(लघुकथा)
बाटाेमा भेटेकाे फूल
सरण राई
मसित सबथाेक भएकाे बेला घर फर्कदा बाटाेमा खसेकाे एउटा फूल देखेँ । केटाकेटी उमेरमै पनि त्याे फूल मन परेकाे थियाे । उठाएँ । फुलमा अलिकति डाँठ थियाे । कतै जाग्छ कि ! गमलामा राेपेँ । जाग्याे , हुर्कियाे र फुल्याे ।
प्रसन्न भएर त्यसबाट सहस्राे बाेटहरू बनाएँ, कैयाैं बाडेँ पनि । समयकाे अविरल लामाे अन्तराल ...
नरिवल आफैले राेपेर खान पाइदैन- भन्थे । राेपेर फलाइयाे खाइयाे र त्यसकै दानाबाट अरू सात बाेट बिरुवा हुर्काएर फलाइयाे । छिमेकमा घरहरू थिएनन् । घरहरू बनेपछि अजङकाे अग्ला नरिवलका बाेटहरू, हावाहुरीले लडेर छिमेकका घर कम्पाउन्ड लडायाे भने फसाद । फल्दै गरेका बाेटहरू काटियाे । हरिया साना दानाहरू नरिवलका । नरिवलकाे पानी डायलाइसिस गराईरहेकी पत्नीले पनि अघाइन्जेल खाईन् । बिसाएर हप्ताको दुई पल्ट गरिरहेकाे डायलाइसिस तीन पल्ट गर्नु पर्ने भयाे । डायलाइसिस गर्दागर्दै तिनकाे देहान्त भयाे ।
समयकाे अविरल लामाे अन्तराल...
बाटाेमा भेटेर राेपेर हुर्काएकाे फुलकाे अहिले चिनाेबानाे केही छैन, मासियाे । बाटाेमा भेटियाे । राेपियाे । हुर्काईयाे । फुलाइयाे । मासियाे । क्षणभङ्गुर ।
जीवन-- बाटाेमा भेटिएकाे फूलजस्तै ।
अहिले छ । कहिलेसम्म रहन्छ ?!