(लघुकथा)
जानकारी
सरण राई
"काेपा (बाजे) एउटा कालाे किराले मलाई टाेक्याे । त्याे किरा काेठामा आउनासाथ काेठै पूरा गनायाे । किरा विषालु त हाेइन ?",
"दबाई दल, अहिले टाेकेकाे दु:खिराखेकाे छ ?"
"छैन, तर मलाई शंका लागिरहेकाे छ, किरा बिषालु हाे कि !"
"कालाे बिच्छी त हाेइन। साङ्लेजस्ताे थियाे ?"
"अँ, अलिक सानाे थियाे ।"
याे
सुनेपछि ७५वर्षिय मलाईआफुले जानेका गनाउने किराहरूबारे केलाउन थाल्छु ।
गनाउने किरा खेतबारीमा हुने गनाउने किराहरू ...नाम सम्झन सक्दिनँ । पुरानाे
मेमाेरीजस्तै चाहिएकाे बेला ट्वाक्क नआउने ।
झट्का मगजमा लगाउछु बल्लबल्ल सम्झन्छु-- पधेँरा।
"पधेँरा हाे । गन्धे । गनाउछ तर बिषालु हुँदैन ।धानका पातहरू खाने पधेँरा.."
भनिसकेपछि
साेच्छु -- आजभाेलिका शहरिया केटाकेटी , माेबाइल र नेटमा भुलिनेहरू !
आवश्यक जानकारी र अनुभवकाे कमि । पधेँरा भन्ने नाम सम्झन मलाई पनि
हम्मेहम्मे परेकाे सम्झेर आफूबारे गम्न पुग्छु !
बाल्यकालमा पधेँरा मुठ्ठीमा लुकाएर साथीहरूलाई सुघाएकाे चकचक पनि सम्झिन पुग्छु ।
२०७९/३/१०
इन्द्रबहादुर राइ