Tuesday, March 29, 2016

३३.(लघु कथा ) इतिहास नदोहोरियोस्

(लघु कथा ) इतिहास नदोहोरियोस्

सन्जोग नेपाली


'मेरो पक्षमा शक्तिशाली छिमेकी मुलुक छ | मलाई सरकारमा त्यसैले पुर्यायो र टिकाइरहने छ |'उसलाई लागेको थियो | त्यहि भरोसामा तानासाही साशन चलाई रहेको थियो | तानासाहिको जनताले विरोध गर्दै आन्दोलन गर्न थाले | जनताको आन्दोलन पुलिसले दबाउन नसके पछी उसले सेना परिचालन गर्यो | विदेशी आक्रमणबाट देशको रक्षा गर्ने सेना जनता विरुध्द लड्न पर्दा निराश र हतोत्साहित भयो | केही दिन पछी चुप लागेर बस्यो |
जनताको बिद्रोह झन्झन् व्यापक भएर डडेलोझैँ देशव्यापी भयो |
त्यो बिद्रोह दबाउन उसले आफुले प्रभु मानेको छिमेकी देशको सेना निम्त्यायो | विदेशी सेना आयो | 'अब विदेशी सेनाले जनता तह लगाएर मेरो सिंहाशन जोगाइ दिन्छ ' भन्ने सोचेर खुसि भैरहेको बेला विदेशी सेना बिना अनुमति उसको दरबारभित्र प्रवेश गरेर ड्याङ ड्याङ गोली हान्न थाल्यो | उसका अङ्गरक्षकहरु ढले | प्रधानमन्त्री ढल्यो , मन्त्रीहरु ढले | निधारमा ताकेर उसलाई गोली हाने | 'एेया पनि भन्न नपाई ऊ खुत्रुक्क मर्यो |
यसरि जनतालाई बैरी सम्झने र विदेशी सेना निम्त्याउने राजाको अन्तको इतिहास लेखियो |

'नयाँ राजाहरु जन्मिएको मेरो देशमा चाहीँ यस्तो इतिहास नदोहोरियोस् ', भन्दै कथावाचाकले कथा समाप्त गर्यो | तर कथा सुन्नेहरुमध्ये एकजनाले सोधी हाल्यो ' राजा र मन्त्रीहरु मारीए पछी विदेशीले देश कब्जा गर्यो ?'
'अँ ..हँ गर्न सकेन | कब्जा गर्न खोजेको थियो तर जनता ,सेना प्रहरी सबै मिलेर ति विदेशी सेना लखेटेर देशको रक्षा गरे |'

२०७२ भदौ ८ मंगलबार

३२,(लघु कथा) पचास वर्ष पछिको दन्त्यकथा

सन्जोग नेपाली

"उहिले नै नेपाल भन्ने देशमा जनताले १९ दिन आन्दोलन गरेर राजा हटाए | राजालाई हटाएपछि संबिधानसभा बनाए | सर्वसम्मत  संबिधान नबने पछी मन परि भयो | सत्ता र सरकारको लागि हानाथाप भयो |देशमा अराजकता भयो | नेताहरु मुखले चाहिं सिध्दान्त, आदर्शका राम्रा कुरा गर्थे तर व्यवहारमा चाहीं बेइमान , लोभी र पापी थिए | तिनीहरु बाहिर बाहिर चाहीँ  बाझे जस्तो गर्थे तर भित्र भित्र चाहीं मिलेर राष्ट्रिय दिकुती खान्थे |

नेताहरुले देशको सम्पति हडपेर धनि भए तर मुलुक र जनता दरिद्र हुदै गए |
नेताहरुको कर्तुत जनताले थाहा पाए | नेताहरुको चालामालाबाट जनता आजित भए र ति सबै फटाहा नेताहरुलाई रुखमा झुण्डाएर फासी दिए |करिब दस हजारको हाराहारीमा नेताहरुलाई झुन्डाइएको थियो | देश नेताविहिन भयो | नेताको खोजि हुन् थाल्यो | तर नेता हुनका लागि सबैभन्दा पहिला इमान्दार र कर्तेव्यनिष्ट हुनुपर्ने सर्त राखियो | त्यतिबेलादेखी नेताहरुले बेइमानी गरे भने नेपालमा नेतालाई झुन्डाउने परम्परा नै बस्यो |"

कथा सुनाइ सकेपछी कथावाचकले अन्तमा यति कुरा थप्यो _ "आज पनि कुनै नेताले

बेइमानी गरेको थाहा पाउनासाथ तेस्लाई झुन्डाईन्छ र मुलुकले राम्रो विकास गरेको छ|"


३१.(लघु कथा) भुताहा घर

सन्जोग नेपाली

दुर्गम गाउँबाट आएका बिद्यार्थीहरू त्यो ठूलो घरमा भाडामा बसेका छन् । उनीहरूले बस्न पाउनुमा पनि उनीहरूकै जिल्लाको गुन्डा नेताको ठूलो हात छ ।
‘फेरि बिजुलिको लाइन काटियो । टेलिफोन त उहिल्यै काटिएको हो । अब कसरी बस्ने होला ?'
‘भाडा तिरेका छैनौ र?’ अर्को दिद्यार्थी सोध्छ ।
‘तिरिसकेको नि । त्यो भाडा गुन्डा दिद्यार्थी नेताले पच पारे । गुन्डा नेताको राजनैतिक खेवा सुकेकोले यस्तै मसिनो रकमले काम चलाईरहेको छ । ऊ भाडावाल बिद्यार्थीहरूबाट जम्मा भएको रकमले बिजुलि, पानी, टेलिफोन आदिको महशुल केही तिर्दैन ।’ निन्याउरो मुख लगाउँदै अर्को बिद्यार्थी भन्छ ।
‘जे होस् हामी बसेको यो घर ऐतिहासिक हो । यो एक समयको सर्वशक्तिशाली दलको केन्द्रीय कार्यालय थियो । यहाँ प्रधानमन्त्री, मन्त्री, सांसद र दलका कार्यकर्ताहरूको ठूलो चहलपहल हुन्थ्यो । राष्ट्रपति र विदेशी कुटनीतिज्ञहरू पनि यहाँ आउँथे । तर आफ्नो दायित्व पूरा नगरी निहीत स्वार्थमा लिप्त भएपछि प्रधानमन्त्री, मन्त्री भएका नेताहरू भ्रष्टाचार र राष्ट्रघातको मुद्धा हारेर जेल परेका छन् । अरु केही विदेश भागेका छन् । कार्यकर्ताहरूले दल छाडेका छन् । संविधान नबनाउने, शान्ति प्रक्रिया पूरा नगर्ने र मुलुकलाई लुटेर खोक्रो पार्ने एडनानथेराजस्ता नक्कली दलहरू विघटनको अवस्थामा पुगेका छन् र अब ती दलहरू इतिहासको गर्भमा बिलाउने निश्चित छ । ती पाखण्डि र भ्रष्ट दलहरूको कार्यालय भवनहरू खण्डहरमा परिणत हुन लागेका छन् । यीनै थोत्रा घरहरू हामी बिद्यार्थीहरूले सस्तो भाडा तिरेर उपभोग गरिरहेका छौँ । हाम्रो अहोभाग्य।।। ती भ्रष्ट, स्वार्थी, लोभिपापीहरूले बनाएका घरहरू हामीलाई काम लागिरहेका छन् । तर अब केही बर्षपछि मानिसै बस्न नहुने अवस्था भएपछि यी घरहरू ‘भुताहा घर’ हुनेछन् ।’
त्यो बिद्यार्थीको भन्ने तरिका सुरूचिपुर्ण र ब्यङ्गात्मक भएकाले सुन्नेहरू सबै गलल्ल हाँस्छन् ।

२०६९।६।१५

Sunday, March 27, 2016

३०.(लघुकथा) विजयाेत्सव

(लघुकथा)
विजयाेत्सव

सरण राई

बिहान उज्यालाे भएन ?
रातमै निद्राले छाेडेपछि र निधाउने काेसिस गर्दा पनि निद्रा लागेन भने छट्पटीदै आफैलाई साेध्ने साेधाइ ।
काेराेना काेविद१९ बाट कहिले छुटकारा पाइन्छ ? आफूलाई सर्वशक्तिमान सम्झने मानिसहरू साेधिरहेछन् । विश्व हाहाकार गरिरहेछ । काेराेनाकाे संत्रास !
वर्तमानले अँध्याराे शंका सबैकाे मनमा उब्जाएकाे छ ।
स्वास्थ विज्ञानकाे धरातल एउटा भाइरसले जगैसम्म हल्लाउँदै विकासकाे खिल्ली उडाएकाे छ ।
छिमेकी मित्र राष्ट्रहरू के काे मित्र हुनु नि । राष्ट्रवादी सरकार ! देश जाेगाउला भन्ने विश्वासमा तुसारापात हुँदै छ । काेराेनाबाट जाेगाउला कि भनेकाे त यस्ताे संकटमा पनि नाटक रच्न तल्लिन छ ।
राष्ट्रिय अन्तर्राष्ट्रिय वर्तमान अवस्था, छिमेकीहरू हामीलाई सक्ने खेलमा निर्लिप्त हुँदा पनि निरीह अनुभूति ! गद्दारहरू भुक्दै छन् ।
देह र देश जाेगाउने दाेहाेराे अभिभारा काँधमाथि आएकाे छ ।
सब जागा भएर याे दायित्व पूरा गरीरहेका छन् । बिकेका र बिक्नेहरूलाई झुन्डाउन थालिएकाे छ । देश खाेक्राे पार्ने यीनीहरूकाे अन्तसँगै देश अखण्ड बिजेता हुँदै छ ।
चारैतिर झलमल्ल प्रसन्नताकाे किरण फैलिएकाे छ ।
सब सचेत !
देशभित्रका दुष्टहरु र देशबाहिरका दुस्मनहरू पराजित भएका छन् । काेराेना काेविद १९ समाप्त भएकाे छ ।
सबैकाे सचेत एकता र गाैरवपूर्ण वीरताले देश र सबैकाे देह जाेगिएकाेमा अपूर्व भव्य विजयाेत्सव !


🔴
२०७७ जेठ ४,लकडाउन
https://chhinaamakhu.blogspot.com/
🔥🌹🔥







Saturday, March 26, 2016

२९.(लघुकथा) वास्तविकता

(लघुकथा)
वास्तविकता

सरण राई

"सांसदलाई देश बेच्ने अधिकार छ‌ैन। राष्ट्रघाती बिकेकाहरू देश बेच्ने सन्धी पास गराउन बल गरिरहेका छन् ।"
"विदेशीकाे पैसा खाएका छन् । बिकेका मुलाहरू !"
"बिकेका बाेकाहरू ! काटिने बेला आयाे । देशभक्त युवाहरूकाे लाम उठिसकेकाे छ । देशका लागि मार्न मर्न लड्न तयार भएर युध्दमा उत्रिसकेका छन् ।"
"खै कता छन् ? "
"देश विदेश विश्वभर फैलिएर रहेका देशभक्तहरू एकतावध्द भएका छन् ।"
"बिकेका र बिक्नेहरूले देश खाेक्राे पारेर विदेशीकाे दलाल बन्नेहरू काटिन थालिने छन् । तिनीहरूलाई नमासी शत्रु देशसँग युध्द जित्न सकिँदैन । देशभित्र यस्ता राष्ट्रघाती मास्ने आन्तरिक युध्दमा जित प्राप्त भएपछि शत्रु देशसँगकाे युध्दमा बिजय निश्चित हुन्छ ।"
"राष्ट्रघातीहरूले सन्धी गरेर देश बुझाए भने नि..."
"तिनीहरूलाई याे अधिकार छैन । याे मान्य हुँदैन । यस्ता शत्रुहरूकाे इशारामा चल्ने बिक्ने राष्ट्रघातीहरू देशभक्तहरूद्वारा काटिने मारिने छन् । तीनीहरू काटिए मारिए पछि मात्र राष्ट्रिय एकता बलियाे भई शत्रुसँग लड्न सकिने छ ।"
...
युध्दकाे पहिलाे चरण- देशभित्र राष्ट्रघाती सफाया हुने छ ।
त्यसपछि मात्र शत्रु देशसँग युध्द!
युध्द वास्तविकता हाे ।
शिर झुकाएर बाँच्न गाेर्खालीले जानेकाे छैन । सब नेपालीकाे एकताले शत्रु पराजित हुन्छ ।
सत्यकाे जित वास्तविकता हाे ।

🔴
२०७७ जेठ ५, लकडाउन


🔥🌹🔥लक्ष्मी राई
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj2JAaRmzZ_dJLnA0ZMvXtXo9asB_zT1iOzl9uxyXVCbNQ2duoQU-8-qQQNTWwtpLCh8sv36zeBTbrPfoscjxQh66WydWp5GQHCunqc3lAs2icR-ElGXeglpVZNts-CMgUffRaLOnxMm64/s1600/npl.jpg

Friday, March 25, 2016

२८.(लघुकथा) रङ

(लघुकथा)

रङ

सरण राई

छेपाराेले भन्दा छिटाे रङ फेर्ने जात मान्छे ! मान्छे हाेइन छिटाे छिटाे रङ फेर्ने कुमान्छे ऊ !
रङ फेरेर बाेली सुरिलाे बनाएर विश्वासघात र धाेका दिनु अनि आफ्नो स्वार्थ पुरा गर्नु उसकाे निकृष्ट खुबि !
विश्वासघात र धाेका पाएकाहरू रूँदा हाँस्ने अट्टहास गर्ने ऊ !
सबैले उसलाई चिने । सबैलाई धाेका दिएकाले उसका काेही हितैषी भएन ।
ठूलै संकट आइलागेकाे र उसकाे आसन धरमर भएकाे थाहा पाएर ऊ रङ फेर्छ-- राताे, हरियाे, पहेलाे ! सबै सङ मिसिदा कुरूप कालाे देखिन्छ ।
रङ फेराइले काम नगरे पछि रूप फेर्छ । रूप फेर्न खप्पिस ऊ बाघकाे छाला ओड्छ । बाघजस्तै कराउँछ ।
बाघकाे छाला ओढेर दुनिया तर्साउन खाेज्छ । तानासाह बन्न खाेज्छ ।
बाघकाे छाला ओढेकाे उसलाई सिध्द्याउने उपयुक्त समय ! बाघ भनेर गाेली हानेकाे भन्ने !
विश्वासघात र धाेका पाएकाहरूले उसलाई गाेली हान्छन् ।
बाघकाे छाला ओडेकाे स्याल खुत्रुक्कै !

🔴
२०७७ जेठ ६, लकडाउन

🔥🌹🔥






🔴नाति सच्चेन्द्र, काैसिलाराई बुहारी, सृजना, छाेराहरू सृजनसरण राई, सायन राई, शैलेश राई, आमा शिवमाया राई, नाति शुभेन्द्रराई , सरण राई, सामना राई, लक्ष्मीराई र साञ्जिना राई 

Thursday, March 24, 2016

२७.(लघुकथा) जन निर्णय

(लघुकथा)
जन निर्णय


सरण राई


''दुष्ट राष्ट्रघाती चाेरफटाहाकाे पछि लाग्दा मुलबाटाे छुट्याे !''-- एउटा आवाज ।.
''फटाहाकाे पछि लाग्दा फटाहा नै भइने भाे ! चाेरकाे पछि लाग्दा चाेरै भइने भाे ! राष्ट्रघाती काे पछि लाग्दा राष्ट्रघाती नै भइने भाे !'' --अर्को आवाज ।
....

जनतामा पलाएकाे चेत !
भडखालाेमा जाकिनु अगावै चाेर फटाहा राष्ट्रघातीकाे संगत छाड्ने चेत पलाउनु वर्तमान अवस्थाकाे महान उपलब्धी !
....

''काेराेनाबाट आफू बाँचाैँ र अरूलाई पनि बचाऊँ भनेझैँ दुष्ट राष्ट्रघाती चाेर फटाहाबाट आफू बाँचाै र देशलाई पनि बचाऊँ ! '' --सामुहिक आवाज ।
....

याे चेतसँगै देशभक्तहरू एकजुट हुन्छन् !
....

''आन्तरिक युध्द-- दुष्ट राष्ट्रघाती चाेर फटाहा उन्मुलन !
शक्तिसाली मुलुक निर्माण ! देशकाे मुलबाटाे !'' --सामुहिक जनआवाज र जन निर्णय !


🔴
२०७७ जेठ ७, लकडाउन
🔥🌹🔥





🔴सरण राई , सायन राई, सुबिधा गुरुङ, शैलेश राई,अन्जाना राई,...., सृजनसरण राई, सामना राई, बिजयालक्ष्मी राई गुरुङ, सच्चेन्द्र राई, शिवमाया राई, शुभेन्द्र  राई र साञ्जिना राई

Thursday, March 17, 2016

२६ .(लघु कथा) यस्ती थिई भनेर सम्झनुपर्ला !

(लघुकथा)
यस्ती थिई भनेर सम्झनुपर्ला !
सरण राई
यस्ती थिई भनेर सम्झनुपर्ला ! 'तलतल' कथामा ताराले छाेरालाई भनेकी वाक्य हाे याे । पढ्नु लेख्नु सामाजिक सञ्जालमा भुलिनु लकडाउन अर्थात काेराेना काेविद १९बाट आफू बाँच्नु र अरूलाई पनि बचाउनु-- दैनिकी भएकाे छ ।
२०१९सालतिरकाे एस. एल. सी. काे पाठ्यपुस्तक 'नेपाली गद्ध-सङ्ग्रह' (पहिलाे भाग)का अमर कथाहरू पचपन्न वर्षपछि पढ्दा म १६वर्षे बिध्दार्थी हुन पुगेकाे आनन्दाभूति हुँदा गद् गद् हुन्छु ।
'त्याे फेरि फर्कला ?' कति पटक पढियाे फरक फरक उमेर, अवस्था र परिवेशमा । बिध्दार्थी हुँदा । शिक्षक हुँदा ।अवकाशप्राप्त वृध्दावस्था हुँदा । अविवाहित हुँदा । विवाहित दाम्पत्य सुखभाेग गरीरहँदा । एकल जीवन भाेगिरहँदा । वाह्य प्रभाव एकै स्तरकाे रहे पनि आन्तरिक भने कति फरक !
सानीजस्तै जीवनभरकाे गन्तव्य बिलाएपछि बाँकि के रहन्छ र ...
परिबन्द र नासाे भावावेग मथ्थर भएपछि मात्र पढ्ने साेच बनाएकाे छु । शुभेच्छा,भविष्य निर्माण , हराएकाे सारी, निद्रा आएन, कहाँ आएँ , दिल्लीकाे सुर्मावाला, दाेषी काे ? जीवनले भाेगिसकेजस्ताे लाग्छ . दिल्लीकाे सुर्मावालाले ठगेझै गन्तव्य पुग्ने बेला कतै म नराम्ररी ठगिएकाे छु कि ! कि सबैकाे बचाइ यस्तै हुन्छ ?
'तलतल' अब । बाँच्ने भाेग्ने 'तलतल' बढ्दाबढ्दै बचाइ तुरिँदाे रहेछ । यस्ती थिई भनेर सम्झनुपर्ला ! शब्दहरूमा के छ ? नसम्झाैँ भन्दा नि यस्ती थिई भनेर सम्झना आइरहन्छ ! बिर्सियाैँ भने सम्झने अर्थाेक के नै बाँकि रहला र ! सम्झनु भनेकाे छाडेर जानेकाे लागि नभएर बसिरहेकाकाे उजाड मरूभूमिमा बाँच्नका लागि निर्माण गरिने सुन्दर भर्चुवल मनाेलाेक रहेछ ।
मेराे शेखपछि मलाई सम्झने काेही हाेलान् ? नभएकाे 'म'लाई सम्झे पनि बिर्से पनि नभएकाे 'म'लाई बेअर्थकाे कुरा ! यस्ती थिई भनेर सम्झनु
विविध चरणहरू जीवनका...
त्याे फेरि फर्कला ?
यस्ती थिई भनेर सम्झनुपर्ला !
नासाे हाे याे कसैकाे उसैलाई सुम्पन पाइएला... असम्भव । जुन बितेर गइसक्याे !
दाेहाेर्याई तेहाेर्याई चाैहर्याई पढेकाे कथाहरूले बुझाएकाे बेअर्थ ! बेकारकाे तुजुक !
तब हाे के जीवन ?! हाे के जीवनका कथाहरू !?
🔴
२०७७जेठ ८, लकडाउन
https://chhinaamakhu.blogspot.com/2016/03/blog-post_17.html
🔥🌹🔥




🔥🌹🔥शैलेश राई,अन्जाना राई,सायन राई,काैसीला राई, सृजन राई, सृजना राई, सरण राई,सच्चेन्द्र राई, आमा शिवमाया राई, लक्ष्मी राई, शुभेन्द्र राई र साञ्जिना

Wednesday, March 16, 2016

२५.(लघु कथा) निर्णायक विश्लेषण


(लघुकथा)
निर्णायक विश्लेषण

सरण राई


''....भाेगाइले मानिसलाइ परिपक्व बनाएझैँ व्यवहार र भाेगाइले साहित्य, राजनिती र सबै क्षेत्रमा परिपक्वता ल्याउँछ ।

भ्रामक राजनीतिकाे अन्त काेराेनाले गर्दै छ । गलत विकासकाे बाटाे सर्वनासकाे बाटाे हाे भन्ने सन्देश दिइरहेकाे छ । विश्व भाइचाराले मात्र मानव सुरक्षित हुन सक्छ ।

फाेहाेरी राजनीतिले निम्त्याएकाे असमानता, हस्तक्षेप,बिक्ने र बिकाउ राजनिती काम लाग्दैन भन्ने बाेधले राजनितीमा परिपक्वता आउँदै छ ।

देशकाे रक्षा राजनितीकाे पहिलाे कर्तव्य । काेराेनाजस्ता राेग भाेकबाट जनताकाे सुरक्षा राजनितीकाे अर्को कर्तव्य । अतिक्रमणबाट राष्ट्रिय एकता सुढृढ भएकाे छ । नक्सा प्रकाशनले बाटाे बिराएकाहरू राष्ट्रिय एकताकाे मुलप्रवाहमा आएका छन् ।''

उनकाे विश्लेषण सुनेर देशभक्तहरूमा अपूर्व उत्साह र देश रक्षाका लागि जाेस पैदा हुन्छ ।
''याे विश्लेषण कहिलेसम्म टिक्छ ?'' - एउटा साेधाइ !

''राजनीतिले सहि बाटाे लिइरहेकाे छ छैन भनेर जाँच्न सक्ने परिपक्वता समस्या र संकटले सिकाएकाे छ । स्वतन्त्र परिपक्व राजनीति !''

''याे नयाँ राजनैतिक माेडमा देशभक्तहरू सदैव सजग रहन्छन् !'' - निर्णायक विश्लेषण !

छलफल देश विदेश सबैतिर हुन थाल्नु विजयकाे निश्चितता हाे ।

🔴
२०७७ जेठ ९, लकडाउन

🔥🌹🔥

🔥🌹🔥गणेश रसिक, सरण राई , नाेवलकिशाेर  राई र राम वानिया

Saturday, March 12, 2016

२४.( लघुकथा) छाया


=-n3'syf_
       5fof

;/0f /fO{

DfnfO{ b'O{ sIffdf k9\bf ufFpsf] :s'n aGb ePsf]n] k9\gsf] nflu dfjnL k'¥ofO{of] .
DffjnL afh]sf] 7"nf] kl/jf/ . afh]sf] tLg kTgLaf6 y'k|} 5f]/f, 5f]/L, a'xf/L, gfltgfltgfx¿ . d Pshgf ylkFbf vfz} km/s kb}{gYof] .
;a}n] dnfO{ Kof/f] uy]{ . t/ sfG5L af]h'sf] s/s/ s/fpg] afgL, ;a}nfO{ sfd c¥ofpg' / sfd lrQa'‰bf] ePg eGb} s/fpg] :jefj b]Vbf d]/f] afn x[bodf ltgLk|lt 3[0ff knfPsf] lyof] . Tolta]nf d}n] To:tf] ss{zf gf/Ll;t ljjfx gug]{ afn c7f]6 klg u/]sf] lyPF .
Nff7] ePkl5 d]/f] klg ljjfx eof] . kTgL tL dfjnL af]h'h:t} k/L . s] ug]{ < kTgLsf] cfrf/ Jojxf/ ;'wfg]{ e/dUb'/ sf]l;; u/]F . t/ ltgsf] cfr/0fdf s'g} kl/jt{g ePg . kfl/jf/Ls hLjg 6'6\g glbg ;Demf}tfsf] hLjg cjnDag ug{ yfn]F .
5f]/f a'xf/Lx¿ t ltgL;Fu 5'n5'n lyP . gfltgfltgfx¿dfly klg ltgsf] eo / qf;sf] 5fof kg{ yfn]sf]n] eod'Qm jftfj/0fdf ltgLx¿sf] dgf]ljsf; x'g g;Sg] b]v]/ d lbSs x'G5' .  nfdf] hLjg ef]ufOdf ltgL h:tf] lyOg\, l5g\ d;Fu Psfsf/ ePsL l5g\  jf d ltgL;Fu gr'l8g] u/L ufFl;Psf] 5' . d ltgL;Fu cEo:t eO;s]sf] 5' . d ltgLaLgf  cw'/f] x'G5' eGg] ;f]R5' . Pp6f nfdf] ;do u'lh|;s]sf] 5 / d ltgsf] x/ Jojxf/ :jLsf/ ug{ yfn]sf] 5' . ca afFls hLjg} slt xf]nf / <
x/]s a:t'sf b'O{ kf6f ePem}F ltgsf] klg u'0fbf]if 5 . d]/f] klg xf]nf . oltsf jif{ ;Fu;Fu} al;;s]kl5 dnfO{ of] dxz'; ePsf] 5— …kfl/jf/Ls h]nleq d 5', ltgL l5g\ . of] h]n hLjg cem} nfdf] sfn;Dd sfod /xf];\ ÛÚ Tof] h]n tf]8]/ efUg g;s]sf]df s'g} a]nf lj/lQm pTkGg x'G5 . t/ Tof] j}/fUoleq klg ltgs} 5fof cjl:yt x'G5 .

@)&# ;fpg @$, w/fg


Thursday, February 25, 2016

२३.(लघु कथा) राहत

(लघु कथा)
राहत
सरण राई
मन्त्री परिषदले हरेक उपभोग्य सामानहरु तेल ,ग्यास , यातायात भाडा,दस्तुर आदिको मुल्य सय प्रतिसतले बढाउने निर्णय गर्यो |
प्रतिपक्ष , दलका भातृ संगठनहरुले नारा जुलुस गर्दै चर्को विरोध गर्न थाले | जनताको स्वतन्त्र जनहितका कुनै संगठन नभएकोले लाचार जनता रमिते मात्र भए | न विरोध न समर्थन |
मन्त्री परिषदको गोप्य बैठकमा प्रतिपक्ष , दलका भातृ संगठनहरु र तथाकथित अगुवाहरुलाई बोलाइयो र प्रधान मन्त्रीले भाउ बढाउनु परेको बारे प्रकाश पारे _" देश विकाश गर्न अर्थको आवश्यकता भएकोले दोब्बर मुल्य बृध्दि गरिएको हो | यस मुल्यबृध्दिबाट प्राप्त हुने लाभबाट दस प्रतिशत मन्त्रीहरुले , दस प्रतिशत प्रतिपक्षका नेताहरुले ,दस प्रतिशत दलका भातृ संगठनहरुले, दस प्रतिशत यो मुल्यबृध्दिको समर्थन गराउन प्रचार प्रसार गर्ने पत्रिकाहरुले साथै अरु थप दस प्रतिसत प्रधान मन्त्रीले पाउने छन् | दस प्रतिसत भैपरी आउने जगेडा कोषमा रहने छ | वर्तमान अवस्थालाई मध्यनजर गरेर तत्कालै चालिस पतिशत मुल्य घटाएर उपभोक्ताहरुलाई राहत प्रदान गरिने छ |"
सबै खुश ! प्रतिपक्ष , दलका भातृ संगठनहरु, मन्त्रीहरु , नेताहरु सबै खुश | जनताको के माने मतलव ?
चालिस प्रतिशतले मुल्य घटाई जनतालाई राहत दिने निर्णयको प्रतिपक्ष , दलका भातृ संगठनहरु र नेताहरुले भव्य स्वागत गरे | यसरी यस्तै राहत जनताले बारम्बार पाई रहे ...|
२०७२ फागुन १४ , सुकेधारा

 सरण राई ,स्व. माया राई (श्रीमती इन्द्रबहादुर राई ),इन्द्रबहादुर राई , सुरेन्द्र लिम्बु , गणेश रसिक

Wednesday, February 17, 2016

२२.(लघु कथा) हार

लघु कथा
हार
सरण राई
त्यो धनमानेले मलाई जिन्दगीमा यति धेरै दुःख दियो कि मेरो जिन्दगी नै नरक भयो । जेल बस्नु प¥यो, स्वास्नी छोराछोरीहरूसँग छुट्टिनु प¥यो । कुकुरले समेत नपाउने दुःख पाइयो, भनि साध्य छैन । त्यसलाई कुटपिट गर्दै अन्तमा त्यसको ज्यान लिने उद्देश्यका साथ खुकुरी, पेस्तोल र विष बोकेर रातको अन्धकारमा म त्यसको घरभित्र सुटुक्क छिरेको छु ।
‘मलाई चिनिस् ? ए बजिया, धन्माने । म आज तलाई मारेर बदला लिन आएको छु, हा..हा..हा..।’ म डरलाग्दो अट्टहास हासो हाँस्दै त्यसको कठालो समात्छु ।
‘अँ..अँ..तँ.. ह् ह..ज्जुर.. काले ..।’
‘अँ, काले होइन तेरो काल , कति दुःख दिइस्, त्यसको बदला लिन आएको..।’
उसको चालढाल र अनुहार नियाल्छु, त्यहाँ कहाँ पहिलाको धनमानको फूर्तीफार्ती र रूपरङ्ग थियो । भिजेको मुसो जस्तो, प्यारालाइसिस भएर राम्ररी उभिन पनि नसक्ने, दुब्लो अहिले नै मरिहाल्छ कि जस्तो ।
उसको त्यस्तो हालत देखेर मैले खुकुरी, पेस्तोल र विष केही पनि निकाल्न परेन । मैले सोचेको थिएँ — विष कि खुकुरी वा पेस्तोल ? कुनै एक रोज्न लगाएर त्यसैद्वारा मार्ने । उसको त्यस्तो अवस्था देखेर म उसको कठालो छाड्छु ।
ऊ डङ्ग्रङ्ग लड्छ, केही हलचल गर्दैन । छाम्छु ऊ त मरिसकेछ ।
बदला लिनका लागि जीवनभर तड्पे । सबै तयारी पूरा गरेर पनि म हारेँ । अन्तिममा पनि उसैले जित्यो !
२०७०चैत १२, बुधबार, धरान

इन्द्रबहादुर राई र सरण राई

Saturday, February 6, 2016

२१.(लघु कथा) तथ्य

(लघु कथा)
 तथ्य
सरण राई
टि. भी.मा महान नेता मन्त्रीको शव यात्रा देखाइदै छ । ति महान् नेता मन्त्री त कति पटक भए भए, गनि साध्य छैन । उनको मृत्यु पनि मन्त्री रहेकै बेला भएकोले शव यात्रा झन् भव्य भएको छ । नेता जाली, भ्रष्टाचारी र फटाहा भएकोले  लोकप्रिय थिएनन् भन्ने सबैलाई थाहा थियो । तर प्रायोजित  शव यात्रा  भव्य बनाइएको थियो ।
 टि. भी.मा देखाइदै गरेको शव यात्राको छायाङ्कन गर्ने टोली प्रमुख म र त्यो दृष्यमा तरतरी आँसु चुहाएर रुने महिलासँग सँगसँगै बसेर हामी टि.भि. मा शव यात्राको दृश्य हेरिरहेका छौँ ।
त्यो शव यात्रामा रुने किनिएका कार्यकर्ताहरू किन रोइरहेका छन् ? थाहा हुने कुरा भयो । नेताहरूजस्तै किनिएका कार्यकर्ताहरू पनि नाटक देखाउन खप्पिस हुन्छन् । अलिकति पैसा र जीवित नेताहरूका निर्देशनका कारण तिनीहरू रोएका हुन् ।
तर म सँगसँगै बसेर टि. भी हेरिरहेकी महिला किन रोइन् ? मलाई तथ्य जान्ने  उत्सुकता जागेकैले यिनलाई खोज्दै आइ पुगेको  हुँ । सोध्छु — ‘‘म तपाईँलाई मेरो आफ्नो जिज्ञासाको लागि मात्र यो सोधिरहेको छु । यो ‘अफ द प्रेस’ हो । तपाईँको जवाफ मबाहेक कसैलाई थाहा हुने छैन ।’’
अनेकौ  कुराहरू गरेर साथै कसम समेत खाएर मैले यी महिलालाई विश्वास दिलाएपछि  तिनले तथ्य खोलिन् — ‘‘मेरो पतिको सरकारी जागिर भ्रष्टाचारको आरोप लागेर धरापमा परेको बेला पतिको सल्लाह अनुसार नै मैले नेता मन्त्रीसँग केही रात बिताएँ । त्यसपछि उनी हाम्रा उध्दारक संरक्षक भए । त्यसो भए पछि उनी मेरा गोप्य पति भए । अनि म रोइरहेकी थिएँ । मेरै सल्लाह मान्ने म जस्तै महिलाहरू धेरै थिए र तिनीहरू पनि मसँगै त्यहाँ रोइरहेका थिए । ’’

२०७२ कात्तिक २८

Charles Dickens

Charles Dickens



Thursday, January 21, 2016

२०.(लघु कथा ) नोकरहरुको लडाई

(लघु कथा )
नोकरहरुको लडाई
सरण राई

मालिकलाई आफ्ना गाउँलेहरु एकापसमा मिलेर सुख र शान्तिसग बसेको मन पर्दैनथ्यो | त्यसरी बसे भने उसले चाहेको कुराहरु पुरा हुन सक्तैनथ्यो | उसको दबदबा पनि कायम हुन सक्तैनथ्यो | उनीहरुलाई जुधाएर , उक्साएर र चर्को ब्याजमा ऋण सापटी दिएर मुद्दा मामिला गर्न लगाउथ्यो |
गाउँलेहरुले यी झगडा फसाद, गरिबी र अशान्तिको जड अशिक्षा हो भन्ने ठानेर एउटा पाठशाला खोल्ने सल्लाह गरे |
पाठशाला जस्तो कुरोको विरोध गर्न हुदैनथ्यो -- मालिकले जुक्ति निकाल्यो | पाठशाला खोल्ने कुरा मालिकलाई मन परेको थिएन | दुइजना नोकरहरुलाई गाउँ पठायो | पहिलो नोकरले पाठशाला डाडामा हुनुपर्छ भनेर प्रचार गर्यो | दोस्रोले गहिरामा हुनुपर्छ भनेर आधि गाउँलेहरुलाई 'कन्भिन्स ' गर्यो | मालिकसँग सल्लाह र सहयोग माग्ने भनेर उनको घरमा सबै गाउँलेहरु जम्मा भए पछी मालिकले सोध्यो - "पाठशाला कहाँ  खोल्ने ?"
"डाँडामा "पहिलो नोकरका साथै केहि गाउँलेले भने |
"गहिरामा " दोस्रो नोकरका साथै केहि गाउँलेले भने |
पाठशाला खोलिनु अगाडी नै डाँडामा खोल्ने र गहिरामा खोल्ने दुइ दलमा गाउँलेहरु विभक्त भैसकेका थिए | दुवै दलका नेताहरु भने मालिकका नोकरहरु नै भएका थिए |
डाँडामा कि गहिरामा ? वाद विवाद पछी गाउँलेहरु हात हालाहालकै अवस्थामा पुगे | गाउँलेहरु दुइ समुहमा बाड़िएर लडाई झगडा हुन् थाल्यो |
पाठशालाको कुरा हरायो | यो देखेर मालिक भने आनन्दले मुस्कुराउँन थालेको थियो |
२०७१ माघ ८
Rabindranath with Einstein in 1930
 
 
Rabindranath Tagore
রবীন্দ্রনাথ ঠাকুর
Late-middle-aged bearded man in white robes looks to the left with serene composure.
Tagore (c.1915)
Native name রবীন্দ্রনাথ ঠাকুর
Born Rabindranath Thakur
7 May 1861
Calcutta, Bengal Presidency, British India
Died 7 August 1941 (aged 80)
Calcutta
Occupation Writer, painter
Language Bengali, English
Ethnicity Bengali
Literary movement Contextual Modernism
Notable works Gitanjali, Gora, Ghare-Baire, Jana Gana Mana, Rabindra Sangeet, Amar Shonar Bangla (other works)
Notable awards Nobel Prize in Literature
1913
Spouse Mrinalini Devi (m. 1883–1902)
Children five children, two of whom died in childhood
Relatives Tagore family

Signature Close-up on a Bengali word handwritten with angular, jaunty letters.

Friday, January 15, 2016

१९.(लघु कथा) चेत

(लघुकथा)
चेत

सरण राई


"पञ्चायत व्यवस्थामा झिटी गुन्टाकाे सुबिधा प्रयाेग गर्न पासपाेर्ट बनाउन पनि सर्वसाधारणकाे बुता बाहिर थियाे ।बहुदलकाे पुन:स्थापना पश्च्यात पासपाेर्ट बनाउने र विदेश जानेकाे लर्काे नै लाग्याे ।

त्यतिबेलाकाे बजेट भाषणमा "सबैकाे हातमा माेबाइल र प्रत्येक चुनाव क्षेत्रबाट कम्तिमा २०० जना विदेशी राेजगारमा पठाउने" नीति र कार्यक्रम ल्याइएकाे थियाे ।

क्याबात ! खुब स्वागत गरिएको कार्यक्रम ।

आज पाे त्यसकाे असर देखिदै छ । परनिर्भर अर्थतन्त्र ।

काेविद १९ का कारण विदेशमा धेरैजना मरीरहेका छन् । राेजगारी गुमेर बिचल्लीमा छन् । सरकार गुहारी रहेका छन् । लाचारीपन !

उत्तरी छिमेकीसित युध्दमा हारीरहेकाे दक्षिणी छिमेकीलाई हाम्राे भूमि कालापानी क्षेत्रमा अस्थाइ बास दियाैँ । गुणकाे बदला ! निर्लज्ज हस्तक्षेप गरेर राजनीति फाेहाेर बनायाे । अतिक्रमण ! कृतघ्नलाई पराजित गर्न राष्ट्रिय एकता बलियाे भएकाे छ ।

आजसम्मका साम्राज्यवादी र विस्तारवादीलाई सघाउ पुराउने नीति भण्डाफाेर भएकाे छ ।"

" सहि विश्लेषण । अब के गर्ने त ?" -- प्रश्न ।

" के गर्ने ? स्पष्ट छ एकताबध्द भएर समस्याकाे पहिचान गर्द‌ै समाधान गर्ने ।"

" गाेर्खाली वीर जाती हाे । अहिलेसम्म अरूका लागि लड्याे ।अब आफ्ना लागि देश बनाउँछा‌ैँ । शक्तिशाली देश निर्माण गर्छा‌ैँ । त्यस कार्यमा अवराेध गर्ने विदेशका दलालहरूका टाउकाे नगिडे जहिल्यै ति राष्ट्रघातीहरूले देश बन्न दिदैनन् भन्ने चेत पलाई सकेकाे छ । देश र जनताकाे हित गर्ने नीति र कार्यक्रमले हर क्षेत्रमा शक्तिशाली देश बन्ने छ ।"

अब देशक‌‌ै लागि सबैले श्रम बगाउने छन् । पसिना चुहाउने छन् । स्ववलम्वी अर्थतन्त्र ! असल राजनीति !
सब‌ै देशभक्तहरूकाे समर्थनकाे तालीले आकास-धरती गुञ्जायमान हुन्छ ।

याे चेत - काेविद १९ र छिमेकीकाे कालाे करतुतले दिएकाे महान् शिक्षा ! सब‌‌‌ै समस्याको समाधान याे शिक्षाभित्र‌ निहीत छ ।

🔴

२०७७ जेठ १०, लकडाउन


🔥🌹🔥
🔥🌹🔥लक्ष्मी राईसँग  (४१वर्षकाे सपनाजस्ताे दाम्पत्य जीवन ) २०७२ साल




Embedded image permalink





























Laxmi prasad devkota 2.gif
Laxmi Prasad Devkota
लक्ष्मीप्रसाद देवकोटा

१८ (लघु कथा) मिलाप

लघु कथा
मिलाप

सरण राई

“हेर्नुहोस्,रामकुमारजी , तपाईँविरुद्ध  कार्यकर्ताहरूले केन्द्रीय कार्यालयमा उजुरी दिएका छन् । जिल्ला समितिको आम्दानिको हिसाबमा लाखौँ रुपियाको गोलमाल गर्नु भएको छ रे । दुई हप्ताभित्र स्पष्ट हिसाब बुझाउनु होला, नबुझाएमा पार्टिले तपाईँलाई कडा कारवाही गर्नेछ ।” केन्द्रीय नेताज्यूले रामकुमारलाई हप्काउदै नसिहत दिए ।
नेताले केही वर्षभित्रै अतुल सम्पत्ति कमाएका थिए । राजधानीमा ठूला घर बनाएका थिए । ‘पजेरो’ किनेका थिए । ‘आफू चाहीँ खाएर अघायो, अझै खाईरहेछ । अरुलाई नखानु भन्ने उपदेश दिने पाजी रहेछ ।’ भन्ने रामकुमारले मनमनै सोच्यो । अरु कार्यकर्ताहरूको अगाडि हप्काएकोमा उसलाई जङ चल्यो अनि कराएर भन्यो, “तपाईँको सब कइरन मलाई थाहा छ । कसरी घर बनाउनु भयो ? छोरालाई कसरी विदेश पढ्न पठाउनु भयो ? अरु के के गर्नु भयो ? दुनियाको सामु बेलिबिस्तार लाउनै पर्ने भयो ?”
यो सुनेर नेताज्यू ठण्डा भए र उसलाई सम्झाउदै भने, “रामकुमारजी, शान्त, शान्त । उता एकान्तमा जाऊँ, म कुरा बुझाउँछु ।”
नेताज्यू र रामकुमार एकान्तमा केही बेर बसे । के के कुरा भयो ? नेताज्यूले उसलाई कस्तो उपदेश दियो ? दुवैजना प्रसन्न भएर फर्किए ।
त्यसपछिका दिनहरूमा उनीहरू बीच अनौठो मेलमिलाप देखियो ।
२०७२ साउन १५ सुकेधारा




L.N.Tolstoy Prokudin-Gorsky.jpg
Tolstoy in May, 1908, four months before his 80th birthday (photographed at Yasnaya Polyana by Sergey Prokudin-Gorsky; the first colour photograph taken in Russia).
Born Lev Nikolayevich Tolstoy
September 9, 1828
Yasnaya Polyana, Russian Empire
Died November 20, 1910 (aged 82)
Astapovo, Russian Empire
Occupation Novelist, short story writer, playwright, essayist
Language Russian, French
Nationality Russian
Period 1852–1910
Notable works War and Peace
Anna Karenina
A Confession
The Kingdom of God Is Within You
Resurrection
Spouse Sophia Tolstaya
Children 14

Signature

Add caption
Leo Tolstoy 1897Tolstoy at age 20, 1848Tolstoy's wife Sophia and their daughter Alexandra

१७.(लघु कथा ) सप्रसङ्ग ब्याख्या !



(लघुकथा)
सप्रसङ्ग ब्याख्या !


सरण राई


''...सम्भवतः याे स्थिति थाहा पाएकाे भए हामीले हिमाल खनेर एउटा नयाँ किसिमकाे मकै र काेदाे उब्जाउने थियाैँ हाेला । पहरा फाेरेर नयाँ किसिमकाे मकै र काेदाे उब्जाउने थियाैँ हाेला ।''
सप्रसङ्ग ब्याख्या हाे कि ब्याख्या गर्न वल्लाे खाटमा पल्टिएकै अवस्थामा म व्यस्त थिएँ ।
तिनी पर दाेकान घरकाे अगेनामा टुक्रुक्क बसेर के के पकाइरहेकी थिइन् । अगेनामाआगाे दनदनी बलिरहेकाे थियाे ।
''मान्छेले भेट्लान् है !'' भनिरहेकी थिइन् ।
झल्यास्स ब्युझन्छु ।
किन एकचालिस वर्षकाे अवधिमा दाेकान घर त के ? तिनलाई आफू जन्मेकाे गाउँ एक पटक पनि टेकाउन सकिनँ ।
डेढ वर्ष बितिसक्दा पनि तिनलाई सपनामा किन भेटिरहन्छु ? देखिरहन्छु ?
म ब्याख्या गर्न थाल्छु ...सप्रसङ्ग ब्याख्या ! जीवन यस्तै रहेछ !
तर अब ब्याख्याकाे के तुक ?! के अर्थ !?

🔴
२०७७ जेठ ११ , लकडाउन
🔥🌹🔥

लक्ष्मी  राईसँग लुम्बिनी 

 Maxim Gorky LOC Restored edit1.jpg
Signature
Portrait of Gorky, c. 1906
BornAlexeiMaximovichPeshkov
28 March [O.S. 16 March] 1868NizhnyNovgorod,Russian Empire
Died18 June 1936 (aged 68)
Gorki LeninskiyeMoscow OblastSoviet Union
Pen nameMaxim Gorky
OccupationWriter, dramatist, politician
NationalityRussian, Soviet
PeriodModernism
GenreNovel, drama
Literary movementSocialist realism
Anton Chekhov and Gorky. 1900, Yalta