारी दे यो पाजी सुत्रधारलाई ! यसलाई खतम पारे पछी जनता जगाउने  कोहि हुँदैन | जनता अन्धा छन् |  सधै अन्धा रहन्छन् | सधै हाम्रो हालीमुहाली चलिरहन्छ | हान्दे , मारी दे यो पाजी सुत्रधारलाई !"
( बिद्यमान भ्रष्टाचारी दलहरू सुत्रधारलाई नै समाप्त पार्न चाहन्छन् । सुत्रधारमाथि खनिन्छन् । हल्ला होहल्लाभित्र  सुत्रधारको आवाज हराउन थाल्छ ...|)

प्रिमार्जन— २०७३ चैत ११, गोल्छा अस्पताल

Taslima Nasrin
Taslima Nasrin (1874907985).jpg
Taslima Nasrin in 2007
Native nameতসলিমা নাসরিন
Born25 August 1962 (age 54)
MymensinghEast Pakistan
(now Bangladesh)
OccupationPhysician, Poet, novelist, columnist.
NationalitySwedish
CitizenshipBangladesh, Sweden
SubjectHumanism,secularism, rationalism, feminism.
Literary movementWomen's rights, Human rights, secular movements
Years active1973–present
Website
taslimanasrin.com


६७.(लघुकथा) रैती


(लघुकथा)

रैती

सरण राई

आज लकडाउनकाे साताैं दिन यसाे मेसेन्जर हेरेकाे केही साथीहरु अनलाइन रहेछन् ।
ग्रुप च्याट गरेर मन बहलाउन मन लाग्छ । साेध्छु साथीहरूलाई- काेराेनाकाे हाल खबर के छ ?
काेराेना ! काेविद १९, कति काेराेना काेराेनाकाे कुरा गर्नु ?
अहिले जीवन मरणकाे प्रश्न नै, मानव अस्तित्वकै प्रश्न काेराेना भएकाे छ । सबलाई बन्दी बनाएकाे छ ।
बरू काेराेनासँग लड्न के के भईरहेकाे छ ?
सबै काेराेना विरध्द एकजुट भएका छन् । महारानीले पनि तिलहरि बेचेर साे रकम काेराेना विरुध्दकाे काेषमा जम्मा गरेकी छिन् ।
आँ .. जाेक नगर न ।
पाेहाेर महाराजले कविता सुनाउदा कविहरुले उफ्रिउफ्रि ताली बजाएकाे, समालाेचकहरूले ज्यान फालेर प्रशंसा गरेकाे बिर्स्याे ।
हाे त नि । मानिस ,जीवन जाेक बनाईएकाे छ । हाय ! गरिब देश र नागरिक हुन नसकेकाे रैती !
( मेसेन्जरमा थाेरैले ठडाएकाे बुढि अाैंला राख्छन् भने धेरैले हाहाहा र मुख च्यातुन्जेल हाँसेकाे अनुहार-कार्टुन राख्छन्।)

🔴
२०७६ चैत १९, धरान
🔥☯️🔥





Lao She
Portrait photo of the writer Lao She
BornShu Qingchun
February 3, 1899
Beijing, Qing Dynasty
DiedAugust 24, 1966 (aged 67)
Taiping Lake, Beijing
Pen nameLao She
OccupationNovelist, dramatist
LanguageChinese
EthnicityManchu
Alma materBeijing Normal University
Notable worksRickshaw Boy
Teahouse
SpouseHu Jieqing
Children4
This is a Chinese name; the family name is Shu.
Lao She
Lao She (Chinese characters).svg
"Lao She" in Chinese characters
Chinese老舍
Birth name
Traditional Chinese舒慶春
Simplified Chinese舒庆春


६६. (लघुकथा) भेल

(लघुकथा)
भेल
सरण राई


Parijat
Parijat-statue.jpg
A statue of Parijat near 2.5 Mile Check Post,SiliguriWest Bengal, India
Born1937
Darjeeling, India
Died1993
KathmanduNepal
OccupationWriter
NationalityNepalese [1]
GenreNovelsPoetryShort Stories

Wednesday, March 22, 2017

६५ .(लघुकथा) मनोरञ्जन

.(लघुकथा)
मनोरञ्जन

सरण राई

सर्वसाधारणहरूको कष्टप्रद पीडामय जीवनमा आनन्ददायी कुनै कुरो भएन । राजनीति लथालिङ्ग, देशको अवस्था भताभुङ्ग, सानाजिक परिवेश भयावह, आर्थिक उन्नति शून्य । मन थाम्न नसक्दा मन बहलाहउन म भक्तजनहरूको लहरमा मिसिन्छु ।
देख्छु कुनै भक्तको अनुहारमा प्रसन्नता छैन । सबै दुःिख देखिन्छन् । सायद उनीहरू समाज, देश र आफन्तहरूबाट पाउँन नसकेको कुरा भगवानसँग माग्न आएका होलान् । भगवानले दिए पनि नदिए पनि ‘माग्ने भक्तको अधिकार हो’ सम्झिरहेका होलान् ।
भक्तजनहरूको लहरमा ठेलिदै पेलिदै म भगवानको मुर्तीछेउ पुग्न लागेको बेला दुई जना युवतीहरू गाउदै कराउदै नाच्दै मुर्ती अगाडि लम्पसार परेर अनेक हाउभाउ देखाउन थाल्छन् । घरि रोएकोजस्तो, घरि हाँसेकोजस्तो,  अनेकौ  हास्यास्पद, आकर्षक र भयङ्कर मुद्राहरू । म उत्सुक हुन्छु— यिनीहरू को र के हुन् ? के गरिरहेका छन् र के चाहन्छन् ?
‘उनीहरूको आङ्मा देबी चढेको रे । देबी चढेर मनोविकार फाल्ने र मनोरञ्जन दिने अनेकौ मुद्रामा हाउभाउ गरिरहेका छन् रे ।’ उनीहरूलाई पछ्याउने ठूलै हुल हुन्छ । सबै भक्तजन  उनीहरूको क्रियाकलाप हेर्दै मनोरञ्जन  लिइरहेका छन् । म पनि  आनन्दित भइरहेको छु ।

२०७३ भदौ २२, सुकेधारा