(लघुकथा)
अंशभाग
सरण राई
दार्जिलिङको प्रशिद्ध साहित्यकार ८५वर्षिय पति र ८१ वर्षिय पत्नीको प्रेमिल युगल जोडिलाई देख्दा हामी दम्पति पनि त्यो उमेरसम्म बाँच्न पाए हुन्थ्यो भनेर कल्पिएका थियौँ ।
नभन्दै समयक्रममा ६९ वर्षिय म हेमोडायलाइसिस गरिरहनु पर्ने ६४ वर्षिय पत्नीलाई बारम्बार अस्पताल लगेर कुरुवा भई स्याहारीरहेको छु । यस्तो आफ्नो अंशभागमा परेको जीवन भोगाइदेखि असन्तुष्ट भएको म मेरो छेउको ३० वर्षिय पति हेमोडायलाइसिस गरिरहनु पर्ने २४ वर्षिय पत्नीलाई स्याहारी रहेको देख्छु । यो देखेर चित्त बुझाउँछु, सोच्छु— “मेरो अंशभागमा परेको जिन्दगी उसकोभन्दा त राम्रो रहेछ ।”
आफ्नो आफ्नो अंशभागमा परेको जिन्दगी... .!
२०७३ फगुन १२, सुमेरु अस्पताल

No comments:
Post a Comment