(लघुकथा)
अवस्था
सरण राई
नौ वर्षकै उमेरमा विदेश लगेको छोरालाई लिएर ९वर्षपछि उनीहरू स्वदेश फर्किएका छन् ।
सबै आफन्त इष्टमित्रहरूलाई भेटिरहेका छन् । मलाई पनि भेट्छन् । उनीहरूकै अनुरोधमा केही रमाइला स्थानहरू भ्रमण गर्छाैँ । उनीहरू विदेश फर्किने दिन नजिक आइरहेको हुन्छ ।
म ९ वर्षकै उमेरमा विदेश गएर ९ वर्षपछि स्वदेश फर्किएको १८ वर्षिय भदैलाई सोध्छु “हाम्रो देश सानैमा छोड्यौ, अहिले आउँदा हाम्रो देश कस्तो लाग्यो ?”
“राम्रो लाग्यो ।”
“उसो भए यतै फर्केर बस्छौ त ?”
“यतै बस्न त सक्दिनँ ।” स्पष्ट जवाफ ।
उसको जवाफ सुनेर मलाई देशको अवस्था बुझेझैँ लाग्छ ।
२०७३ फगुन १४, सुमेरु अस्पताल
No comments:
Post a Comment