(लघुकथा)
एक छाक
एक छाक
सरण राई
निर्वाचन परिचालन समितिको संयोजकको हैसियतले निर्वाचन खर्च हेर्ने जिम्मेवारी पनि मेरै हुन्थ्यो | खर्च कम बनाउने हिसाबले उम्मेदवारसँग घरदैलो कार्यक्रममा १५ जना मात्र घुम्ने निर्णय गरेँ |
तर त्यो निर्णय लागु भएन | उम्मेदवारसँग घरदैलो कार्यक्रममा घुम्ने कार्यकर्ता जहिले पनि ५० भन्दा बढी नाघेकै हुन्थ्यो | ,खाना खाने बेला ५० भन्दा बढी नाघेकै हुन्थ्यो | चुनाव भनेपछि विकासोन्मुख देशको चुनाव -- मासु भात खाने भईहाले | साँझमा त कसै कसैले रक्सि पनि खाई हाल्थे |
किन सङ्ख्या घट्दैन ? प्रश्न मनमनै गरे | एकछाके आर्थिक अवस्था रहेछ हाम्रो | एक छाक खान पाए एक दिन बाँच्ने ? जीवन यसरी नै एक एक छाकको जोहो गर्दागर्दै बित्दो रहेछ | उम्मेदवारसँग घरदैलो कार्यक्रममा घुम्ने कोहि बिध्दार्थी थिए, धेरै बेरोजगारहरु थिए | आफै खाना पकाउनु पर्ने , खाना पकाए पनि मासु कहाँ हुने नि ! घुम्दा मासुभात खान पाईने | झण्डा बोक्यो , हिड्यो , हिड्यो | एक छाकको समस्या टर्यो |
फोहोरी राजनीति -- जति धेरै गरिब, लाटागोँङा . निमुखा , भिखमङ्गा, अशिक्षित , अबुझ अथवा एकछाके मतदाता रहिरहन्छ , सस्तैमा भोट किनेर मोजभोज गर्न पाईने | फोहोरी राजनैतिक दलहरुको ध्येय सदैव जनता 'एक छाके' रहिरहुन् र त्यसै अनुरुपको क्रियाकलाप |
एकछाके सर्वसाधारण, एकछाके मतदाता, एकछाके राजनीति ( एकछाक खुवाएर मत किन्ने पध्दत्ति) रहेसम्म के होला र ! मुलुक र राजनीति एकछाके राजनीति , एकछाके अर्थ व्यवस्था र एकछाके समाजभन्दा माथि कहिले उठ्ला ?!
दिक्क लाग्छ एक छाक खान पाए एक दिन बाँचिने यो एक छाके जीवनदेखि , एकछाके प्रवित्तिदेखि ...

२०७४ वैशाक १४, धरान
https://chhinaamakhu.blogspot.com/
Yak + mountains + golden hour = photo wizardry
Photo courtesy of Steve Wroe

No comments:
Post a Comment