Saturday, March 25, 2017

७० .(लघुकथा) मेरो वर्तमान

(लघुकथा)
मेरो वर्तमान

सरण राई

याे महिना परिवारका चार जनाकाे जन्मदिन परेकाे छ मेराे समेत । तर लकडाउन !
पाेहाेर पत्नीकाे देहान्तले जन्मदिन मनाइएन ।
त्याेभन्दा केही वर्ष अगाडि पनि पत्नी बिरामी भएकाेले जन्मदिन मनाइएन ।
त्याेभन्दा अगाडि नेपालमा जन्मदिन मनाउने चलन थिएन र जन्मदिन मनाउने कुरै थिएन ।
म २००४ सालमा जन्मेकाे हुँदा २००४ सालदेखि आजका मितिसम्म म के भइरहेकाे छु ?
राणाशासण, २००७सालकाे क्रान्ति, २०१५सालकाे आम निर्वाचन, २०१७काे संसद विगठन, पञ्चायती व्यवस्था, जनआन्दाेलन,बहुदलीय व्यवस्था, गणतन्त्र आदि मैले भाेगेका परिवर्तनहरू !
यी परिवर्तनहरूमा सबैभन्दा त्रसित अवस्था वर्तमान !
वर्तमान- वर्तमान !
बर्तमान आफु हो , आफ्नो हो र जीवन हो !
बर्तमान- काेराेना काेविद १९ले विश्वभर पुर्याएकाे भयङ्कर असरले दु:खदायक बनेको छ , विश्वभरी दर्दनाक मृत्युहरू ! मानिसहरूकाे मनभित्र उब्जिएकाे डर, भय,निराशा ! अनिश्चितता !
प्रश्न - अब मानिसकाे अवस्था के हाेला ?
जे गत सबैकाे मेराे पनि त्यही !
त्यसो भन्दा पनि मानिसले सृष्टिदेखि नै अनेकाैं समस्याहरूकाे सामना गरेकाे छ । बिफर याे काेराेनाभन्दा डरलाग्दाे थियाे त्यतिबेला । डा. जेनर निस्किए । हैजा,प्लेग महामारी, टि.वी.,एड्स, अनेक जानलेवा राेगहरू ! विनासकारी युध्द युध्द, पहिलाे र दाेस्राे विश्वयुध्दहरू ! अनेक अनेक ! ति सबैलाइ जितेर मान्छे बाँचिरहेकाे छ।
धनि गरिब सबै मानिसहरू र सबै देशहरू काेराेना विरूध्द एक हुनुपर्ने अभिमतलेआशा जगाएकाे छ ।
समुद्र रहे न थाेपाहरू रहने हाे । थाेपाहरूकै जमघट हाे समुद्र । थोपा रहे समुद्र !
तसर्थ म के भइरहेछु ? साेध्ने साेच्ने हाेइन ।
साेध्नु साेच्नु पर्ने रहेछ... म एउटा थाेपा एउटा मानिसले के याेगदान दिन सक्छु मानव जाति बचाउन ? अनुशासनमा बसेर आफु 'काेराेना भाइरस मानव बम' नहुनु वर्तमान पुकार रहेछ ।
अनुशासनमा बसेर म 'भाइरस बम' बन्दिनँ ! आफु पनि बाँच्छु र अरूलाई पनि बचाउँछु ! मानिसको भविष्य मेरो हातमा छ !
... मेरो वर्तमानले मानव भविष्य सुरक्षित गर्न सक्छ !
महत्त्वपूर्ण मेरो वर्तमान !
🔴
२०७६ चैत १६, धरान
🔥☯️🔴

No comments:

Post a Comment