Saturday, March 25, 2017

७१.(लघुकथा) अन्धविश्वासको पहाड

(लघुकथा)
अन्धविश्वासको पहाड

सरण राई

“मोर्निङ्ग वाक ?”
“मोर्निङ्ग वाक ?” सोधेर वाक्कै पार्छन् ।
विदेश घुम्ने औकात छैन । स्वदेशभित्रै घुम्न निस्किएँ । घुम्ने प्रयोजन के ? के काम ? किन ?... लौ फेरि अनगिन्ती प्रश्नहरू !
सुखसित “मोर्निङ्ग वाक ?” गर्न मानिसहरूले किन मन्दिरसम्म छाने ? स्वदेशभित्रै  बेरोकटोक घुमफिर गर्न किन तीर्थयात्री भए ? मलाई प्रष्ट हुन्छ । स्वदेशभित्र धुम्ने हेर्ने पर्यटकिय स्थल धार्मिक स्थान बाहेक अरु रहेनछ ।  जहाँ जानुस धार्मिक स्थान । सजिलो बाटो धार्मिक बाटो !
धार्मिक भक्तजन राजनितीज्ञहरूका प्रिय छन् । अन्धविश्वासको पहाड फोहोरी राजनीतिको बलियो जग ! अन्धविश्वासी सर्वसाधारणको मानसिक स्थिति ‘पुर्पुरोमा नलेखिएकोले पाइएन ।’ राजनैतिक लेखाजोखा नुहुनु फोहोरी राजनीतिका लागि हितकर !
अविकसित मानसिक अवस्था हुँदा राजनीति सर्वसाधारणको पहुच बाहिर हुन्छ । अन्धविश्वासको संसारमा सडेको विचार, अफवाह र भ्रमको खेती राम्रो फस्टाउँछ । सत्ता टिकाउन सजिलो हुन्छ । राजनीतिले अन्धविश्वासको पहाड ठड्याउँछ । अन्धविश्वास र अज्ञानता मौजुद रहदा सर्वसाधारण निरीह हुन्छन् । अन्धविश्वासको पहाड नाघ्न नसक्ने निरीह  सर्वसाधारण हुन्छन् ।
राजनीतिमा पनि निरीह सर्वसाधारण  भजन किर्तन गाएरै, अन्धभक्त ‘अन्धा’ बनेरै जीवन बिताउँछन् !

२०७३ भदौ २२, सुकेधारा

No comments:

Post a Comment