.(लघुकथा)
मनोरञ्जन
सरण राई
सर्वसाधारणहरूको कष्टप्रद पीडामय जीवनमा आनन्ददायी कुनै कुरो भएन । राजनीति लथालिङ्ग, देशको अवस्था भताभुङ्ग, सानाजिक परिवेश भयावह, आर्थिक उन्नति शून्य । मन थाम्न नसक्दा मन बहलाहउन म भक्तजनहरूको लहरमा मिसिन्छु ।
देख्छु कुनै भक्तको अनुहारमा प्रसन्नता छैन । सबै दुःिख देखिन्छन् । सायद उनीहरू समाज, देश र आफन्तहरूबाट पाउँन नसकेको कुरा भगवानसँग माग्न आएका होलान् । भगवानले दिए पनि नदिए पनि ‘माग्ने भक्तको अधिकार हो’ सम्झिरहेका होलान् ।
भक्तजनहरूको लहरमा ठेलिदै पेलिदै म भगवानको मुर्तीछेउ पुग्न लागेको बेला दुई जना युवतीहरू गाउदै कराउदै नाच्दै मुर्ती अगाडि लम्पसार परेर अनेक हाउभाउ देखाउन थाल्छन् । घरि रोएकोजस्तो, घरि हाँसेकोजस्तो, अनेकौ हास्यास्पद, आकर्षक र भयङ्कर मुद्राहरू । म उत्सुक हुन्छु— यिनीहरू को र के हुन् ? के गरिरहेका छन् र के चाहन्छन् ?
‘उनीहरूको आङ्मा देबी चढेको रे । देबी चढेर मनोविकार फाल्ने र मनोरञ्जन दिने अनेकौ मुद्रामा हाउभाउ गरिरहेका छन् रे ।’ उनीहरूलाई पछ्याउने ठूलै हुल हुन्छ । सबै भक्तजन उनीहरूको क्रियाकलाप हेर्दै मनोरञ्जन लिइरहेका छन् । म पनि आनन्दित भइरहेको छु ।
२०७३ भदौ २२, सुकेधारा

No comments:
Post a Comment