बाहिर बरण्डाबाट देख्छु साघुरी, भेडेटार र हामी बसेकाे काेठा झन्डैझन्डै
हाराहारी एकै सतहमा पाे रहेछ , लिफ्टबाट चढ्दा यादै गरेकाे थिइनँ ।
अहिले हामी एउटा अनुसन्धानमा काम गरिरहेका छाैँ -- कसरी मानिसकाे आयु बढाएर बाँचुन्जेल तन्नेरी नै बनाइराख्न सकिन्छ ?
''अहा, के सुन्दर धरान !'' उनी भन्छन् ।
''हाे, हाे !'' सबै भन्छन् ।
पत्रकारकाे झुण्ड सधैं हाम्रा पछि लागिरहेका हुन्छन् । हाम्राे कामकाे प्रगति विश्व जान्न आतुर छ ।
''तपाईंहरू सफल बन्नु हाेला ?'' पत्रकार सोध्छ ।
''केही अंशमा सफल भइसकेका छाैँ ।याे सफलता मानवजातिकाे महान् सफलता हुने छ।'' टाेलीनेता पूरा बिश्वाससाथ जवाफ दिन्छन् ।
हाम्राे तस्वीरसहितकाे खबर तुरून्तै विश्वभर पुग्छ । हाम्राे काम पूरा सफल
भएपछि त्याे देशकाे नयाँ ठूलाे आयस्राेत हुने भएकैले देशले पनि ठूलाे
धनराषी लगानी गरेकाे छ । हामी ५०९ जनाकाे टाेली अहिले धरान आएका छाैँ ।
यहाँ हामी याे अनुसन्धानलाइ पूरा गर्ने छाैँ । यहाँ आएकाे बेला धरानकाे
पुरै दृश्यावलाेकन गर्न हामी बरण्डामा उभिएका छाैँ ।
हामी उभिएकाे
जस्ताे ९९तलाअग्ला ५५०००जना मानिस बस्न सक्ने १५०वटा जति गगनचुम्बी
भवनहरूले धरानकाे कुल क्षेत्रफलकाे एक तिहाइ जमिन ओकटेका रहेछन् । बाँकि
जमिन तमाेर नदीबाट भूमिगत सुरूङबाट ल्याइएकाे पानीले निर्माण गरिएकाे ताल
पाेखरी बनजङ्गल बगैचा हरियालीयुक्त वातावरण, मनै लाेभ्याउने !
शिक्षा
स्वास्थ निशुल्क भएकाले सब मानिस इमानदार र कर्तव्यनिष्ट छन् । सिमानामा
काँडेतार लगाइएकाेले छिमेकी देशबाट चाेर लुटेरा आउन नसक्ने, सिमाना मिचिन
नपाउने हुँदा देशभित्र शान्ति, सुरक्षा र जीवनअनुकुल परिवेश छ । देश
आत्मनिर्भर मात्र हाेइन, विश्वकै उदाहरणिय बन्न पुगेकाे छ। सर्वाेच्च
चाेमाेलुङमाझै प्रति व्यक्ति आय सर्वाेच्च भएकाे छ साथै विश्वकाे शक्तिसाली
मुलुक र बैज्ञानिक आविष्कार गर्ने र बिध्द्वान जन्माउने मुलुक भएकाे छ ।
हामी माेबाइलमा धरानबारे हेरेर सबै जानकारी पाउछाैँ । धरान मुलुककाे
सुन्दर रमणीय सहर रहेछ । धरानका आसपास रहेका १०० वर्ष पहिलाका जस्ता साना
साना घरहरू विश्वकै उत्कृष्ट र मँहगा रिसाेर्ट रहेछन् ।
''अहा, सय वर्ष पछिकाे धरान !''अचानक मेराे मुखबाट निस्कन्छ !
''अहा, सय वर्ष पछिकाे नेपाल !'' अरूकाे मुखबाट पनि निस्कन्छ !
🇳🇵
https://chhinaamakhu.blogspot.com/2018/11/blog-post_63.html
२०७६।८।११, धरान