(लघुकथा)
नाम
नाम
सरण राई
पदोन्नतिमा, उम्मेदवारमा, राजनैतिक नियुक्तिमा, समितिहरुमा र अन्य राम्रा कामहरुमा सँगसँगै काम गरेका थुप्रै साथीहरुको नाम लिइयो, भनियो | मैले नाम लिँदा उनीहरुको प्रगति हुन्छ भने किन नाम नलिनु ? म सोच्थे | 'म हुन्छु' भनेर आफैलेआफ्नो नाम लिनु भएन | र, जस जसको नाम मैले लिएँ, उनीहरुलेप्रगति गरे तर उनीहरुले झुक्किएर पनि पदोन्नतिमा, उम्मेदवारमा, राजनैतिक नियुक्तिमा, समितिहरुमा र अन्य राम्रा कामहरुमा मेरो नाम लिएनन् | दुखेसो के गर्ने ? म नै योग्य थिइनँ होला |
***
"दु:ख पाएर छिट्टै मर्नेमा आफ्नो वा अरु कोहि एक जनाको नाम दिनुहोस् |" यमराजले सोध्दा सबै साथीहरुले दु:ख पाएर छिट्टै मर्नेमा मेरै नाम लिईरहेका थिए |
ए बास्सै ! साथीहरुले मलाई सम्झेकै रहेछन |
म वास्तविकता मात्रै मान्ने मान्छे भएपनि सपना चाहीँ कस्तो कस्तो देख्छु | बाल्यकालमा परेको अन्धविश्वासको प्रभावले होला सपनामा पनि यमराज , देउता , राक्षस आदि धार्मिक आख्यानका पात्रहरु देख्छु |
जेहोस सपनामै भए पनि साथीहरुले मेरो नाम लिए |

२०७४ वैशाक ११, धरान
https://chhinaamakhu.blogspot.com/
The sign to Everest Base Camp
Photo courtesy of Leigh Barnes
https://chhinaamakhu.blogspot.com/
The sign to Everest Base Camp
Photo courtesy of Leigh Barnes
No comments:
Post a Comment