यसमा भएका लघु कथाहरु सरण राईद्वारा लेखिएका हुन् र बिना अनुमति कसैले कुनै माध्यमद्वारा प्रकाशित गर्न पाउने छैनन् |
Saturday, April 24, 2021
सन्देश
Friday, March 5, 2021
Tuesday, March 2, 2021
विलयन
विलयन
Thursday, February 25, 2021
धाेकाे
Sunday, February 21, 2021
बहकिने पापी मन
Thursday, February 18, 2021
अवस्थिति
Tuesday, February 16, 2021
खाट बाकस
Wednesday, January 20, 2021
पराेपकार
मान हैसियत र समान अवसरकाे अवस्था हुनु
Tuesday, December 29, 2020
साहित्यकाे गरिमा
Sunday, November 15, 2020
को ?
(लघुकथा)
को ?
सरण राई
नियमित हिँडाइमा हुन्छु । अघिअघि को हिडिरहेको देख्छु ।पछाडिबाट शारीरिक बनोट अत्यन्त सुन्दर छरितो र आकर्षक देखिन्छ ।त्यस्तो शरीरधारीको अनुहार कस्तो होला ! हेर्ने लालायित मनले मलाई पछिपछि छिटो– छिटो हिँडाउँछ ।उसको हिँडाइको गति त्यति तीव्र नभए पनि सतत अविरल हुन्छ ।
उछिनेर अगाडि पुग्दै सिङ्गो रूप हेर्ने लालसाले म पनि छिटोछिटो हिडिरहेछु । त्यो अपरिचित र मेरो दूरी क्रमशः कम हुँदै गइरहेकाले म उत्साहित भएर अझ पूरा सामर्थ्य साथ पछयाइरहेको हुन्छु ।
अब भेटें– भेटें । भेट्नै लागेको बेला एउटा कार आएर उसको छेउ रोकिन्छ । ऊ कार चढ्छे । कार हुइँकिन्छ ।म हेरेकोहेरेकै हुन्छु ।
गई त हाल्यो । को होला !
अब कहिल्यै फेरि देखिएला ! देखिए– भेटिए पनि कसरी चिन्न सकिएला !
क्षणभर मात्र समयले साथ दिएको भए । एउटा बितेर गएको क्षण । यस्तै क्षणहरूको सङ्गम रहेछ समयको अविरल प्रवाह उफ !
प्रकाशित:
२८ कार्तिक २०७७ १०:२९ शुक्रबार
Sunday, July 19, 2020
प्रशव वेदना
प्रशव वेदना
सरण राई
म अहिलेकाे नेपालमा बाँचिरहेकाे अदना अकिञ्चन पात्र । फाेहारी राजनीतिले बनाइएकाे बबुराे । मजस्तै नागरिक बन्न नपाएका जनताहरूकाे नेपाल !
लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतले बाटो बनाएर सेना तैनाथ गरेकाे छ । बाटाे बनेकाे पनि सरकारले थाहै पाएन रे ।
एमसिसि संसदमा पास गरेर देश अमेरिकालाई बुझाउन नेताहरूले बैना खाई सकेका छन् रे ।
काेविद १९ भाईरसले हाहाकार मच्चिरहेकाे बेला जननिर्वाचित सरकार कुर्सी खेलमा मस्त भइ हानाहान तानातान गरि नाटक देखाईरहेका छन् । निर्देशन बिदेशीले गरिरहेका छन् रे !
भिजिलान्टेहरू जिन्दावाद मुर्दावादमा उत्रिएका छन् । गतिलै रकम त्यसमा विनियाेजन भएकाे छ रे ।
क्वारेन्टाईनमा बसेकाहरू धेरैले अात्महत्या गरेका छन् , मरेका छन् । काेविद १९ पनि कमाउने धन्दा भएकाे छ रे । सत्तावालहरूले थुप्रै कमाए रे !
पत्रपत्रिका, स्कुल क्याम्पस , कार्यालय, यातायात, उध्दाेग व्यापार, कलकारखाना सब बन्द । हिड्डुल लकडाउन । लकडाउन !
बाढि भल पहिराेले , काेराेनाले र काेराेनाकाे त्रासले मानिसहरू मरे । मरिरहेछन् ।
प्रायाेजित खबरहरूकाे बाढि, बिकेका बिक्ने बुध्दिजीविहरूका कपाेलकल्पित तथ्यहरूका चमत्कार ! सामाजिक सञ्जाल फेक न्युज ! वर्खे च्वाउ सरि उम्रेका बहुरूपी अभियन्ताहरू ! चारैतिर भ्रामक वातावरण ! के साँचाे, कुन झुठाे !
अनेक रङ्गी बिरङ्गी भ्रामक वर्तमान नेपालकाे तस्बिर !
जे देखिन्छ त्याे हाे कि हाेइन ? जे सुनिन्छ त्याे पनि हाे कि हाेइन !
मजस्ता नेपालीहरू नयाँ नक्सा जारी हुँदा खुसीले तीन हात उफ्रेका थियाैँ । देश बचाउन अब भने नेपाली सब एकजुट हुने भएछाैँ । तर तत्कालै सरकार प्रमुखले एमसिसि पास गर्ने भनेपछि अरकच्च !
नेपालीका लागि माैलिक नेपाली राजनीति सुरू भएकै रहेनछ । नेपाली भूमि जाेगाउने वीर सपुतहरू जन्मनै बाँकि रहेछ । कस्ताे अवस्थामा पुराईएकाे रहेछ सार्वभाैमसत्तासम्पन्न जनतालाई ? न देशका लागि लड्न सकिने न निर्माणका लागि केही गर्न सकिने !
खलनायक नायक देखिएकाे वर्तमान ! स्वाभिमानी नेपाल जन्मने प्रशव वेदना भाेगिरहेकाे वर्तमान नेपाल !
२०७७ साउन २, धरान
Saturday, February 2, 2019
१४६.पूर्णता
पूर्णता
सरण राई
ऊ बैंकको काउण्टरमा नोटको गड्डी बुझाउछ । सुन्दरी महिला क्यासियर लोग्ने मान्छेको बिग्रिएको घ्यारघ्यारे आवाजले सोध्छिन् “कति छ ?”
“तीस लाख ।” डोमिनेटिङ पुरुष आवाजको सट्टा गला बिग्रिएको सानो केटीको जस्तो उसको खिरिलो स्वर सुनेर ऊप्रति आकर्षित सबै निराश हुन्छन् ।
“जाहै... स्वरले ठगिहालेछ नि ! उसको व्यक्तित्व पनि पूर्ण रहेनछ ।”
🏵️