Saturday, March 25, 2017

६९ .(लघुकथा) साथ सहकार्य

(लघुकथा)
साथ सहकार्य

सरण राई

यात्रामा अथवा बाँचुन्जेल कसैकाे साथ चाहिँदाे रहेछ ।
यात्रामा अथवा तन्नेरी कालमा तिनीसँग भेट भयाे । सन्तान जन्मिए,परिवार भयाे । सामान्य जीवन गुजारीरहेकाे बेला तिनकाे अकाल मुत्युले म एक्लाे भएँ ।
असह्य चाेट विछाेडकाे ,आलाे घाउ रगत भल्भली बगिरहेझैँ पीडा मनभरी बगेर बाँच्न गाह्राे भइरहेकाे बेला अपिरचिताले पीडाकाे दहबाट पाैडन मदत गरीन् । त्याे अमूल्य साथ थियाे । तर त्याे साथ सदैव सम्भव थिएन र भएन ।
म फेरि एक्लाे भएँ ।
सन्तान छन् नि ?
हाे, त्याे पनि । तिनीहरूले जीवनयापनमा साथ दिइरहेका छन् । भाेकै प्यासै बस्नु परेकाे छैन । देख्ता आनन्दसित बाँचेकाे देखिन्छु ।
मन हाे ! पापी मन बहकिन्छ । आत्मीयता अपनत्व प्रेम माया खाेज्छ । त्याे पाउने उमेर अब कहाँ छ र ?
मनलाई जहिले पनि खुश राखियाे । स्वार्थपूर्ति खातिर मनले नमानेकाे कुनै काम गरिएन । अन्तरमनकाे पुकार अनुसार बाँच्दा कैयाैकाे साथ पाइयाे । कैयाें मनले खाएकाहरूलाई साथ दिइयाे । सहकार्य गरियाे ।
साथ खालखाल्काे हुँदाेरहेछ अवस्था अनुसार । अझै मनले साथ खाेज्छ । खाेज्नु स्वाभाविक हाे । 'देश काल परिथति ' भन्थे म तन्नेरी हुँदा । बाल्यकाल तन्नेरीकाल समय पनि खाेलाजस्तै सलल बगेर जाँदाेरहेछ मान्छेले थाहै नपाई । भेलले हुत्याएर एकान्त कुनामा फाल्दा पाे मान्छे किनारामा फालिएकाे माछाझै छट्पटिदाे रहेछ ।
त्यस्तै मेराे व्यक्तिगत जीवनमाजस्तै समग्र मानव समाजमा पनि संकटकाे अवस्था छ ।
समयअनुसारकाे साथ...एउटा व्यक्तिलाईझैँ समग्र मानवलाई पनि सबैकाे साथ चाहिएकाे छ । सबैकाे सहकार्य जरूरी भएकाे छ ।
(मानिसकाे वर्तमान काेराेनाले यस्तै भएकाे छ । एकजना डुब्दा उमात्र एक्लाे नडुबेर परिवार समुदायलाई समेत डुबाउने भएकैले एकसाथ सामुहिक प्रयत्न आवश्यक भएकाे छ । याे काेराेना संकटबाट बाँचिएछ भने मलाई कस्ताे साथ चाहिने हाे साेच्ने छु , खाेज्ने छु ...।) मनमनमा साेच्छु ।
अहिले मैले मानव जातिलाई जाेगाउनका लागि दिने 'साथ' भनेकाे याे लकडाउन अवधिमा अनुशासित भएर धरभित्र बस्नु हाे ।
अरू..... बाँचेमा साथ त कसै न कसैकाे पाइहालिन्छ नि ...
🔴
२०७६ चैत १८, धरान
🔥☯️🔥



No comments:

Post a Comment